शैक्षिक परामर्शको क्षेत्रमा हामी ट्रेन सेटर हौं: शेषराज भट्टराई

काठमाडौं। विगत २० वर्षदेखि शैक्षिक परामर्श सेवा दिदै आएको अर्बिट इन्टरनेशनल एजुकेशन परिचित नाम हो। अर्बिटले अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड, आईरल्याण्ड र क्यानडा जाने विद्यार्थीहरुलाई परार्मश दिदैँ आएको छ। अन्तराष्ट्रिय अध्ययनमा रुची भएका विद्यार्थीहरुको लागि अमेरिका एउटा राम्रो गन्तव्य रहेको छ। तर अझै पनि विद्यार्थीहरुमा अमेरिकालाई लिएर धेरै दुविधाहरु रहेका छन्। प्रस्तुत छ त्यहीँ दुविधालाई मेटाउन विगत १० वर्षदेखि शैक्षिक परार्मशमा क्रियाशिल व्यक्ति तथा अर्बिट इन्टरनेशल एजुकेशनका संचालक शेषराज भट्टराईसँग विकासन्युजको लागि डोमी शेर्पाद्वारा गरिएको कुराकानी : अमेरिका पढ्न जाने धेरै नेपालीको सपना हुन्छ । पढ्नको लागि किन अमेरिका नै रोज्ने ? संसारको सबैभन्दा उत्कृष्ट गन्तव्य भनेको अमेरिका नै हो । किनभने अरु देशमा शिक्षालाई एउटा बिजनेसको रुपमा लिईन्छ। तर जब अमेरिकाको कुरा गरिन्छ तब शिक्षालाई साच्चिकै सेवाको भाव र ज्ञान दिने उदेश्यको साथ विश्वविद्यालय वा कलेज संचालित भएको पाउँछौं । नेपाली विद्यार्थीहरु पछिल्लो समयमा भिसाको कारणले केही हदसम्म रोकिएको हुनाले अमेरिका प्राथमिक गन्तव्यमा परिरहेको छैन तर अमेरिका चाँही अझै पनि विश्वव्यापी रुपमा सबैभन्दा बढी विद्यार्थी जाने ठाउँ हो। त्यसमा सबैभन्दा राम्रो पक्षको कुरा गर्ने हो भने विश्वको शीर्ष स्थानमा रहेका विश्वविद्यालय र कलेजहरु चाँही अमेरिकामा छन् । उनीहरुको शिक्षा प्रणाली हेर्ने हो भने गहन र व्यावसायिक रहेको देख्न सकिन्छ। अनुसन्धान र विकासमा अमेरिकाले ठूलो लगानी गरेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अमेरिकामा जिविको पार्जन गर्न कत्तिको सजिलो अथवा गार्हो छ ? कमाउने विषयलाई हामीले धेरै कुरा गर्दैनौं । तर पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि बनाईएको सिस्टमको बारेमा जानकारी दिनुपर्छ । बसाईको कुरा गर्नुपर्दा त्यस्तो धेरै महँगो पनि छैन अमेरिका । त्यहाँको कानुनले विद्यार्थीलाई कलेजहरु लागेको बेला हप्तामा २० घण्टा र बिदामा हप्तामा ३६ घण्टासम्म काम गर्न मिल्ने प्रावधान रहेको छ। अमेरिकाको शैक्षिक शुल्क एकदमै सस्तो हो भन्ने मेरो व्यक्तिगत बुझाई हो। राम्रो अंक ल्याएका छन् भने उनीहरुको लागि त्यो ठाउँमा एकदमै धेरै मात्रामा छात्रवृत्तिको व्यवस्था छ। यस कारण पनि नेपाली विद्यार्थीहरुको लागि यो सही गन्तव्य हो। अमेरिका जानको लागि आधारभूत आवश्यकताहरू के के हुन्? अमेरिका जानको लागि आधारभूत आवश्यकताहरू विद्यार्थीले अध्ययन गर्ने तह अनुसार फरक फरक रहेको छ । यद्यपी नेपाली विद्यार्थीहरुको पहिलो प्राथमिकता भनेको १२ पासपछि नै जाने देखिन्छ । १२ कक्षा पास गरेकाहरुले कम्तिमा पनि प्रथमश्रेणीमा उतिर्ण गरेको हुनुपर्ने छ । आईएल्टिएस, टोफेल जस्ता भाषा परिक्षण गरेको हुनुपर्दछ । त्यसैगरी छात्रवृत्तिमा जाने म योग्य छु भन्ने लाग्छ भने स्याट, पोस्ट ग्र्याजुएटमा जाने हो भने जिआरई, जि म्याट दिनुपर्छ किनभने यस्ता कोर्सहरुले विद्यार्थीलाई बढी भन्दा बढी छात्रवृत्ति पाउनको लागि योग्य बनाउँछ। अन्त्यमा विदेश अध्ययनलाई आर्थिक स्थितिमा जोडेर हेर्नैपर्ने हुन्छ। अभिभावकहरु पनि आर्थिक रुपमा छोराछोरीको शैक्षिक शुल्क बेहोर्नको लागि सक्षम हुनुपर्छ । दोस्रो विदेश जाने बाहनामा चाहे त्यो अमेरिका होस् वा बेलायत होस् नेपाली विद्यार्थीहरुले आफ्नो रुची यस बिषयमा छ भन्ने कुरालाई सम्झौता गरेको म देख्छु। विज्ञान पढेका विद्यार्थीहरुले भिसाको लागि व्यवस्थापन विषय समेत पढ्न पुगेका हुन्छन् जबकी उनको ईन्जिनियर बन्ने लक्ष्य छ। त्यसको के अर्थ भो? सामान्यत अमेरिकाको भिसा अवधि कतिको हुन्छ? त्यो अवधिमा विद्यार्थीहरुले आफ्नो कोर्स पुरा गर्न सकेनन् भने के हुन्छ ? अमेरिकी सरकारले प्रत्येक व्यक्तिलाई ५ वर्षको भिसा प्रदान गरेको हुन्छ। यो अवधिमा विद्यार्थीले उसको कोर्स पुरा गर्न सक्दैन भने उ त्यहाँबाट फर्कनु पर्ने हुन्छ । तर पढाई पुरा गर्न नसक्ने भन्ने कुरा हुँदैन किनभने यहाँबाट लाखौं खर्च गरेर अध्ययन गर्न गएका विद्यार्थीले पढाई भने पुरा गरेकै हुन्छन्। केही त्यस्तै दुर्घटनाहरुको कारणले पुरा गर्न नसकेको अवस्थामा केही प्रावधानहरु भने पक्कै छन् । तर एक शैक्षिक परामर्शदाताको रुपमा मेरो हिसाबमा हरेक विद्यार्थीले यो अवधिमा आफ्नो पढाई पुरा गर्नैपर्छ। अमेरिकामा छात्रवृत्तिको व्यवस्था कस्तो छ ? अर्बिटले आजसम्म हजारौं विद्यार्थीलाई अमेरिका अध्ययनको लागि तयार परेको छ। विद्यार्थीहरुलाई गाईड गर्दै आएका छौं । हाम्रोबाट गएका विद्यार्थीहरुले कतिसम्म छात्रवृत्ति पाएका छन् भन्दा हवाईजाहजको टिकट समेत विश्वविद्यालयले पठाईदिने गरेको छ । अमेरिका पुगिसकेपछि विद्यार्थीहरुले महिनाको २ हजार डलरसम्म पनि पाईरहेका छन् । तर त्यो उनीहरुले यत्तिकै भने पाएका होइनन्। उदाहरणको लागि टोफएलमा १२० मा ११९ ल्याउने विद्यार्थीहरुले यस्तो सुविधा पाउने सम्भावना हुन्छ। यो कसरी गर्छ भन्दा अमेरिकाको ठूला ठूला कम्पनीहरुले जस्तै फोर्ड कम्पनी, बिलगेट्स फाउन्डेसनहरुले मलटिकल्चरल अपिनियनको लागि उनीहरुको कोषबाट छात्रवृत्ति प्रदान गरेको हुन्छ । उनीहरुको आफ्नो तिर्नुपर्ने करलाई सामाजिक उत्तरदायित्वमा प्रयोग गरियो भने कर तिर्नुपर्दैन । उनीहरुले त्यस्ता रकम कुनै पनि विश्वविद्यालयमा दिन्छन् र गरीब देशहरुबाट आएका विद्यार्थीहरुलाई यति प्रतिशत छात्रवृत्ति दिन भन्छन्। यस्ता छात्रवृत्तिहरुमा नेपाली विद्यार्थीहरु जान सके निकै राम्रो हुन्छ र हामीले यस्ता विद्यार्थीहरु पठाएका पनि छौं । उनीहरु लाभन्वित पनि भएका छन् । अमेरिकाको सुन्दरता सायद यही हो । एउटा राम्रो परामर्शदाताले एउटा राम्रो विद्यार्थीका लागि पर्याप्त छात्रवृत्ति मिलाउन सक्छ।सायद अमेरिकाको सबैभन्दा बलियो पक्ष हो यो। अमेरिका जान चाहने हरेक विद्यार्थीहरुले ध्यान दिनै पर्ने कुराहरु के के हुन्? विद्यार्थीहरुले सुरुमा त आफू शैक्षिक रुपमा कत्तिका सबल छु भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसपछि सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको म किन जाँदैछु भन्ने हो। काकाको छोरा, मामाको छोरी, साथीको दाजु गयो त्यही भएर म पनि जान्छु भन्ने अवस्थाले कोहीलाई पनि काहीँ पनि पुर्याउँदैन। हैन म विश्वव्यापी शिक्षाको हाँसिल गरेर केही गर्छु भन्ने धारणा हो भने जान सक्छौं। दोस्रो सोच मात्र होईन, त्यसलाई लागू गर्नको लागि शैक्षिक योग्यता कति छ, ब्याक लागेको वा अंक राम्रो छैन भनेपनि भिसा पाउन धेरै गार्हो छ। तेस्रो भनेको भाषाका परिक्षाहरुमा पनि राम्रो गर्न सक्नुपर्छ । यी कुराहरुमा ध्यान दिए विद्यार्थी अमेरिकाको शिक्षा बुझ्नलाई सक्षम हुनुहुन्छ। अमेरिकामा अध्ययन गर्न जाने विद्यार्थीहरुले झेल्नु पर्ने चुनौतीहरु के कस्ता हुन सक्छन्? शेषराज भट्टराई, संचालक (अर्बिट इन्टरनेशल एजुकेशन) चुनौतीहरु छन्। चुनौतीहरु यस अर्थमा छन् कि नेपाली आभिभावकहरुलको समस्या के हो भन्दा त्यहाँ गएर छोराछोरीले काम नपाएको धेरै अभिभावकहरुको गुनासो छ। वास्तवमा त्यो ढंगबाट छोराछोरीलाई पठाउने नै होईन । यहाँबाट ८।१० लाख खर्च गरेर छोराछोरीलाई पठाएर त्यहाँ गएर पैसा पठाउनुभन्दा बरु छोराछोरीलाई नपठाउनु भन्ने नै म सुझाव दिन्छु । ४।५ प्रतिशत विद्यार्थी बाहेक अरुले त्यहाँ आफ्नो शुल्कहरु तिर्न सकेका छैनन् । हाम्रो अध्ययनले त्यो देखाउँछ । ती ४।५ प्रतिशत विद्यार्थीहरु धनाढ्य घरका हुन्छन्, जो काम केही गर्दैनन्। दोस्रो विदेश जाने बाहनामा चाहे त्यो अमेरिका होस् वा बेलायत होस् नेपाली विद्यार्थीहरुले आफ्नो रुची यस बिषयमा छ भन्ने कुरालाई सम्झौता गरेको म देख्छु। विज्ञान पढेका विद्यार्थीहरुले भिसाको लागि व्यवस्थापन विषय समेत पढ्न पुगेका हुन्छन् जबकी उनको ईन्जिनियर बन्ने लक्ष्य छ। त्यसको के अर्थ भो? विद्यार्थीहरुले आफ्नो रुचिमा सम्झौता गरिरहेका छन्। उसलाई विदेश के के न हो भन्ने लाग्छ तर मात्र यो काठमाडौं भन्दा केही सफा, केही व्यवस्थित छ। नत्र भने त्यहाँ र यहाँ बाच्ने कलामा धेरै समानता छ । प्लस २ पछि कि ब्याचलर पछि अध्ययनको लागि जाँदा उपयुक्त हुन्छ? त्यो विद्यार्थीमा निर्भर हुन्छ। मैले अब आजको दिनमा आएर १८ वर्ष पुरा गरेको पुस्तालाई तिमी विदेश जानलाई सक्षम छैनौं भनेर कसरी भनौं ? अथवा ब्याचलर पढिसकेपछि उ सक्षम छ भनेर कसरी मापन गर्ने ? फेरी यो पनि एउटा विभेद हुनसक्छ। अमेरिकामा रिसेप्सनमा बस्ने काम वा कुनै हेभी गाडी चलाउने काममा केटा र केटी भनेर पनि माग गर्न पनि पाईदैन। यो सिर्फ एउटा उदाहरण हो। व्यक्तिगत रुपमा मलाई सोध्नुहुन्छ भने विद्यार्थीहरुलाई विद्यालय तहबाट नै पठाउँ भन्छु । तर यसको मतलब उनीहरु त्यहीँ स्थायी रुपमा बसोबास गरोस् भन्ने कुरामा म विश्वाश गर्दिन । उनीहरुले संसार देखुन् तर अन्त्यमा नेपालमै आएर केही गरुन्। आज ग्लोबल एरिनामा मैले हेर्छु साईबर सेक्युरिटीको कोर्स, आटिफिसियल ईन्टिलिजेन्सीको कोर्सहरु आईरहेको छ। आजको समयको सबैभन्दा चाहिने कोर्सहरुमा विदेशमा विद्यार्थीहरु भर्ना गर्छन । अहिले अमेरिका कै कुरा गर्नुपर्दा पेन्टागन जुन त्यहाँको सुरक्षा मन्त्रालय जस्तो हो त्यसले त्यहाँको नेपाली विद्यार्थीहरुको साईबर सेक्युरिटीको अध्ययनको लागि कोष निर्माण गरेको छ । तर उनीहरुले एउटा शर्त राखिदिएका छन् । संसार उनीहरुले कसरी आफ्नो मुट्ठीमा लिईरहेका छन् भन्ने यहीबाट देख्न सकिन्छ । उनीहरुले उत्कृष्ट विद्यार्थी छानेर लैजान्छन्,पैसा तिर्दिन्छन् र उनीहरुको देशमा ४।५ वर्ष काम गर्नुपर्ने शर्त राख्छन्। यसरी त सयौं विद्यार्थीहरु जान्छन् नि। किनभने अमेरिकामा गएर पढ्न पनि पाईने, जागिर पनि पाईने र पैसा पनि राम्रो छ। २० वर्षको अवधिमा १ जना विद्यार्थी पनि अर्बिटबाट ठगिए भनेर आएका छैनन्। भर्ना गर्दा एउटा फिर्ती गर्ने नीति रहेको छ जसमा विद्यार्थीलाई हस्ताक्षर गराईन्छ। पढाई, काउन्सिलिङ नराम्रो लागे फिर्ता नीति दाबी गर्न सक्नुहुन्छ भनिएको हुन्छ तर त्यसमा समेत पढाई, काउन्सिलिङ नराम्रो भयो भनेर अहिलेसम्मा एउटा गुनासो आएको छैन। तर अर्को तर्फबाट हेर्ने हो भने त्यसले देशलाई ठूलो घाटा परिरहेको छ। यसरी राम्रा राम्रा जनशक्तिहरु बाहिरिनेलाई सरकारले रोक्न सक्नुपर्छ। हामीहरु यस्ता साना साना कुराको रोक्किएका छौं कि जस्तै भ्रमण वर्ष २०२० आजको जमानामा टुरिजम एयर भनेर तामझाम गर्ने जरुरी छ त ? देश राम्रो बनाउनु होस् त यत्तिकै आउँछन् पर्यटक। विश्वको सबैभन्दा सुन्दर देश हो यो। त्यसबाहेक हामीले ध्यान दिनुपर्ने कुरा धेरै छन्। विद्यार्थीले किन अर्बिट रोज्ने ? अर्बिट आज भन्दा २० वर्ष अगाडि स्थापना भएको हो। २० वर्ष अगाडिको नेपाली समाज हेर्ने हो भने त्यसबेला नेपालबाट विदेश पढ्न जाने विद्यार्थी धनीमानीको छोराछोरी मात्र हुन्थे । कतार, दुवई जाने त हिरो हुन्थियो भने अष्ट्रेलिया, अमेरिका त हाम्रो गाउँघरमा थाहा नै हुँदैन थियो। त्यो बेला यसको स्थापना गरेर विदेशी शिक्षालाई नेपालीको पहुँचमा पुर्याउने संस्था हो । हामी ट्रेन सेटर हौं भन्दा केही फरक पर्दैन। आज मध्यम वर्गिय नेपाली विद्यार्थीहरुमा अमेरिका र अष्ट्रेलिया जस्तो देश सजिलै जान सक्ने अवस्था बनेको छ । हामीले यो व्यवसाय सुरु नगरेको भए शायद यो सम्भव थिएन। राम्रो काम गर्न खोज्दा कहिले मानव तस्करीको ट्याग पनि लगाए । तर अर्बिटले आफ्नो शैक्षिक स्तरलाई कहिले पनि गुम्न दिएको छैन र सायद त्यही नै हाम्रो बलियो पक्ष हो । अहिले पनि यहाँ हाम्रो १३ देखि १४ जना फुल टाईम शिक्षकहरु छन्, ४०÷५० जना स्टाफ छन् र कर्पोरेट कल्चरबाट संस्थालाई संचालन गरिएको छ । हामी विद्यार्थीहरुसँग छात्रवृत्तिको कुरा गर्छौ, राम्रा राम्रा विश्वविद्यालयलाई हामीले आफ्नो नजिक राखेका छौं । हाम्रो मार्केटिङ ईन्टिलिजेन्सीले पत्ता लगाए अनुसार नेपालमा अझै पनि धेरै विद्यार्थी बाहिर पठाउनेमा हामी नै पर्छौ। हामीले अनवरत रुपमा कर्पोरेट कल्चरलाई अंगालेर विद्यार्थीलाई सीमापारीको शिक्षाको लागि बाटो देखाउँदै आएका छौं। अर्बिट एउटा शिक्षण केन्द्र हो। हामी सबैभन्दा बढी कर तिर्छौ। शेषराज भट्टराई, संचालक (अर्बिट इन्टरनेशल एजुकेशन) २० वर्षको अवधिमा १ जना विद्यार्थी पनि अर्बिटबाट ठगिए भनेर आएका छैनन्। भर्ना गर्दा एउटा फिर्ती गर्ने नीति रहेको छ जसमा विद्यार्थीलाई हस्ताक्षर गराईन्छ। पढाई, काउन्सिलिङ नराम्रो लागे फिर्ता नीति दाबी गर्न सक्नुहुन्छ भनिएको हुन्छ तर त्यसमा समेत पढाई, काउन्सिलिङ नराम्रो भयो भनेर अहिलेसम्मा एउटा गुनासो आएको छैन। १० वर्ष अगाडि गएका व्यक्तिहरुले पनि आफ्ना भाईबहिनीहरुलाई पठाएका छन् ।

चितवन मेडिकल कलेजः प्रतिबद्धतासहित सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने

चितवन । चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यही मङ्सिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । सहमतिमा एमबिबिएस र बिडिएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मङ्सिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र २०७२/७३ र २०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् । पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन् । एमबिबिएस र बिडिएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिइएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीले माग राख्दै आएका छन् । सिएमसीले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बिएमएलटी, बिएमआइटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गरिनेछ ।” कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले भने, “सरकारसँग गरेको दुईबुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ ।” आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप शुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न उनले अनुरोध गरेका छन् । रासस

सार्वजनिक शिक्षा सवलीकरण गर्ने तयारीमा सरकार: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिए । मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए । उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे । मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए । “सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ”, मन्त्री पोखरेले भने, “दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ ।” उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै विसं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको जानकारी दिए । रासस