ग्लोकल आफ्टर स्कुलकाे आयोजना हुन लागेको सिप हप्ताका लागि आवेदन खुल्ला
काठमाडौं। ग्लोकलले सिप हप्ता नामक कार्यक्रमको आवेदन खोलेको छ। विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, प्रदर्शनी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कार्यक्रमकाे आवेदन खोलेको हो। ग्लोकल आफ्टर स्कुल ग्लोकलको मातहतमा चल्ने एउटा इकाइ हो । ग्लोकलको स्थापना देखी ग्लोकल आफ्टर स्कुल ग्लोकलको अभिन्न अङ्ग बन्दै आएको छ । बजारमा दक्ष्य जनशक्तिको वृद्दि गर्न ग्लोकल आफ्टर स्कुलले बिभिन्न रोजगारीमुलक सिपयुक्त तालिमहरु प्रदान गरिरहेको छ। हालसालै ग्लोकल प्रा. लिमिटेडले श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रशिक्षण विभागका लागि सीपलाई बढावा दिन भावी जीवनको लागि सिप ‘नेपालमा भविष्यको रोजगारको लागि सिपहरु’ भन्ने बिषयमा अनुसन्धान गरेको थियो। सोही अनुसन्धानको नतिजालाई महत्व मानी ग्लोकलले सिप हप्ता नामक कार्यक्रमको आयोजना गर्न लागेको हो। कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई सिप हप्ता नामक कार्यक्रम २० जनवरी देखी २६ जनवरी सम्म सन्चालन हुँदैछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप विकासकोबारे जानकारी लिन सक्नेछन । सिपमुलक तालिम देखी रोजगारीको अवसरमा देखिने ग्यापलाई कम गर्ने लक्ष्य लिएर जनवरी २०२० मा सिप हप्ता सन्चालन हुने भएको हो । यो युवाहरुका लागि एक खुल्ला मन्च हो । सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन् । सिप हप्ताले युवाहरुलाई विभिन्न सिपका बारेमा अन्वेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हाँसिल गर्न सहयोग पुग्नेछ । ग्लोकल प्रालीका सहनिर्देशक काजोल झा ठाकुर भन्छन्, सिप हप्ता युवाहरुका लागि उनिहरुको प्रतिभा प्रस्फुटन, अन्तर दृष्टि एवम ज्ञानका लागि महतव्पूर्ण मन्च साबित हुनेछ र बद्द्दो जनशक्तीको मागलाई पुर्ती गर्न, आवश्यकता अनुरुप सिप बृदि गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रममा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधीकाे ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। छलफल, सिपमुलक प्रस्तुती, प्रदर्शनी, प्रतिस्पर्धा, कार्यशाला, तालिम, खाना तथा मनोरन्जन कार्यक्रमका मुख्य विशेषता रहेकाे छ । २० देखी २४ जनवरी सम्म विभिन्न संघसंस्थाद्वारा तालिम एवम कार्यशाला प्रदान गरिने छ । जीवनउपयोगी सिपहरु अन्तर्गत चलचित्र महोत्सव पनि सन्चालन गरिने छ जसमा युवाद्वारा नै निर्मित २ मिनटको चलचित्र प्रदर्शन हुनेछ । २५ जनवरीमा सिप उत्सब एवम प्रदर्शनी बबरमहल स्थित किङ्स कलेजमा आयोजना गरिने छ। यस्तै २६ जनवरीमा समापन समरोहलाई लक्षित गरेर सिईवो अनपल्गड २०२० नामक भव्य कार्यक्रम सन्चालन गरिनेछ । सिईवो अनपल्गड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ व्यापारकाे चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ । कार्यक्रमको मुख्य नारा भनेको ‘आजले भोलीलाई भेट्छ’ रहेको छ ।
फ्रान्समा उच्च शिक्षाः सस्तो र रोमाञ्चक
काठमाडौं । यदि तपाई साँस्कृतिकको विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । पछिल्लो ४ वर्षयता फ्रान्स नेपाली विद्यार्थीको माझ एउटा लोकप्रिय गन्तव्य बन्दै गईरहेको छ । सस्तो शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको विशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । उच्च शिक्षाको लामो इतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाककला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बन्दै गएको छ भन्दा कुनै फरक पर्दैन । त्यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको लागि फाईदा जनक हुन्छ । फ्रान्समा दोहोरो डिग्री फ्रान्सको सबैभन्दा राम्रो पक्ष भनेको दोहोरी डिग्री हो । यसको मतलब यहाँ फ्रेन्च डिग्रीको साथै अमेरिकी डिग्री पनि एकैपटक गर्न पाईन्छ ।कति जान विद्यार्थीहरुको उच्च शिक्षण शुल्कको कारण अध्ययनको लागि अमेरिका जाने योजना पुरा नभईरहेको अवस्थामा फ्रान्स एउटा राम्रो विकल्पको रुपमा पछिल्लो समय स्थापित भएको छ । किनभने फ्रान्समा अमेरिकाको तुलनामा शिक्षण शुल्क कम रहनुको साथै विद्यार्थीहरुले सजिलै पछि गएर अमेरिकामा क्रेडिट ट्रान्सफर पनि गर्न सक्छन् । सस्तो शुल्क, शून्य छात्रवृत्ति फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंयाँ हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि समान छन् । सन्ध्या सिलवाल, कन्ट्री म्यानेजर(फिग्स एजुकेसन) अन्य देशको भन्दा फ्रान्सको नियम केही फरक छन् । भिसा आईसकेपछि मात्र विद्यार्थीहरुले शिक्षण शुल्क पठाउनुपर्ने हुन्छ । सामान्यत आईटीको लागि ९ हजार युरो, बिबिए डुयल डिग्रीको लागि ९ हजार २०० युरोको वरिपरी खर्च लाग्ने गर्दछ । छात्रवृत्तिको व्यवस्था नभए पनि दोस्रो सेमेस्टर पछि विद्यार्थीको शिक्षण शुल्क घट्दै जान्छ । यस्तै विद्यार्थीहरुलाई १ वर्षको भिसा दिईएको हुन्छ जुन विद्यार्थीहरुले उता गएर बढाउन सक्छन् । भाषाको महत्व पढ्न जाने सोचका साथ जाने विद्यार्थीहरुले केही समय भाषा सिकेर जाँदा सजिलो हुने बताउँछिन् फिग्स एजुकेसनको लागि नेपालकी संयोजक सन्ध्या सिलवाल । कलेजमा अंग्रेजी भाषाको प्रयोग भएता पनि बाहिर भने फ्रेन्च भाषाको नै प्रयोग हुने गर्छ । भाषा नसिकी पनि जान सकिन्छ यद्यापी भाषा सिकेर जानु सबैभन्दा उत्तम उपाय हुन्छ । बसाई खर्च शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यद्यपी विद्यार्थीहरूले प्रायः रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले खर्च केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ । एक नेपाली विद्यार्थीको लागि फ्रान्सको राजधानी पेरिस शहरमा बस्न प्रति महिना ५०० युरो अर्थात नेपाली ६३ हजारको वरिपरी लाग्छ भने सानो सहर जस्तै लियोनीमा बस्न ३०० देखि ४०० युरोसम्म हुन्छ । यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ । काम गर्ने सुविधा हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदि तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनुपर्छ । फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो । आईएल्टिएस स्वेच्छिक, ३ वर्षको ग्यापलाई भिसा फ्रान्स अध्ययनको लागि आईएल्टिएस गर्नैपर्छ भन्ने अनिवार्य छैन । २ जिपीए वा ६० प्रतिशतका विद्यार्थीहरुलाई विश्वविद्यालयहरुले लिने गरेको छ । यस्तै ३ वर्षसम्मको ग्यापलाई पनि सजिलै भिसा दिएको अवस्था छ । यसभन्दा बढी ग्याप भएका विद्यार्थीहरुलाई भने भिषा पाउन मुस्किल हुनेछ ।ग्याप भएको विद्यार्थीहरुले त्यस अवधिमा गरेको कामको अनुभव पत्र ल्याउनुपर्ने हुन्छ । सामान्यत ब्याचलरको लागि भन्दा पनि मास्टर्सको लागि भिषा दर बढी रहेको छ । फिग्स एजुकेसन (फ्रान्स इन्टरनेशनल ग्राजुएट स्कूल)ले फ्रान्स जान चाहने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको फिग्स एजुकेसनको लागि नेपालकी संयोजक सन्ध्या सिलवाल बताउँछिन् । फिग्ससँगको सहकार्यमा बानेश्वरस्थित ‘फिग्स एजुकेसन प्राईभेट लिमिटेड’ फ्रान्स अध्ययनमा जान चाहाने विद्यार्थीको लागि विगत ५ वर्षदेखि शैक्षिक परामर्श दिदै आएको छ । फिग्सले बिबिए, बिआईटी, बिएचम, एमबिएको फाईनान्स र ईन्टरप्रेनरसिप, एमएचएम, एमआईटी कोषमा विद्यार्थीहरुलाई पठाउदै आएको छ । (फिग्स एजुकेसनकी कन्ट्री म्यानेजर सन्ध्या सिलवालसँगको कुराकानीमा आधारित)
अष्ट्रेलियामा पढेका विद्यार्थीले विश्वको जुनसुकै ठाउँमा गएरपनि काम गर्न सक्छन्: सालिकराम भण्डारी
उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका माझ लोकप्रिय नाम हो द नेक्सट कन्सल्न्टेन्सी । द नेक्सट कन्सल्टेन्सीले विगत १५ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरु बुटवल, चितवनको नारयणघाट, काउसती, पर्सा, पोखरा, बिर्तामोड, धरानमा रहेका शाखा कार्यलय मार्फत शैक्षिक परामर्श सेवा दिदै आएको छ । अष्ट्रेलियाको सिड्नी र पर्थमा सम्पर्क कार्यालय समेत रहेको द नेक्सट कन्सल्न्टेन्सीले अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा र युके अध्ययनको लागि विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ। विद्यार्थीको शैक्षिक योग्यता र आर्थिक स्थिति हेरेर उपयुक्त विश्वविद्यालय, कलेजको सही सूचना दिने, सही दिशानिर्देश गर्ने कार्य गर्दै आएको यस कम्पनीका प्रमुख कार्यकारी निर्देशक सालिकराम भण्डारीसँग सीमापारीको उच्च शिक्षाको विविध आयामबारे विकास न्युजकालागि डोमी शेर्पाले गरेको कुराकानी : नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानुको फाईदा के के हुन् ? अंग्रेजी भाषा बोलिने देश जस्तै अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा, युके लगायतको देशमा पढ्दा पश्चिमी देशहरुले कसरी अगाडि बढेका छन्, कसरी विकास गरेका छन् र कस्तो पढाइले त्यो लेभलको विकास गर्न सकिरहेका छन् भन्ने कुरा जान्न र बुझ्न सजिलो हुन्छ । विदेश अध्ययन गर्न जानुको सबैभन्दा ठूलो फाईदा हो । पश्चिमी राष्ट्रहरुले प्रगति गर्नुको मुख्य कारण त्यहाँको शिक्षा हो । त्यसकारण नेपाल तथा गरिब मुलुकमा पढ्ने विद्यार्थीहरु पश्चिमा देशमा पढ्न् विद्यार्थीहरु भन्दा धेरै नै पछाडि हुन्छन् । पश्चिमा देशमा धेरै प्रविधिहरु हुन्छन् जसको सहयोगले विद्यार्थीहरुलाई ज्ञान लिन सजिलो हुन्छ। उनीहरुको व्यावहारिक शिक्षाले भविष्यमा कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । पढ्नको लागि विदेश जानु भन्दा अगाडि सबैले थाहा पाउनु पर्ने कुरा के के हुन् ? आफ्नो शैक्षिक पृष्ठभूमि, आफ्नो अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने क्षमता, आफ्नो आर्थिक स्थिति आफैले ख्याल गर्नुपर्छ । कुन विश्वविद्यालय वा कलेजको कुन कोर्स रोज्ने त्यसमा ध्यान दिनुपर्छ । कोर्ष रोज्दा भविष्यमा आफू नेपालमा आउँदा वा संसारका कुनै ठाउँमा जाँदा सजिलो हुने कोर्ष रोज्नु पर्छ । तपाईको डिग्री यस्तो होस् जसले गएर तपाईलाई भोलि एउटा सबल र सक्षम मानिस बनाओस् । जिन्दगीभर त्यो डिग्रीको कारणले तपाईले पछुताउनु नपरोस् । त्यसैले कहिले पनि आफ्नो कोर्सको छनौट गर्दा सम्झौता गर्नुहुन्न । विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले सबैभन्दा रुचाएका विषयहरु कुन कुन हुनु ? अष्ट्रेलियाको हकमा पिआरलाई विद्यार्थीहरुले कतिको प्राथमिकता दिईरहेको पाईन्छ ? पहिला भन्दा अहिलेको अवस्थामा नेपाली विद्यार्थीहरु मैले निकै नै फरक पाएको छु । उनीहरुले निकै नै राम्रा राम्रा कोर्सहरु छनौट गर्न थालेका छन् जुन कोर्सहरु नेपाल फर्केर आउन मात्र नभएर विश्वव्यापी रुपमा अवसर प्राप्त गर्न सजिलो छ । जस्तैः आईटी, अकाउन्टिङ, नर्सिङ, हस्पिटालिटी, ईन्जिनियरिङ्ग मात्र नभएर विद्यार्थीहरुले बायोटेक्नोलोजी, सस्टेनेबल डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र अन्य विभिन्न प्राविधिक विषयहरु छनोट गर्न थालेका छन् । नेपाली विद्यार्थी मात्र नभएर अन्य गरिब मुलुकबाट गएका जति पनि विद्यार्थीहरु छन्, उनीहरु साईडमा पिआर पनि भईदियो हुन्थियो भन्ने गर्छन् । गएका धेरै विद्यार्थीहरुले पिआर पनि पाएका छन् र धेरै विद्यार्थीहरु देशमै केही गर्नका लागि पनि फर्किएका छन् । तर हामी एउटा परामर्शको रुपमा विद्यार्थीहरुलाई पिआरको लागि प्रोत्साहन गर्दैनौं । त्यो अष्ट्रेलिया गएपछिको कुरा हो । हामीले विद्यार्थीलाई शुद्ध रुपमा पढ्नको लागि नै पठाउँछौं। अष्ट्रेलिया जानको लागि न्युनतम योग्यताहरु के के हुन् ? अष्ट्रेलिया जान विद्यार्थीको आईएल्टिएसको अंक, शैक्षिक योग्यता र ग्याप छ कि छैन र अनुभव छ कि छैन भनेर हेरिन्छ । शैक्षिक योग्यताको कुरा गर्नुपर्दा कम्तिमा पनि ३ सिजिपिए वा ६० प्रतिशत ल्याएको हुनुपर्छ । आईएल्टिएसमा ६.५, प्रत्येक ब्याण्डमा ६ अंक, ग्याप छ भने काम गरेको छ कि छैन भन्ने हेरिन्छ । यति हेरेर प्रत्येक विश्वविद्यालय पिच्छे चाहिने आवश्यक डकुमेन्टमा केही फरक पर्न जान्छन् । कुनैलाई यही डकुमेन्टहरुले पुग्न सक्छ र कुनैलाई थप केही बढी माग्न सक्छन् । अष्ट्रेलिया किन नेपाली विद्यार्थीको लागि एउटा सहि गन्तव्य हो ? अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि मात्र नभएर हरेक अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च शिक्षाको लागि एउटा सहि गन्तव्य हो। अष्ट्रेलियामा यस्ता विश्वविद्यालयहरु छन् जुन विश्वव्यापी रुपमा टप १००, टप २०० मा पर्छन् । विद्यार्थीले अष्ट्रेलिया लिएर डिग्री लिईसकेपछि संसारको कुनै पनि ठाउँमा गएर काम पाउन सक्ने, गर्न सक्ने बन्छन् । हाल नेपाली विद्यार्थीहरुले काम नपाएका कुराहरु सुन्नमा आएको छ, खास कुरा के हो ? नेपाली विद्यार्थी वा अन्तराष्ट्रिय विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा काम गर्न सक्छन् । त्यो भनेको पार्ट टाईम काम हो जुन जाँदा जाँदै सुरुमा नपाईन सक्छ तर बिस्तारै काम नपाईने भन्ने हुँदैन । विद्यार्थीहरु पनि केही सीपहरु जस्तै रेस्टुरेन्ट, होटलका ट्रेनिङ तथा कफी मेकिङका कोर्सहरु सिकेर जाँदा राम्रो हुन्छ । जाने बित्तिकै काम पाइने ठेगान नहुनाले विद्यार्थीहरुले आफ्नो धैर्यता र घरबाट नै आर्थिक तयारी गरेर जाँदा राम्रो हुन्छ। अष्ट्रेलिया एक्लै जानको लागि र डिपेन्डेन्टमा जानको लागि प्रकृयाहरु के के छन्? खर्च कति फरक पर्न जान्छ ? अष्ट्रेलियाका धेरै विश्वविद्यालयहरुले ब्याचलरमा डिपेन्डेन्ट भिषाको लागि अनुमति दिदैन । उनीहरुले एकल भिसाको लागि मात्र प्रोत्साहन गर्छन्। तर केही विश्वविद्यालयहरुले ब्याचलरमा पनि मान्छन् तर सामान्यता मास्टर्स तहको अध्ययनको लागि भने डिपेन्डेन्ट भिसालाई अनुमति दिईएको छ। त्यसैले यो चाँहि विश्वविद्यालयमै भरपर्छ। डिपेन्डेन्टलाई लाग्ने खर्च भनेको एकललाई हेरेर ईन्सुरेन्स डबल गर्नुपर्ने, हवाई खर्च र डिपेन्डेन्टको बसोबास खर्च मात्र बढी लाग्छ। त्यसबाहेक उसलाई केही रकम बढी लाग्दैन।