विदेशीनैको लागि झुटो विवाह, केटी जुराउनेदेखि पण्डित मिलाउनेसम्म कन्सेल्टेन्सी सक्रिय
काठमाडौं । पछिल्लो समय युवामा विदेशीने होडवाजी छ । जसरी भएपनि विदेश गएर मनग्य आम्दानी गर्ने आश छ उनीहरुमा । यस्तै उत्सुकता एक दिन झापाका विशाल राईमा पनि उब्जियो । उनको विदेश गएर धेरै पैसा कमाई खुशीका साथ जीवन जिउने चाहना थियो । विदेश जानकै लागि उनले धेरै साथीको सल्लाह पनि लिए । सल्लाह लिनकै लागि उनी काठमाडौंको एक कन्सल्टेन्सीमा पुगे । कन्सल्टेन्सीले उनलाई विदेश जाने सल्लाह दियो । कन्सल्टेन्सीको कुराले उनलाई झन बढी विदेश जान मोहित पार्यो । विदेश पाईला टेक्ने वित्तिकै पैसाको थैलो नै अगाडि आउँछ भन्ने जसरी फकायाे कन्सल्टेन्सीले । उनमा भएको विदेशीने भोक झन बढ्दै गयो । कन्सल्टेन्सीले उनलाई डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया जाने सल्लाह दियो । उनले डिपेण्डेण्ट भिसामा विदेश जान्छन् भन्ने सुनेको मात्र थिए। कन्सल्टेन्सीले उनलाई एउटा आइडिया सुनायो– झुटो विवाह गरेर अष्ट्रेलिया जाने । एक छिन उनी झसंग भए । झुटो विवाह पनि हुन्छ र ? कन्सल्टेन्सीले उत्तर दियो,‘हुन्छ’ । कसरी ? तपाईसँग ५० लाख रुपैयाँ छ ? कन्सल्टेन्सीको त्यो प्रश्न सुनेर उनी एकछिन् अलमलमा परे । उनी मध्यम वर्गीय परिवारका थिए । आम्दानी ठीकै थियो । दिदी– भिनाजु पनि अष्ट्रेलियामै बस्थे र अहिले पनि बस्छन् । उनले त्यति सम्झेर उत्तर दिइहाले, ‘छ’ । त्यसो भए एउटा आयल्स पास गरेको केटी छ । उससँग कुरा पनि भइसकेको छ । डिपेण्डेण्ट भीषामा उसैसँग अष्ट्रेलिया जानु पर्छ । केटी कुन हो ? के गर्छिन् ? कस्ति छन् ? विशाललाई केही थाहा थिएन । तर, उनको विदेश जाने भोकले ‘हुन्छ’ भन्यो । कुरा भएको केही हप्तापछि नै कन्सल्टेन्सीले उनीहरुको भेट गरायो । साँच्चीकै विवाह जस्तै बन्दोवस्त थियो त्यहाँ । पार्टी प्यालेस,पञ्चेबाजा, पण्डित, क्यामेरा पर्सन, जन्ती सबै तयार थिए । विशाललाई भने त्यो माहोल अचम्मको लागिरहेको थियो । त्यहाँ सिन्दुर, पोते, औठीं, माला, मण्डप सबैको व्यवस्था थियो । ‘मलाई विदेशिने भोक थियो, त्यतिखेर म विदेश जानका लागि जे पनि गर्न तयार थिएँ,’ उनले भने । शुरुमा सँगै तस्विर खिचाउन पनि अप्ठ्यारो लागेको उनी बताउँछन् । तर, पछि कन्सल्टेन्सीले गराएअनुसारको काम गरेको उनले बताए । यस्तै, बाग्लुङकी शान्ति शर्मालाई पनि विदेश जाने रहर थियो । घरको आर्थिक अवस्था सामान्य भएकी उनको पढाई भने राम्रै थियो । उनी एक प्रतिष्ठित कम्पनीमा पनि काम गर्थिन् । शान्तिले पनि विशालकै जसरी विदेश जाने निर्णय गरिन् । आयल्सको परीक्षा दिईन् । पास पनि भइन् । अब उनलाई पैसा खर्च गर्न जोडी खोज्नु थियो । त्यसको भूमिका पनि कन्सल्टेन्सीले निर्वाह गर्यो । त्यो काम गर्न उनलाई गाह्रो त थियो नै । तर, त्यो गाह्रोभन्दा पनि आफूलाई फाइदा हुने भएपछि झुटो विवाह गर्न सहमत भइन् । मनमा डर र चिन्ता लिँदै उनले एक जनासँग विवाह गरिन् । उनी अहिले अष्ट्रेलियामै छन् । मासिक ३ लाख कमाउँछिन् । अहिले यसरी नै झुटो विवाह गरेर विदेशिने युवाको संख्या बढ्दै गएको छ । घरमा साहुलाई ऋण मागेर भएपनि ५० लाख रुपैयाँ तिरेर डिपेण्डेण्ट भीषामा विदेशीने युवाको संख्या बढ्दो छ । यसमा मध्यस्तकर्ताको भूमिका कन्सल्टेन्सीहरुले गरिरहेका छन् । युवाको विवाह गराउने, पण्डित लगाउने, तस्विर, भिडियो खिच्ने देखावटी कामहरु पछिल्लो समय बढ्दै गएका छन् । आयल्स पास गरेकाहरुको विवाह गरेर उनीहरुको कलेजको शुल्क, पासपोर्ट बनाउने रकम, सपिङ गर्ने रकम र घुम्न जाने रकम पनि ऐजेण्टले नै व्यवस्था गर्ने गरेको खुलेको छ । यस्ताे खर्च आयल्स पास गरेर जानेले व्यहाेर्नु पर्दैन । पठाउने एजेण्टलाई पनि धेरै फाइदा छ । तर, जसले लगानी गर्छ, उसको भने धेरै खर्च हुने पाइएको छ । यो प्रवृतिको पछाडि लागेर कतिपयको जीवन बर्बाद भएका घटनाहरु पनि प्रशस्त छन् ।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम: विज्ञानको एउटा विषय छाड्नै पर्ने
काठमाडौं । कक्षा ११ र १२ नयाँ पाठ्यक्रमले अन्योलत बढाउँदै गएको छ । यसभन्दा अगाडिको विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले बायोलोजी, फिजिक्स, केमेस्ट्री र एउटा गणित अध्ययन गर्दै आएका थिए । नयाँ आएको पाठ्यक्रममा बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडेर गणित पढ्नु पर्ने छ । यसअघि नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध शुरु भएको थियो । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको थियो । जनस्तरको विरोधको सामाना गरिरहेको पाठ्यक्रम विकास केन्द्रले सर्वाजनिक गरेको नयाँ पाठ्यक्रमबाट विज्ञानको एउटा विषय अध्ययन गर्नै नसकिने बनाइएको विज्ञहरु बताउछन् । नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय विद्यार्थीहरुले पढ्न नपाउने नयाँ पाठ्यक्रम आएको छ । देशले प्रविधिलाई प्रथामीक्ता दिएर जानु पर्ने ठाउँमा एउटा विषय पढ्नै नपाउने गरेर आएको पाठ्यक्रमले विद्यार्थी र देशको प्रविधिमाथि नै प्रहार गरेको बताए । प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महशुस गरेको बताए । ‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौं, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धकार हुन्छ ।’ उनले भने- ‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्तर्गतमा जोड दिएका छन्, जसले गर्दा उनीहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन ।यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दीमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्यलाई ध्यानाकर्षण गराउँदा पनि बेव्यवस्था गरेको काफ्लेको भनाइ छ ।’ पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विषय घटायर गणित विषय राखेको बताए । ५ वटा विषयको ठाउँका ७ वटा विषय हुन जाने बताए । विज्ञान विषयबाट गणित हटाउन पहल गर्दागदै विज्ञानकै एउटा विषय गायब विज्ञान विषयबाट गणित विषय हटाउने भने पछि, त्यसको विरोध भएको थियो । विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन, गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो भन्दै विराध भएको थियो । तर बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडनु पर्ने भएको छ । पहिले विज्ञानमा गणित चहिन्छ भन्नेहरु अब विज्ञान नै अपुरो हुने बताउछन् ।
एमबीबीएस पढ्न नेपालमाभन्दा विदेशमा ५० प्रतिशत सस्तो: पुष्पराज भट्टराई
काठमाडौं । सन् २००८ मा स्थापना भएको मिसन डाक्टर ११ वर्ष शैक्षिक परामर्शको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ । विशेष गरेर मेडिकल शिक्षालाई प्राथमिकतामा राखेको मिसन डाक्टरले काम गर्दै आएको छ । नेपालबाट बर्सौनि हजारौं विद्यार्थी मेडिकल शिक्षा हाँसिल गर्न बाहिर जाने गरेका छन् । विदेशमा मेडिकल शिक्षा हाँसिल गर्न अध्यन गर्न जान कति लाग्छ, त्यहाँ भाषाको समस्या कति हुन्छ, नेपाल फर्किएर ति विद्यार्थीहरुले के गरिरहेको छन् भन्ने सबैको चाँसोको विषय हो । त्यही विषयलाई मध्यनजर गर्दै प्रस्तुत छ विकासन्युजले मिसन डाक्टरका प्रबन्ध निर्देशक पुष्पराज भट्टराईसँग गरिएको कुराकानी : कुन उद्देश्यका साथ मिसन डाक्टरको स्थापना भएको हो ? मेरो पहिलो स्थापना गरेको संस्था मिसन युएसए हो । मिसन डाक्टर, मिसन युएसए र मिसन अष्ट्रेलिया सिस्टर अर्गनाईजेसन रहेको छ । मेरो ११ वर्षको शैक्षिक परामर्श क्षेत्रमा लागिँरहँदाको अनुभवले मेरो उदेश्य हेर्न हो भने मैले बेलायत गएर पढेर र करिब ३० भन्दा बढि देश घुमेर आईरहेको परिपक्षमा मैले जानेमन भनेकने विदेश गएर पढेर राम्रो ज्ञान लिने र नेपाल आएर कर्म गर्नुपर्छ भन्ने हो । मैले हाल जे गरिरहेको त्यहीँ सोच बनाएर मैले यो संस्था खोलेको हुँ । मिसन डाक्टरले कुन कुन देशलाई प्राथमिकतामा राखेको छ ? हाम्रो नाम हाम्रो अरु भन्दा फरक छ र त्यसैले पनि धेरै जनाले हामीलाई मेडिकल क्षेत्रमा मात्र काम गर्नुहुन्छ भन्ने बुझ्नुहुन्छ तर हाम्रो डाक्टर भनेको मेडिकल पनि हुन सक्छ र पिएच डि डाक्टर पनि हुनसक्छ । मेरो उदेश्य भनेको सबै विद्यार्थीलाई डाक्टर बनाउनु हो चाहे त्यो मेडिकल होस् अथवा पिएच डि होस् । अष्ट्रेलिया यदि कोही विद्यार्थी पढ्न जान्छ भने उसले ब्याचलर, मास्टर्स, पिएचडि गर्नै पर्छ । मेडिकल क्षेत्रमा कोही ब्याच्लर पुरा गर्न बित्तिकै डाक्टरहरु हुन्छ तर उनीहरुको पनि अगाडी पढुनुपर्न हुन्छ । मेरो उदेश्य भनेको विद्यार्थीलाई कुनै पनि क्षेत्रमा पोख्त बनाउनु हो । यद्यापी हाम्रो फोकस भनेको मेडिकल नै रहेको छ जसमा बांग्लादेश, चिन, रसिया, युक्रेन तपाईले पठाएका विद्यार्थीहरु हाल के गरिरहेका छन् ? मेलै पठाएका धेरै विद्यार्थीहरु मेरो रेकर्डमा हेर्न हो भने धेरै नेपाल फर्केर आएका छन् । मैले अघि पनि भने हाम्रो फोकस भनेको मेडिकल क्षेत्र हो । नपालबाट जति पनि मेडिकल पढुनको लागि बाहिर जान्छन् ९५ प्रतिशत नेपालमै फर्केर आएर सेवा दिईरहेका छन् । नेपाल सरकारले कन्सल्टेन्सीहरुले बाहिर मात्र विद्यार्थीहरु पढुन पठाए भन्दा त्यसको हामी जस्ता कन्सलटेन्सीले ठुयाक्कै उल्टो गरेका छौं । मिसन डाक्टरले ब्रेन ड्रेन भन्दा पनि ब्रेन गेनको काम गरिरहेको छ । विदेश पढ्न गएकाले केही मात्रमा पैसा खर्च गरे होलान् तर उनीहरुले त्यसको दोब्बर यहाँ आएर सेवा दिएका छन् । मेडिकल डाक्टर पढ्नको लागि विदेश जान के कस्तो मापदण्ड रहेको छ ? मेडिकल डाक्टर पढ्नको लागि विद्यार्थीहरुले नेपाल सरकारको केही मापदण्डहरु पुरा गर्नु पर्न हुन्छ । बांग्लादेश जानको लागि विद्यार्थीको एक वर्ष भन्दा बढि ग्याप हुनु हुँदैन । बायोलोजी, फिजिक्स र केमेस्ट्रीमा कम्तिमा पनि ६० अंक ल्याएको हुनुपर्छ । समग्रमा हेर्न हो भने बांग्लादेश बाहेक अन्य देशमा ग्यापले खासै फरक पार्दैन । यस्तै उमेर ३० वर्ष भन्दा कम, शैक्षिक योग्यता ५० प्रतिशत हुनपर्छ र नेपाल सरकारले लिएको प्रवेश परिक्षामा पास गरेको हुनुपर्छ । शुल्कहरु कति लाग्छन् ? नेपालको परिपक्षमा मेडिकल अध्यनको लागि बाहिरको शुल्क उपभोग गर्न सकिने छ । जसले जे भने पनि यर्थाथमा नेपालमा सबैभन्दा सस्ता मेडिकल कलेजमा पनि ७०–८० लाख लिने गरेको छ । देख्न र लुकाउने दाँत फरक हुन्छ भने जस्तै यहाँका मेडिकल कलेजहरुले विद्यार्थी भर्ना भएपछि होस्टेलको शुल्क, मेडिकल सामाग्रीको शुल्क जोडेको छैनौं भन्दै लाखौं बढि असुल्छन् । तर चिनमा जाने हो भने खान, बस्न र ६ वर्षको सम्पुर्ण खर्च जोड्दा विद्यार्थीहरु ३० लाखमा पढाई पुरा गरेका छन् । बांग्लादेशमा ४० देखि ५० लाखको रेन्ज रहेको छ । फिलिपिन्स, युक्रेनमा ४० देखि ५०, रसिया ३० लाख रहेको छ। यसरी हेर्न हो भने नेपालको आधा खर्चमा विदेशमा पढेर आउन सकिन्छ । गुणस्तरको कुरा गर्न हो भने बाहिरको शिक्षा नेपालको भन्दा कम छैन । विदेश गएर मेडिकल शिक्षा हाँसिल गरेका विद्यार्थीहरु धेरै यहाँको मेडिकल काउन्सिलको परिक्षामा फेल भएको सुनिन्छ, खास कुरा के हो ? बाहिर गएपछि अलि बढि स्वोतन्त्रता पाउने हँदा केही विद्यार्थीहरु यहाँ आएर परिक्षा पास गरेका छैनन् तर जो डाक्टर बन्ने चाहना राखेर पढेर आएका छन् उनीहरुले राम्रो गरेका छन् । चिन जस्ता देशहरु जाँदा विद्यार्थीहरुलाई भाषाको समस्या कतिको हुन्छ ? भाषाको समस्या जुनै पनि राष्ट्रमा हुने गरेको छ । भाषागत समस्या दुई तरिकाले हुन्छ । कुनै पनि विद्यार्थी अर्को देश जान्छ भने उसले त्यो देशको भाषा सिक्नैपर्छ । उदाहरणको लागि एक अमेरिकी नागरिक नेपालमा आएर नेपालको मेडिकल कलेजमा पढ्छ भने उसले नेपाली भाषा सिक्नै पर्छ । शिक्षकले अंग्रजीमा पढाए र परिक्षा अंग्रजीमा लिए पनि उसले ईन्टर्न गर्न समयमा सबै नेपालीले त अंग्रेजी बोल्दैनन् । त्यही कुरा हाम्रा नेपाली विद्यार्थीलाई पनि लागु हुन्छ । छात्रवृत्तिको व्यवस्था के–कस्तो रहेको छ ? ब्याचलरमा धेरै छात्रवृत्ति छैनन् । कहि कतै थारैमा मात्र छात्रवृत्तिको व्यवस्था रहेको छ । पहिला पहिला पुर्ण रुपमा छात्रवृत्ति पाएर विद्यार्थीहरु पढुन जान्थिए तर शहिले त्यस्तो छैन । मास्टर्सको हकमा भने चिनमा धेरै विद्यार्थीहरु गईरहेका छन् र उनीहरुलाई हामी सहयोग गरिरहका छौं । कुन देशमा बढि गएका छन् ? यहाँबाट सबैभन्दा धेरै विद्यार्थीहरु बांग्लादेश , चिन र बेलायत गएका छन् । बेलायतमा म आफैं अध्यन गरेर आएको हुँदा पनि यसमा पनि हामीले धेरै विद्यार्थी पठाएका छौं । यस्तै अमेरिका, अष्ट्रेलिया र अन्य धेरै युरोपका देशहरुमा पनि हामीले विद्यार्थीहरु पठाएका छौं । मिसन डाक्टरले विद्यार्थीहरुलाई कस्तो सेवा प्रदान गर्छ ? हामीले मिसन डाक्टर मार्फत विश्वका कुनै पनि ठाउँमा मेडिकल शिक्षा अध्यनको बारेमा पुर्ण रुपमा केही पनि नछुटाई पनि जानकारी दिन्छौं । हामी टोफल, आईएल्टिएसका भाषा परिक्षाहरु पनि संचालन गछौं ।