१९ अर्बभन्दा बढी त्रिविको बेरुजु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल रु १२ अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा रु ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उप्रेतीले जानकारी दिएका छन् । आव २०७३/७४ सम्मको बेरुजु र रु १९ अर्ब ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको उनले प्रस्तुत गरेको बजेटमा छ । त्रिविले २०७५ चैतमसान्तसम्म रु एक अर्ब २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छौट गरेको थियो । रजिष्ट्रार उप्रेतीले आव २०७३/७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए । त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ । त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । आव २०६९/७० सालसम्म कायम भएको व्यक्तिगत पेश्की गत फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा रु १३ करोड पेश्की फर्छौट भएको थियो । रजिष्ट्रार उप्रेतीले आगामी दिनमा कार्ययोजना बनाइ पेश्की फर्छौटको कार्यलाई प्राथमिकतामा राखिने बताए । त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ । त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको छ । लेखापरीक्षण कार्यसम्पन्न हुन लागेकोले बेरुजु फर्छौट वर्षको रुपमा कार्ययोजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । त्रिविका ९५ इकाइमध्ये १७ वटाले मात्र लेखापरीक्षण गराउन बाँकी छन् । रासस

ट्यालेन्ट शोमा ‘किड क्विन नेपाल–२०१९’का प्रतिस्पर्धि

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे । केही प्रतियोगीले गायन समेत पस्किएका थिए । प्रतियोगिहरु मध्ये इलिजा गुरुङले गुरुङ भाषाकै गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अभिश्री तिवारीले नेवारी भाषाको गीतमा नृत्य प्रस्तुत गरिन् । निमिषा श्रेष्ठले गैरी खेतको सिरै हान्यो…गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा सुप्रिया तामाङले जीवनका बारेमा आफ्नो मन्तब्य व्यक्त गरिन् । अदिष्टा भण्डारीले ‘नौ महिना…’ शीर्षकको गीत गाइन् भने राषु पन्तले पियानोवादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । अन्य प्रतियोगिहरुमध्ये सान्भी बानिया“, मनिषा राई, सुप्रीया विष्ट, प्रकृना प्रधानाङ्ग, प्रँची किबानायो, स्नेहा प्रजापति, कृष्मा ढुंगाना, श्रेया जरेजु, रोषिका लामा तथा सरु खोटेजुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । स्नेहा रजकले भने कराते खेलका विभिन्न कौशल प्रस्तुत गरिन् भने निशा बिकले आफ्नै हातले बुनेको फेन्सी ब्याण्ड प्रस्तुत गरिन् । रितिका थापाले गायन प्रस्ततु गरिन् भने आयुष वाइवाले एउटा गीतमा नाट्य प्रस्तुती दिइन् । प्राध्यापक डा.विमला शाक्यको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा कराते प्रशिक्षक अशोक श्रेष्ठ, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे, सञ्चारकर्मी अरुणा भट्टराई, व्यवसायी रोशन सायमी, विज्ञापन व्यवसायी सञ्जय श्रेष्ठ, फेसन उद्यमी एलिना तुलाधर आदि निर्णायकमा रहेका थिए । ललितपुर उप महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न भयाे । उक्त प्रतियोगिताले बालिका तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाकी निर्देश्ँक हेमा मानन्धर बताउ“छिन् । उक्त अवसरमा नेप्लीज फेसन होमले प्रकाशित गरेको नेपाल संवत ११४० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

नेपाल इन्जिनिजरिङ् कलेजका विद्यार्थी यातायात गुरुयोजनामा

काठमाडौं । नेपाल इन्जिनिजरिङ् कलेज (नेक) का विद्यार्थी भक्तपुरको चाँंगुनारायण नगरपालिकाको यातायात गुरुयोजनामा लाग्ने भएका छन् । कलेजमा सिभिल इन्जिनियरिंग र सिभिल रुरल इन्जिनिजरिङ्का पहिलो वर्षका विद्यार्थी नगरपालिका क्षेत्रभित्रको कुनकुन सडकमा के कति मात्रामा सवारी साधनहरु चल्छन् भन्ने बुझने यातायात गुरुयोजनामा लाग्ने भएका हुन् । कलेजका झण्डै ७० जना विद्यार्थी मंसिर १६ गतेदेखि यो कार्यमा लाग्ने कलेजले जनाएको छ । यसका लागि बिहीबार कलेजमा आरेन्टेशन कार्यक्रम गरियो । कलेजका सहायक प्रिन्सिपल दीपक धामीका अनुसार पढ्दापढ्दै व्यवहारिक शिक्षा पाउन् भनेर विद्यार्थीलाई फिल्डमा पठाउन लागिएको जनाए । कलेजका एकेडेमिक को अर्डिनेटर मोहन केसीले विद्यार्थीले मंसिर ३० गते रिपोर्ट बुझाउने जानकारी गराए ।