एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमले ल्यायाे ‘साैगात एसईई तयारी कक्षा’

काठमाडौं। मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ। यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ । डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्, त्यो पनि आफ्नै घरमा बसी बसी । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ । डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् । यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ । एसईईका विद्यार्थीहरु लक्षित विषयगत प्रसारण गरिन लागेको सम्बन्धमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, “हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले नै एसईइ दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि एसईइ तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं।” डिशहोम नेपालमा टिभी च्यानल वितरण गर्ने सबैभन्दा ठूलो सञ्जाल र पहुँच भएको वितरक हो । यस मार्फत् वितरित च्यानलहरु साँच्चिकै एचडि प्रविधिको भएको अनुभव दर्शकहरुले गर्ने गरेका छन् । उत्कृष्ट गुणस्तरको प्रसारण सिग्नल भएको यो च्यानलबाट विद्यार्थीहरुका लागि प्रसारण गरिने एसईई तयारी कक्षाको सहयोगबाट भविष्य उज्वल बनाउने उद्देश्यमा अघि बढेका विद्यार्थीहरु लाभान्वीत हुनेछन् भन्ने विश्वास गरिएको छ ।

एसइई परीक्षा चैत ६ गतेबाट

काठमाडौं। २०७६ सालको एसईईको परिक्षा चैत ६ गते हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा चैत ६ हुने भन्ने सोमबार निर्णय गरेको हो। बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको हो। पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान र पाचौं दिन अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । परिक्षा बिहान ८ बजे देखी ११ बजे सम्म हुने बोर्डले जनाएको छ।

इस्लिङटन कलेजका तीन विद्यार्थीले पाए बेलायतमा पढ्न पूर्ण छात्रवृति

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले तीन विद्यार्थीलाई बेलायतमा पढ्न पूर्ण छात्रवृति  दिने भएकाे छ । स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सुचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृति दिने घोषणा गरेको हाे । कलेजको दिक्षान्त समारोहमा कलेज र आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृति घोषणा गरेका हुन् । छात्रवृति पाउने विद्यार्थीहरुमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न र हवाई टिकट र अध्ययनको लागि तीन जनालाई पूर्ण छात्रवृति उपलब्ध गराएको जानकारी दिएका छन् ।  सो विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पुर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ । छनौटमा परेका विद्यार्थीलाई पूर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउण्डको छात्रवृति पाउनेछन् । कलेजका अध्यक्ष बुढोथोकीले भने । स्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको सुचना, प्रविधिको पढाई उत्कृष्ठ रहेकोले थप अध्ययन गर्न छात्रवृति दिएको जानकारी गराए । उनले भने–छात्रवृतिसंगै थप अध्ययन पुरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकुन् भन्ने उद्देश्यले छात्रवृति दिएका हौ । त्यसैगरी सोही कलेजमा अध्ययनरत दुई विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृति दिएको छ । छात्रवृति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरुलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृति दिएको कलेजले जनाएको छ ।  यसैबीच कलेजमा स्नातक तह पुरा गरेका गरेका ४ सय सय ४५ विद्यार्थी दिक्षित भएका छन् । काठमाडौमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षित विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरेका थिए । । उनले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ट दर्जामा रहेको दाबी गर्दै भने– इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ । विश्वको आवश्यकता सुचना प्रविधिमा आधारित शिक्षा हो, सुचना प्रविधि सहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ । उनले दीक्षित विद्यार्थीलाई शुभकामना दिदै भने–तपाईहरु लण्डन मेट्सका सफल विद्यार्थी हुनुभएकोमा बधाई छ । तपाईहरुको अबको यात्रा सुखमय रहोस् । कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताएका छन् । उनले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै भने–थप शिक्षा हासिल गर्न विदेश जानु होला तर उच्च शिक्षा पुरा गरेपछि नेपालमै फर्कनु होला । इस्लिङटन कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी,गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गरेका छन् । अन्य विश्वविद्यालयका कलेजको दाजोमा आइएनजी ग्रुपद्धारा संचालित इस्लिङटन कलेज सुचना र प्रविधिमा आधारित कलेजले शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले भने–अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौ । अध्ययन संगै नया काम खोज्न अमेरिका, अष्ट्रेलिया जापान लगायत मुलुकमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोही स्तरको शिक्षा पाउने स्तरको पठन पाठन गर्न कलेज सफल भएको उनको भनाई थियो । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको हो । हाल कलेजमा बिबिएमा कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वर्षीय कोर्ष अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापन अन्तर्गत चार वर्षिय बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ रहेका छन् ।