चिकित्सक संघको मतगणना: १८ सय ३९ मत सहित डा. लोचन कार्की अगाडि

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे मत ९ सय १९ रहेकाे छ । यस्तै, उपाध्यक्षका उमेद्धवार डा. अनिलविक्रम कार्की १७ सय ४१ मत सहित दोस्रो स्थानमा छन् । सहसचिवका उमेद्धवार डा. निरजकुमार सिंह १७ सय २० मत पहित तेस्रो स्थानमा रहेका छन् । मतगणनाकाे अपडेट यस्ताे रहेकाे छ: अध्यक्ष  डा लोचन कार्की –  १८३९ डा पुष्पमणि खराल – ९१९ वरिष्ठ उपाध्यक्ष डा रक्षा श्रेष्ठ- ९९७ डा शिवप्रसाद श्रेष्ठ – १५८५ उपाध्यक्ष डा अनिलविक्रम कार्की – १७४१ डा रञ्जितकुमार झा –  ८८० महासचिव डा बद्री रिजाल – १०१२ डा मधुर बस्नेत –  ७१६ डा दीपेन्द्र पाण्डे – ४७२ डा अजयकुमार मिश्र – ४६० कोषध्यक्ष डा प्रकाश बुढाथोकी- १४१५ डा सञ्जितकुमार साह- ११७४ सहसचिव डा निरजकुमार सिंह- १७१० डा सैलेन्द्र झा- ८३६ सहकोषाध्यक्ष डा विश्वाराज दवाडी- १५९१ डा उदयनारायण सिंह- १०२४ सदस्यहरु १. अमित चतुर्वेदी- ७२६ २. डा. विक्रान्त ढकाल- ११७७ ३. डा विपेश आचार्य- १३७० ४. डा दीपकप्रसाद कोइराला- ८६१ ५. डा. जगदिशचन्द्र विष्ट- ६७० ६. डा लिजन महर्जन- १०८३ ७. डा नन्दाकुमारी गुरुङ- १४६६ ८. डा प्रमोद जोशी- ११४८ ९. डा. प्रवीणकुमार गिरी- ३६९ १०. डा राकेश कुमार साह – ११२५ ११. डा रितेश थापा- १५०६ १२. डा सञ्जिव तिवारी- १३०३ १३. डा सुमन काफ्ले- ९७२ १४. डा त्रिभुवन चन्द्र झा – ८७२

युलेन्स एजुकेशन फाउण्डेसनको सीईओमा डा.पाँडे नियुक्त

काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.अरनिको कुमार पाँडे नियुक्त भएका छन् । आगामी दुई वर्षका लागि फाउण्डेसनले डा. पाँडेलाई उक्त पदमा नियुक्त गरेको हो । डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु अघि युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड सदस्य तथा इसीमोडमा वातावरण विज्ञका रुपमा कार्यरत थिए । उनले फेब्रुअरी १, २०२० का दिनदेखि युलेन्स एजुकेशन फाउण्डेसनको नयाँ जिम्मेवारी ग्रहण गरेका हुन् । साथै, उनले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातक, अमेरिकाकै े विस्कन्सीन म्याडिसन विश्वविद्यालयबाट भू–शंशाधन विषयमा स्नातकोत्तर र म्यासाच्यूटस् इन्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधी उपाधि हासिल गरेका छन् । सन् २००६ मा ब्यारोन गाइ युलेन्स र मिरीयम युलेन्सको संरक्षकत्वमा गैर नाफामूलक संस्थाका रुपमा स्थापित युलेन्स एजुकेशन फाउन्डेसनले प्रगतिशील शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । फाउन्डेसनले अमेरिकाको न्यूयोर्क स्थित बैंक स्ट्रीट कलेज अफ एजुकेशनको शैलीमा एक्काईसौँ सताब्दी सुहाँउदो व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ । फाउन्डेसनले हाल ललितपूरको जावलाखेलमा युलेन्स किन्डरगार्डेन तथा खुमलटारमा कक्षा एकदेखिमाध्यमिक शिक्षासम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माध्यमिक तहमा नेपाल सरकारको माध्यमिक शिक्षा कार्यक्रम तथा इन्टरनेशनल ब्याकलरेट डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति र स्वीट्जरल्याण्डको जेनेभा स्थित आइबीओ बोर्डद्धारा आधिकारीक मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको यस डिप्लोमा कार्यक्रमले समय सापेक्ष शैक्षिक कार्यक्रमहरु मार्फत १६ देखि १९ वर्ष उमेर समूहका युवा अवस्थाका विद्याथीहरुलाई अनुसन्धानात्मक ज्ञान आर्जन गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नेपालको शिक्षाको स्तर उकास्ने उद्देश्यले फाउन्डेसनले निकट भविष्यमा खुमलटार, ललितपूरमा विश्वस्तरीय सुविधायुक्त शिक्षक तालीम केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । साथै काभ्रेपलान्चोक जिल्लाको नालामा आगामि केही वर्ष भित्रमा स्नातक तहको उदार कला (लिबरल आर्टस्) कलेज सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

इक्यान र क्यानबीच भेटवार्ता, सहकार्यमा सम्बन्ध विस्तार गरिने

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान) का पदाधिकारीहरुबीच भेटवार्ता सम्पन्न भएको छ । इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको कार्यसमिति र क्यानका अध्यक्ष नवराज कुँवरको टोलीबीच बुधबार क्यानको कार्यालयमा भेटघाट भएको हो । भेटमा क्यानका अध्यक्ष कुँवरले इक्यान र क्यानबीच सहकार्य गर्ने र सम्बन्ध विस्तार गर्नका लागि प्रस्ताव गरेका थिए । इक्यान अध्यक्ष पाण्डेले वर्तमान समयमा सूचना सञ्चार तथा प्रविधिको महत्वबारे चर्चा गर्दै नेपालको शिक्षा क्षेत्रको विकासका लागि आईसिटीको भूमिका महत्वपूर्ण हुने बताए । क्यानले लामो समयदेखि सूचना सञ्चार र प्रविधिको क्षेत्रमा गरेको कामका प्रसंशा गर्दै आगामी दिनमा मुलुकमा आईसिटी साक्षरता बढाउनका लागि भूमिका खेल्नुपर्ने बताएका थिए । शैक्षिक परामर्शको संघ इक्यान र क्यान मिलेर दुबै संस्थाको हितका लागि सहकार्य गरी अगाडि बढ्नुपर्नेमा अध्यक्ष पाण्डेले जोड दिए । क्यान सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरुका महासंघ हो भने इक्यान शैक्षिक परामर्श व्यवसायी संघहरुको सबैभन्दा पुरानो र ठूलो संघ हो । भेटमा इक्यानका तर्फबाट अध्यक्ष पाण्डेसहित उपाध्यक्षहरु देविदास भट्टराई र कृष्णहरि केसी, महासचिव दीपकराज भुसाल, सचिव बासुदेव दाहाल र सदस्यहरु भवनाथ हुमागाई, आशिक कार्की र पुष्पराज भट्टराई थिए ।