किंग्स कलेजले आयोजना गर्याे अन्तर्राष्ट्रिय ‘भर्चुअल कन्फिरेन्स्’, करिब ८५ जनाकाे सहभागिता
काठमाडाैं । किंग्स कलेजले आज ‘इम्ब्रेसिङ्ग द क्यावस’ शिर्षकको अन्तराष्ट्रिय भर्चुअल कन्फिरेन्सकाे आयोजना गरेको छ । भर्चुअल माध्यमद्वारा संचालित नेपालकै पहिलो अन्तराष्ट्रिय कन्फिरेन्स् शुक्रबार बिहान ७ देखि ११ः३० सम्म चलेको थियाे । जसमा विभिन्न राष्ट्रका प्राद्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षाक्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागीहरुको सहभागीता थियाे । कोरोना भाइरसको कारण राष्ट्रहरुले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गरिरहेको परिप्रेक्षमा अनलाईन कक्षासम्बन्धी अन्तराष्ट्रिय जगतको अनुभव, शिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि विचारविमर्श गर्दै नेपालका शैक्षिक संस्थाहरुलाई अझ शसक्त ढंगबाट अनलाईन कक्षा संचालन गर्न सक्षम बनाउने अभिप्रायले उक्त भर्चुअल कन्फिरेन्स्को आयोजना गरिएको हो । यसका साथै अनलाईन कक्षाबारेको बुझाइलाई थप गरी यससम्बन्धी कठिनाइको समाधान विकास गर्ने यस कन्फ्रेन्सको उदेश्य रहेको थियो । ‘अनलाईन कक्षाको सम्भावना तथा सिमितता, गुणदाष लगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाहरुले यसका लागि आफूलाई कसरी तैयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको थियो,’ अन्तर्राष्ट्रिय भर्चुअल कन्फिरेन्स्को संयोजक तथा कलेजका प्राचार्य उद्गम खड्काले बताए । अनलाईन शिकाइ, चुनौती र अवसार, अनलाईन शिक्षाको शिक्षण विधी, अनलाईन शिक्षाको लागि प्रविधीको एकिकरण र विश्वमहारीको समयको शिक्षण विधी लगायत मुख्य विषयबस्तु रहेको सो कन्फ्रेन्स् जुम प्ल्याटफर्ममार्फत संचालन गरिएको थियो । भर्चुअल तरिकाले संचालन गरिएकाता पनि कन्फ्रन्सले सहभागीहरुलाई दुई समूहमा विभाजन गरी समानान्तर शत्रहरु पनि चलाइको थियो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलको अनलाईन सहभागीता रहेको सो कन्फ्रेन्स्मा बेन्ट्ले विश्वविद्यालयका प्राद्यापक तथा हाबार्ड विश्वविद्यालयका अतिथी प्राद्यापक बिल सियानो प्रमुख वक्ताको रुपमा उपस्थित भएका थिए । अनलाईन शिक्षालाई अंगिकार गर्नुपरेता पनि विभिन्न पक्षबाट हेर्दा यो जटिल देखिएको आजको परिप्रेक्षमा अनलाईन शिकाइसम्बन्धमा संचालित यस भर्चुअल कन्फ्रेन्स नेपालको समग्र शिक्षाक्षेत्रको लागि उपयोगी हुने मन्त्री पोखरेलले बताए । कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाईन शिक्षामा लैजान सरकारीस्तरबाट विभिन्न पहल भइसेकेको बताउँदै उनले अनलाईन कक्षालाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउनुपर्नेमा जोड दिए । ‘कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययन गर्न हामीले एउटा समिति गठन गरिसकिएका छाैं,’ उनले जनाकारी दिए, ‘सो समितिले गरेको अध्ययनको निश्कर्षको आधारमा शिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।’ किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले कन्फ्रेन्सलाई सम्बोधन गर्दै अहिलेको संकटको घडीमा सरकारी वा नीजि क्षेत्र भनेर बस्नुभन्दा पनि एकअर्कासँग सहकार्य र समन्वय गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार शिक्षकहरु आफैमा सामाजिक अगुवा भएकाले आजको अनिश्चिताको समयमा समुदायमा आशा र सकारात्मक विचारको संचारमा उनीहरुको ठूलो भूमिका रहन्छ । ‘अनलाईन शिक्षा नेपालको सन्दर्भमा नया“ भएकाले अहिले नै कुनै निश्कर्षमा पुग्नुभन्दा उपलब्ध सबै अभ्यासहरु लागू गरी र यसको हरेक पक्ष र आयामलाई केलाई सिक्दै र सुधार गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भने ।
नामी कलेजकाे पठनपाठन अनलाईनबाटै
काठमाडौं । काेराेना भाइरस (कोभिड १९)को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि गत चैत ११ गते देखि लकडाउनमा रहेको छ । यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन । यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्रमा पनि यसको प्रभाव निकै ठूलाे परेकाे छ । तर यस्ता केही शैक्षिक संस्थाहरु छन् जसले अनलाईन कक्षाहरु संचालन गर्दै विद्यार्थीलाई लकडाउनको महसुस गराउन दिएका छैनन् । त्यही मध्ये एक कलेज हो गोकर्णश्वर स्थित नयाँ आयम मल्टी डिसिप्लनरी ईन्स्टिच्युट (नामी) । बेलायतको युनिभर्सिटी अफ नर्थ हेम्पट्नबाट मान्यता प्राप्त नामी कलेजले हाल ब्याचलर्स तहको कक्षा अनलाईनमार्फत सुरू गरेकाे छ । कोरोनाको संक्रमणलाई महामारी घोषणा गरिएसँगै लकडाउन हुने संभावनालाई मध्यनजर गर्दै अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको कलेजका प्रधानध्यापक संजीव उदासले बताए । मे महिनामा सेमेस्टर जसरी पनि अन्त्य गर्नुपर्ने भएकोले पनि आफूहरु पूर्ण रुपमा तयारी अवस्थामा बसेको उदासले जानकारी दिए । विश्वविद्यालयकै एप मार्फत हाल कलेजले कक्षाहरु संचालन गरिरहेको छ । लकडाउन कहिले खुल्ने तय नभएकोले विद्यार्थीहरुको अन्योलमा पर्ने हुनाले अनलाई कक्षाहरु संचालनमा ल्याईएको उनी बताउँछन् । उदास भन्छन्, ‘ हाल कोरोना भाईरसको कारण लकडाउन भयो, भोलि अर्को के समस्या आईपुग्छ भनेर हामी भन्न सक्दैनौं । त्यसैले अब सबै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गर्ने प्रविधीतर्फ बढ्न जरुरी छ ।’ अनलाईन कक्षा र वास्तविक कक्षाकोठाहरुमा खासै फरक नभएको उनी बताउँछन् । अनलाईन कक्षामा भएको सबै पढाई रेकर्ड हुने र कुनै विद्यार्थीले ईन्टरनेट समस्या भएको कारण कक्षामा सामेल हुने नपाएको अवस्थामा पछि रेकर्ड भएको कक्षाको पढाई दोहोराएर पढ्न पाउने उनले बताए । सन् २०१४ मा स्थापना भएको नामी कलेजले प्लस २ देखि ए लेभल र एमबीए सम्मको कोर्स संचालन गर्दै आएको छ । कलेजमा अहिले ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् ।
त्रिवि पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित गरेको छ । बिहिबार बसेको विश्वविद्यालयको बैठकले पोस्ट ग्रेजुऐट डिप्लोमाको ३ विषयको परीक्षा स्थगित गरेको त्रिवि अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक पशुपति अधिकारीले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका हो । त्रिविले बुधबार नै स्नातक तह चौथों वर्षको परीक्षा पनि रद्ध गरेको छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।