काठमान्डौ इन्ष्टिच्युट अफ टेक्नोलोजिका विद्यार्थीले हेरचार डटकममा इन्टर्न गर्न पाउने
काठमाडौं । काठमाडौं इन्ष्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीले हेरचार डटकममा इन्टर्न गर्न पाउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेरचारका प्रबन्धक उत्सव भट्टराई र काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले हस्ताक्षर गरेका हुन् । पहिलो सम्झौताअनुशार हेरचारले काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका विद्यार्थीहरुलाई अझ सक्षम र दक्ष बनाउनको लागि इन्टर्नको व्यवस्था गरेको छ भने दोस्रो सम्झौतामा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिमा अबका दिनहरुमा आइपर्ने मर्मत तथा संम्भार सम्बन्धि कार्यहरुको सेवा हेरचारले दिने व्यवस्था गरेको उल्लेख गरिएको छ । ५वर्ष भित्रमा ५ हजार भन्दा बढी युवाहरुलाई देशमै रोजगारी दिने लक्ष्य लिएर हिडेको हेरचारले दक्ष प्राविधिकहरु उत्पादन गरिरहेको शैक्षिक संस्था काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजीसँगको सम्झौताले थप उर्जा प्रदान गरेको हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताए । आफ्नो संस्थाबाट प्राविधिक सम्बन्धि शिक्षा हासिल गरी हेरचार जस्तोसंस्थामा आफ्ना विद्यार्थीहरुलाई इन्टर्न गराई विद्यार्थीहरुको रोजगारीको बाटो अझ सुनिश्चित गराउन पाउ“दा आफुलाई धेरै खुसि लागेको काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले बताए । सञ्चालनको दुई वर्षमै नेपालका बैङ्क, इन्स्योरेन्स, व्यापारिक घरानाहरु सहित व्यक्तिगत घरहरु गरी १ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमको युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लक्ष्यमा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजि संस्थाको साथले हौसला प्रदान गरेको प्रबन्धक भट्टराईले बताएका छन् ।
त्रिविकाे स्नातकाेत्तर तह दोस्रो र चौथो सेमेस्टरकाे परीक्षा तालिका सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकाेत्तर तहकाे परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिविले स्नातकाेत्तर तह अन्तगर्तकाे मानविकी तथा सामाजिक शास्त्र संङ्कायको दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा तालिका अनुसार स्नातकाेत्तर दोस्रो सेमेस्टरको परीक्षा चैत ९ गते देखि २३ गतेसम्म रहेको छ भने स्नातककाेत्तर चौंथो सेमेस्टरको परिक्ष चैत ७ गते देखि २० गतेसम्म रहेको छ । [pdf id=198029] [pdf id=198037]
उच्च शिक्षाका ठगहरुबाट बच्न एनओसीलाई अनलाईन प्रणालीमा लैजानुपर्छ: ईक्यान
काठमाडौं । उच्च शिक्षा अध्यनको लागि शिक्षा मन्त्रालयले प्रदान गर्न नो अब्जेक्सन लेटर (एनओसी) अनलाईन प्रणालीमा लैजान नेपाल शैक्षिक परामर्श सघ ईक्यानले माग गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै ईक्यान्ले एनओसी अनलाईन प्रणालीमा लैजान ईक्यानले माग गरेको हो । शिक्षा मन्त्रालयले प्रदान गर्न एनओसी अनलाईन प्रणालीमा नहुुँदा बिचौलियहरुले फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको ईक्यानको आरोप छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट एनओसी नक्क्ली भएको भन्दै ५८ विद्यार्थी फर्काईएका थिए । ईक्यानले सो घटनालाई उदाहरण दिदैँ एनओसीलाई अनलाईन प्रणालीमा लैजान माग गरेको छ । यस्तैे सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन पनि माग गरेको छ । साथसाथै उक्त घटनाका दोषी र निजले सेवा लिएको परामर्शदाताको संलग्नता देखिएमा परामर्शदाता समेतलाई कडाभन्दा कडा कारबाही गर्न तथा निर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्यमार्फत् क्षतिपुर्ति दिलाउन ईकयानले माग गरेको छ । आपलुहरुले नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष बारम्बार यस सम्बन्धि आग्रह गर्दै आए पनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको विज्ञप्तीमा उल्लेख छ ।