कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै विकल्प छैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएको छ । प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएका हुन् । एसईईको परीक्षा यस वर्ष नहुने र विद्यार्थीहरुलाई विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा अंक दिने बताएसँगै प्लस टु मा पति त्यस्तै लागु हुने अनुमान गरिएको थियो । तर स्थित सामान्य भएपछि परीक्षा हुने र कक्षा १२ को लागि अहिलेको अवस्थामा केही पनि विकल्प नरहेको शर्माले बताएका छन् । हाल धेरै विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग भएको र त्यसलाई तत्काल केही गर्ने नमिल्ने उनले बताए । ‘उक्त स्थानहरु खाली भएर अवस्था सामान्य हुने बित्तिकै हामी कक्षा १२ को परीक्षा गराउँछौं,’ उनले भने । यस्तै कक्षा ११ को हकमा भने बोर्ड परीक्षा नहुने तर त्यो पछि गएर के गर्ने अझैं निर्णय हुन बाँकी रहेको शर्माले बताए । यस बर्ष कक्षा ११ र १२ मा गरेर कुल ९ लाख ६५ हजार विद्यार्थी रहेका छन् जसमा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी कक्षा ११ मा रहेका छन् र ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी कक्षा १२ मा रहेका छन् ।

सल्यानमा प्रभावकारी बन्दै ‘रेडियो स्कूल’

सल्यान । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण भैरहेको छ । कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् । शारदा नगरपालिका वडा नं. १३ को सिर्जनशिल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताए । उनले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताए । छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हाँसिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताए । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उनले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताए । रेडियो स्कूल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उनको भनाई छ । रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिए । उनले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको बिकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताए । रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रममा जिल्लाका बिभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको बताए । रासस

डा‍. दिव्यासिंह शाह डिन नियुक्तपछि अनेरास्ववियूले लगायो आइओएममा ताला

काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मातालबन्दी गरेको छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले डा‍. दिव्यासिंह शाह बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा‍. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको  बताएका छन् । अनेरास्ववियूले बिहिबार एक विज्ञप्ती जारी गर्दै डा सिंहकाे नियुक्ति सच्च्याउन माथ‍ग गरेका छन् । उनी बुधबार साँझ आइओएमकाे डीनमा नियुक्त भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो। उनी सिफारिसमा दुई नम्बरमा परेकी थिइन्।