शैक्षिक विकृति विरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिको प्रेरणा मिलोस्ः अध्यक्ष ढुङ्गाना
काठमाडौं । नेपालविद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ । नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभाव शालीभ्रातृ संस्था नेपाल विद्यार्थी संघ ५१ वर्षमा प्रवेश गरेको हो । नेपाल विद्यार्थी संघको ५१औँ वर्ष प्रवेशका उपलक्ष्यमा अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना व्यक्त गरेका हुन् । अध्यक्ष ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगति विरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । ‘सर्वप्रथमत् नेविसंघद्वारा विगतमा सञ्चालित विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोनमा वीर गति प्राप्त गर्ने वीर शहीदहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु, त्यस्तै आजभन्दा ५ दशकअघि नेविसंघको पहिलो महाधिवेशनको उद्घाटन गर्दै यसको विधिवत स्थापनागर्नु हुने सन्तनेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दछु,’ ढुङ्गानाले भने । नेविसंघका सम्पूर्ण संस्थापकहरुलाई स–सम्मान स्मरण गर्दै नेवि संघका स्थापनाकालदेखि आजसम्म संघको विभिन्नतहको नेतृत्वपंक्तिमा रहेर कार्य गर्ने र अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन साथदिने सम्पूर्ण व्यक्तित्वहरुलाई अध्यक्ष ढुङ्गानाले स्मरण गरेका छन् । ‘आज हामीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा सिंगो विश्व कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रान्त छ, यसबाट लाखौँ संक्रमित भएका छन्, मृतकहरु प्नि दिनानुदिन बढी रहेका छन्,’ अध्यक्ष ढुंगानाले भने । संकटको घडीमा सिंगो राष्ट्र एकजुट भइमहामारीको सामनागर्न आह्वान गर्दै ढुङ्गानाले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथ लिई अघि बढ्न सरकारसँग आग्रह गरेका छन् । लोकतान्त्रिक मूल्य र मान्यताका सवालमा कहिल्यै कसैसँग नझुक्ने तथा विद्यार्थी हकहितका सवालमा सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्ने नेविसंघको क्रान्तिकारी छविलाई अझ उच्च बनाउन आ–आफ्नो ठाउँबाट थप योगदान दिन नेविसंघको कार्यकर्ता पङ्क्तिलाई अपील गरेका छन् । ‘नेविसंघलाई अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी वर्तमान सयमका हरेक चुनौतीहरुको सामना गर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोशाको केन्द्रका रुपमा नेवि संघलाई स्थापित गर्न सबै साथहरुको हातेमालो आवश्यक छ, त्यसकारण यस सामूहिक प्रयत्नमा जुट्न सबै साथीहरुलाई आह्वान गर्दछुु,’ ढुङ्गानाले भने ।
निओस्फेयरले विद्यार्थीहरुलाई निःशुल्क अनलाईन ट्रेनिङ्ग दिँदै, सहभागी हुन के गर्ने ?
काठमाडौं । निओस्फेयरले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग कक्षाहरु सञ्चालन गर्दैछ । उक्त ट्रेनिङ्ग सबै उमेर समूहका विद्यार्थीलाई हुने गरी प्रोग्रामिङ्ग र ग्राफिस डिजाइनिङ्गमा केन्द्रित भएर दिइने छ । निओस्फेयरका अनुसार उक्त कक्षाहरुमा १००० विद्यार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध गराइनेछ । अहिलेको परिस्थितिमा विद्यार्थीहरुको पढाई निकै प्रभावित भएको देखिन्छ र यसै समयको सदुपयोग गरी भविष्यका लागि तयार हुनको निमित्त नेओस्फेयरले उक्त कक्षा सञ्चालन गर्न लागेको हो । इच्छुक विद्यार्थीहरुले निओस्फेयरको वेवसाइट www.neosphere.com.np मा गएर रजिष्ट्रर गर्न सक्नेछन् । शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पुर्याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित निओस्फेयरले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आई.टि. सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरु उपलब्ध गराउँदै आएको छ । विश्वभर फैलिएको कोभिड-१९ का कारण अहिले देशभर लकडाउनको अवस्था छ र अहिलेको यस परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि हामी सबै घर बस्न बाध्य भएका छौं ।
डेनमार्कमा एक महिनादेखि बन्द विद्यालयहरु खुल्न थाले
कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । कोविड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए । तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् । अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको छ । सबै विद्यालय अप्रिल २० तारिखसम्ममा खुलिसक्ने अपेक्षा गरिएको छ । रासस–एएफपी