अल्फा बिटाले अनलाइनबाटै शुरू गर्याे ब्रिजकोर्स कक्षा

काठमाडाैं । अल्फा बिटाले कक्षा १० सकेर बसेका विद्यार्थीहरुलाई यस वर्षको ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट शुरु गरेको छ । उनीहरूलाई यो लकडाउनको समय सदुपयोग गराउने तथा सैन्ट जेभियर्स, बुढानिलकण्ठ, यस्. ओ. यस्. जस्ता कलेजहरुको इन्ट्रान्स इक्जामको तयारी गराउनका निम्ती उक्त कक्षा शुरु गरेको हाे । ‘लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको इन्ट्रान्स एक्जाममा अब्बल नतिजा ल्याउन सक्ने, आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सीईओ द्विराज शर्मा भन्छन् । त्यसै खेर जाने समयको सही सदुपयोग गर्न ब्रिजकोर्स  शुरू गरिएकाे उनी बताउँछन् । एसइई दिएका विद्यार्थीका लागि कक्षा १० र ११ को कोर्ष र समयको ग्यापलाई जोड्ने उपयुक्त समय हो । नेपालमा पहिलोपटक ब्रिजकोर्स सुरु गरेको अल्फा बिटाले यस वर्ष पनि विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ । अल्फा बिटाले उपलब्ध गराउने ब्रिजकोर्समा कोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुचि र क्षमता बुझेर कक्षा-११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाब समेत दिने गरेको छ । एकाएक विश्व समुदायमा फैलिएको कोभिड-१९ का कारण सन्सारभरि अहिले अनलाईन शिक्षा को माग बढिरहेको परिस्थिती मा अल्फा बिटा ले पनी आफ्ना सम्पूर्ण कक्षाहरु आईएलटीएस, पीटीई ए, जीआरई, स्याट तथा ब्रिज कोर्स पूर्ण रूपमा अनलाईन माध्यमद्वारा सन्चालन गरिरहेको छ । विद्यार्थीहरुले ईसेवा जस्ता अनलाईन पेमेन्ट गेटवेबाट भर्ना शुल्क तिरेर सजिलैसँग आफ्नो रोजाईका कक्षाहरु शुरु गर्न सक्नेछन् । अहिले अल्फा बिटामा अनलाईन एसटी जेभियर इन्ट्रान्स प्रिपेरेसन कोर्श गरिरहेका ईपीएस स्कुल मिनभवनका विद्यार्थी नुग मानन्धर भन्छन्- ‘अनलाईन कक्षा भन्दा सुरुमा कस्तो हुन्छ होला भनेर अलि चिन्तित थिए तर डे वान देखी नै क्लासरुममै मै बसेर पढेको अनुभब भयो । त्यस्तै, दमक मै बसेर अल्फा बिटाको अनलाईन ब्रिजकोर्स पढ्दै गरेका सुर्यदय ईग्लिश स्कुल झापाका आदित्य आचार्य भन्छन्- ‘अल्फा बिटाले हामी उपत्यका बाहिरका विद्यार्थीलाई त कूरियर गरेर किताब पनि पठाइदिने रहेछ, थाहा पाउना साथ ईसेवाको माध्यमबाट भर्ना गरेर कक्षा शुरु गरिहाँले ।’

अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने

काठमाडाैं । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा आगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ । अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ । कोरोना भाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन् । यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने स्पष्ट छैन । नेपाली विद्यार्थी कति ? अमेरिकामा सन् २०१९ मा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको र त्यहाँ रहेका कुल विदेशी विद्यार्थीहरूको सङ्ख्याको आधारमा नेपाल बाह्रौँ स्थानमा छ । प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने र पूरा शुल्क तिर्ने हुँदा ती विश्वविद्यालयको महत्त्वपूर्ण आर्थिक स्रोत हुन् । हार्भर्डले नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरू अनलाइन गर्ने बताएको छ । आईसीईको स्ट्यूडन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्र्यामले यो वर्ष सेप्टेम्बरसम्म सबै कक्षा अनलाइन भए पनि विदेशी विद्यार्थीहरूलाई आवासीय अनुमति कायम राखेको छ । को प्रभावित हुन्छन् ? सोमवारको घोषणामा भने सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूलाई अध्यागमन नियमानुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गरिने बताइएको छ । यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए । आईसीईको उक्त निर्णयको धेरैतिरबाट आलोचना भएको छ । (बीबीसीबाट)

उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ प्रारुप जारी

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७‘ स्वीकृत गरी विश्वविद्यद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको छ । उक्त प्रारुपले विश्वविद्यालय तह उच्चशिक्षाका संस्थाहरुका पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कका सम्बन्धमा वैकल्पिक पद्धतिको प्रबन्ध गरेको छ । मन्त्रालयले हालसम्म केन्द्रस्तरमा हुँदै आएको कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय पनि गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुरन केसीले जानकारी दिए । यही असार १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो निर्णय भएको र कार्यान्वयनका लागि सम्बद्ध निकायलाई आग्रह गरिएको छ । कक्षा १२ को बाह्य परीक्षा केन्द्रीय तहमा राष्ट्रिय परीक्षा बोर्डबाट हुने कानुनी व्यवस्था भए पनि हाल पाठ्यक्रममा समयमा परिवर्तन नहुँदा कक्षा ११ को पनि केन्द्रस्तरमै हुँदै आएको छ । कोरोना महामारी र बन्दाबन्दीलाई ध्यानमा राखेर मन्त्रालयले सो निर्णय गरेको हो । यसअघि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को एसईई परीक्षा विद्यालयले वार्षिक परीक्षाका आधारमा सिफारिस गर्ने निर्णय भइसकेको छ । प्राविधिक तथा व्यावसायिक सिकाइ निरन्तरता सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत सञ्चालनमान रहेका विभिन्न प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा अध्ययनरत विद्यार्थीको पठनपाठनमा आएको अवरोध हटाउँदै वैकल्पिक पद्धतिबाट प्रशिक्षण चलाउन वैकल्पिक पद्धतिबाट प्रक्षिक्षण कार्यविधि, २०७७ पनि कार्यान्वनयमा आएको मन्त्रालयले जनाएको छ ।