सल्यानमा प्रभावकारी बन्दै ‘रेडियो स्कूल’

सल्यान । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण भैरहेको छ । कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् । शारदा नगरपालिका वडा नं. १३ को सिर्जनशिल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताए । उनले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताए । छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हाँसिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताए । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उनले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताए । रेडियो स्कूल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उनको भनाई छ । रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिए । उनले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको बिकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताए । रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रममा जिल्लाका बिभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको बताए । रासस

डा‍. दिव्यासिंह शाह डिन नियुक्तपछि अनेरास्ववियूले लगायो आइओएममा ताला

काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मातालबन्दी गरेको छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले डा‍. दिव्यासिंह शाह बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा‍. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको  बताएका छन् । अनेरास्ववियूले बिहिबार एक विज्ञप्ती जारी गर्दै डा सिंहकाे नियुक्ति सच्च्याउन माथ‍ग गरेका छन् । उनी बुधबार साँझ आइओएमकाे डीनमा नियुक्त भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो। उनी सिफारिसमा दुई नम्बरमा परेकी थिइन्।      

त्रिवि आइओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त

काठमाडाैं । आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकाे रुपमा रहेकाे आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी हुन्  । त्रिवि कार्यकारी परिषदको आज बसेको सर्च कमिटी बैठकले प्रा.डा शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक साथसाथै त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् प्राडा शाह ।