एसइई परीक्षाबारे चाँडै निर्णय हुने
काठमाडौं । कोरोना महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचा चाडैँ टुङगो लाग्ने भएकोे छ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एसइईको ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताएका हुन् । गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा सञ्जय शर्मालगायतले स्वागत गरेका थिए ।
प्याब्सनले स्थापना गर्यो कोभिड राहत कोष, समस्यामा परेका शिक्षक एवंम विद्यार्थीलाई सहयोग गर्ने
काठमाडौं । निजी लगानीका विद्यालयहरुको छाता संगठन प्याब्सनले राहत कोष स्थापन गरेकाे छ । कोभिड–१९ का कारण विद्यालयहरुका सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा आमजनसमुदायलाई सहयोग तथा राहत पुर्याउने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यसमितिले राहत कोष स्थापना गरेको हो । कोष स्थापनाका लागि आवश्यक कार्यसम्पादनका लागि विभिन उपसमिति गठन गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।उनकै संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ । यस्तैगरी, केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष डीके ढुँगानाको संयोजकत्वमा समन्वय तथा सहायता उपसमिति, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको संयोजकत्वमा आर्थिक स्रोत पहिचान तथा संकलन उपसमिति, केन्द्रीय महासचिव कुमार घिमिरेको संयोजकत्वमा विवरण संकलन, सूचना तथा संचार लगायतका उपसमितिहरु गठन गरी गरिएको छ । प्याब्सनले केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय पालिकातहसम्मका सदस्य विद्यालयहरुको सहयोग तथा सक्रियतामा तत्काल कार्य प्रारम्भ गर्ने जनाएको छ । कोभिड–१९ राहत प्रयास अन्तर्गत सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजन सहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावक एवं आमनागरिकमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु सुरु हुने अध्यक्ष पुरीले जानकारी दिए ।
एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ । बाेर्डका प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले यस्ताे अवस्थामा परीक्षा गराउन सम्भव नभएकाेले परीक्षा स्थगित गरिएकाे जानकारी दिए । उनले यस विषयमा थप बैठकहरु बसिरहेकाे पनि बताए । बाेर्डले जेठ १३ गतेदेखि एसईई र जेठ २६ बाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तालिका निकालेकाे थियो ।