महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब बजेट

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

आगामी २ वर्षमा सबै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी २ वर्षमा सबै सामुदायिक विद्यालयमा नि:शुल्क ब्राेडब्याण्ड इन्टरनेट जडान गरिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पाैडेलले यस अन्तर्गत १ वर्षभित्र ६० प्रतिशतमा यसकाे पहुँच पुराउने बताएका हुन् ।