एसईईको नतिजाले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउनसक्छ: राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । एसईईको नतिजापश्चात् आइतबार अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताएका हुन् । उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए । विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनले बताए । ‘यो किसिमको निर्णय पोल्टिकल लिडरशीपले गर्ने हो भने, निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ, तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भनेजसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढेपनि पास र नपढेपनि पास गर्दै उ हाईस्कूलसम्म पुग्छ,’ उनले भने । उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए ।
परीक्षा हुनुभन्दा पन्ध्र दिन अघि कक्षा १२ को नयाँ तालिका सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै शनिबार स्थगित परीक्षाको दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको सुझाव अनुसार बोर्डले शनिबार कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
त्रिवि लगायतका परीक्षा बारे साँझसम्म निर्णय हुने
काठमाडौं । त्रिभुवन विश्वाविद्यालयको संचालन भइरहेको स्नातक र स्नातककोत्तरको परीक्षा बारे साँझसम्म निर्णय हुने भएको छ । विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा नियन्त्रक घनश्याम ठाकुरले त्रिवि लगायत सबै परीक्षा बारे साँझसम्म निर्णय हुने विकासन्युजलाई जानकारी दिए । ठाकुरको अनुसार दिउँसो सबै परीक्षा बारे निर्णय गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । ‘हाम्रो बिहानको परीक्षा भइसकेको छ । अब भोलीबाट के हुने बारे बैठक बस्दैछ । त्यसअनसार नै हामी निर्णय गर्छौं,’ उनले भने । शनिबार राष्ट्रिय परीक्षा बाेर्डले स्वास्थ्य मन्त्रालय र सीसीएमसीकाे निर्देशन अनुसार कक्षा १२ काे साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने भनिएकाे परीक्षा स्थगित गरिसकेकाे छ ।