अन्तर्राष्ट्रिय अभ्यासबाट नेपालले सिक्नुपर्ने ‘नियो बैंक’को पाठ
पूर्ण डिजिटल रूपमा कारोबार गर्ने गरी नेपाल सरकारले नियो बैंकको अवधारणा अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यसका साथै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिने र डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नियो बैंकलाई फिनटेक वा च्यालेन्जर बैंक पनि भनिन्छ । तर, नियो बैंक कस्तो संरचनामा सञ्चालन गर्ने, यसको व्यवस्थापक र सेयर संरचना कस्तो हुने भन्नेबारे सरकारले कानुन बनाएको छैन । नेपालमा यो बैंक सञ्चालनका लागि विशेष किसिमको अध्ययन चाहिन्छ । देशको अर्थतन्त्र, अहिले सञ्चालनमा भएका बैंक तथा वित्तीय संस्थाको कारोबार, डिजिटल अर्थतन्त्रको प्रयोग र यसले पार्ने प्रभावका विषयमा गहन अध्ययन चाहिन्छ । लाइसेन्स बाँड्ने तरिकाले परम्परागत शैलीमा नियो बैंकको परिकल्पना गर्नु हुँदैन । नियो बैंक हाम्रो मुलुकले धान्न सक्छ कि सकिँदैन भनेर हेर्न आवश्यक छ । नियो बैंक सञ्चालनका लागि आईटी क्षेत्रका दक्ष कर्मचारी आवश्यकता पर्छ । बढ्दै गएको साइबर सेक्युरिटिजका कुराहरूलाई पनि हेर्नुपर्ने हुन्छ । समयअनुसार परिवर्तन हुनु त ठीक हो । तर, अहिलेकै बैंकहरू पनि डिजिटल रूपमा अगाडि बढिरहेका छन् । विश्वमा नियो बैंकको अवधारणा अलिक अगाडिदेखि नै सुरु भइसकेको हो । २००८ को वित्तीय संकटपछि परम्परागत बैंकहरू विलय हुँदै गए । त्यसपछि २००९ मा बैंकिङ क्षेत्रप्रति विश्वास जगाउन नयाँ प्रविधिको विकाससँगै नियो बैंकको अवधारणा आएको थियो । २००९ मा जर्मनीमा स्थापना भएको पहिलो नियो बैंकको नाम फिडोर थियो । नियो बैंकको अवधारणा युरोप र अमेरिकामा धेरै नै प्रचलित छ । अहिले भारतमा पनि विकास भएको छ । विश्वभर फैलिएको कोभिडपछि नियो बैंकको अवधारणा विश्वभर नै प्रचलित भएर गयो । नियो बैंकले मोबाइल एप वा वेब बैंकिङमार्फत पूर्णरूपमा डिजिटल ढाँचामा वित्तीय सेवाहरू प्रदान गर्दछ । निक्षेप संकलनदेखि कर्जा दिनेसम्मका सम्पूर्ण काम अनलाइन प्रणालीबाट सहज रूपमा हुने गर्छ । अहिले कुनै बैंकको शाखा कार्यालयमा धाएर ऋणका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने बाध्यता हुँदैन । नेपालमा विकसित घटनाक्रम विश्वव्यापी बदलिँदो समयसँगै प्रविधिको प्रयोग गर्ने युवापुस्ता बढिरहेका छन् । यसैलाई ध्यानमा राखेर सरकारले नियो बैंकको अवधारणा ल्याएको हुन सक्छ । यसअघि डिजिटल बैंक भनेर बजेटमा पटक-पटक समावेश गरिएको थियो । यो वर्ष त नियो बैंक उल्लेख गरेरै प्रस्ताव आएको छ । यो एक किसिमको डिजिटल बैंक नै हो । यस्तो किसिमको बैंक स्थापना गर्दा नेपालमा डिजिटल अर्थतन्त्रको पनि सुरुवात हुन्छ । नेपाल राष्ट्र बैंकले पनि बजेटको कुरालाई कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा पनि नियो बैंकलाई समेटेको छ । मौद्रिक नीति र बजेटमा राख्ने बित्तिकै काम सुरु हुनेछैन । यसका लागि आवश्यक कानुन चाहिन्छ । अहिलेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ (बाफिया) लाई पनि संशोधन गर्नुपर्छ । नयाँ प्रविधिसहितको पूर्ण डिजिटल बैंक ल्याउने भन्दै गर्दा अहिलेको व्यावहारिक पाटो पनि हेर्नुपर्ने हुन्छ । नियो बैंकको पूर्वाधारका लागि प्रविधिमा ठूलो खर्च गर्नुपर्छ । सफ्टवेयरदेखि प्रणाली विकासका लागि लगानी आवश्यक पर्छ । नियो बैंक सञ्चालन गर्दा बैंकले दिने सेवाबाट कति कमाइ गर्यो, फाइदा छ वा घाटा भन्ने महत्वपूर्ण विषयहरू हेर्नुपर्छ । यो बैंक टिक्न कत्तिको सक्छ र स्थायित्व प्राप्त हुन्छ भनेर विश्वव्यापी रूपमा हेर्नुपर्ने हुन्छ । नियो बैंकमा खाता खोल्नुपर्यो भने भौतिक उपस्थिति आवश्यक पर्दैन । ग्राहक पहिचान (केवाईसी) देखि सबै भिडियोमार्फत नै हुन्छ । खाता खोल्नेदेखि ऋण लिनेसम्म पूरै डिजिटल रूपमा हुन्छ । तर, यस्तो प्रविधि बनाउन ठूलो लगानीको आवश्यकता पर्छ । अहिले सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले डिजिटल रूपमा काम गरिरहेका छन् । ग्राहकहरू बैंकमै नआईकन डिजिटल रूपमा काम गर्न सक्ने अवस्था विस्तारै विकास भइरहेको छ । यसलाई नजरअन्दाज गर्नुहुँदैन । अहिलेको अभ्यास र नियो बैंक हुँदा फरक आज बैंकिङ क्षेत्र जुन प्रविधिलाई आत्मसात गरेर अगाडि बढिरहेका छन्, त्यसलाई हेर्दा नियो बैंकको अवधारणालाई पनि आत्मसात गर्नुपर्छ । नियो बैंक आउँदै गर्दा अहिलेकै बैंकसँग लिंक भएर काम गर्ने हो भने त्यति आवश्यक छैन । अहिले चलिरहेका बैंकहरू पनि भुक्तानी प्रणालीसँग एकदमै राम्रोसँग ‘इन्टिग्रेट’ भएर काम गरिरहेका छन् । ऋण प्रक्रिया सुरु गर्दा नै अहिलेका बैंकहरूले अनलाइनबाट प्रक्रिया पुर्याउनेलाई निश्चित रकम उपलब्ध गराउने गरेका छन् । जस्तो नबिल बैंकले पनि डिजी बैंक भनेर छुट्टै पोर्टलमार्फत डिजिटल सेवा दिइरहेको छ । नबिलले डिजी बैंकमार्फत सबै काम गरिरहेको छ । ग्राहक बैंकमा आइराख्नु पर्दैन । एक लेभलको कारोबार अनलाइनबाटै भइरहेको छ । नियो बैंक नै नभए पनि अनलाइनबाट दिने सेवा दिने काम अहिलेका बैंकमार्फत भइरहेका छ । बैंकिङ क्षेत्रको विकासमा नेपाल एउटा चरणमा पुगेको छ, त्यसमा गर्व गर्नुपर्छ । अहिले सबै बैंकहरू डिजिटल रूपमै अगाडि बढिराखेका छन् । नियो बैंक भनेर खोल्दा अर्थतन्त्रलाई पनि विचार गर्नुपर्छ । नेपाली अर्थतन्त्रको आकार बढेको छैन, त्यसैले नयाँ आउने नियो बैंक दिगो नहुन सक्छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) लाई नियो बैंकमा कसरी आत्मसात गर्ने भन्ने विषय जटिल छ । बढ्दो एआईको प्रयोगलाई नसमेट्ने हो भने नियो बैंकको अर्थ रहँदैन । नियो र ओपन बैंकको सम्बन्ध अहिले डिजिटल रूपमा इ-सेवा, खल्ती तथा मोबाइल बैंकिङले कारोबार गरिरहेका छन् । यी नियो बैंक हैनन् । इ-सेवा, खल्तीजस्ता एपहरू डिजिटल वालेट मात्र हुन् । परम्परागत शैलीका बैंकहरूले दिँदै आएका डिजिटल सेवा मोबाइल बैंकिङले पनि वालेटकै काम गरिरहेको छ । यसबाट बैंकमा रहेको पैसा भुक्तानी गर्न सहज बनाएको छ । अहिले भइरहेकै बैंकलाई नियो बैंक बनाउन सक्ने अवस्था पनि छैन । अहिलेका बैंकले कानुनी प्रबन्ध पूरा गरेर निश्चित परिधिसम्म डिजिटल सेवा दिन सक्छन् । निश्चित सीमासम्म बैंकहरूले जोखिम उठाउन सक्छान् । तर, माथिल्लो लेभलमा जोखिम लिन सक्दैनन्/चाहँदैनन् । भोलि अदालतमा मुद्दा पर्दा थेग्न सकिँदैन । पूर्ण डिजिटल कारोबारका लागि कानुनहरू सबैले परिपालना गर्नुपर्छ । नियामकले पनि मान्नुपर्छ । अहिलेको अवस्थामा नियो बैंक कति आवश्यक हो, त्यसको अध्ययन हुनुपर्छ । कुन मोडलमा लाइसेन्स दिइन्छ, कस्तो खालको नियमन गरिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । लगानी कति गर्नुपर्छ, त्यसपछिका व्यावसायिक अवसरहरू कति हुन्छन्, कति अवसरहरू ‘ट्रान्सलेट’ र रूपान्तरण गर्न सकिन्छ भन्ने सबै अध्ययन गर्नुपर्छ । नियो बैंकका ग्राहक युवापुस्ता हुने देखिन्छ । विकसित प्रविधिलाई आत्मसात गर्न सक्ने, त्यसलाई चलाउन सक्ने, बुझ्न सक्ने मान्छेहरू नियो बैंकका ग्राहक हुन्छन् । नियो बैंकले राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने हो कि कुनै एउटा बैंकसँग सहकार्य गरेर काम गर्ने भन्ने स्पष्ट छैन । अहिले सञ्चालित वाणिज्य बैंकहरूले पनि केही हदसम्म नियो बैंककै जस्तो सेवा दिइरहेको छन् । नियो बैंक सञ्चालन गर्न इमेल, इन्टरनेट र विद्युतको आवश्यकता पर्छ । त्यसलाई आवश्यक पर्ने डाटा सेन्टर, ग्राहकको विश्वास बढाउन गर्नुपर्ने काममा पनि ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास नेपालको छिमेकी देश भारतमा एक दर्जनभन्दा बढी नियो बैंक प्रचलनमा छन् । तर, भारतीय रिजर्भ बैंक (आरबीआई)ले पूर्ण रूपमा डिजिटल बैंकहरूलाई अनुमति दिएको छैन । नियो बैंकहरूले लाइसेन्स प्राप्त परम्परागत बैंकहरूसँग सहकार्य गरी भुक्तानी, ऋण र पैसा स्थानान्तणका काम गरिरहेका छन् । भारतमा डिजिटल बैंकका रूपमा फिडोर, जुपिटर, फि मनी, फाम पे, इन्स्टेन्ट पे, राजर पे एक्सलगायत सञ्चालित छन् । नियो बैंकको इजाजतपत्र र नियामकीय ढाँचा लागू गर्ने पहिलो देश पाकिस्तान हो । स्टेट बैंक अफ पाकिस्तान (एनबीपी)ले डिजिटल बैंकहरूको लागि इजाजतपत्र र नियामकीय व्यवस्था गरेको छ । नेपालमा सञ्चालित परम्परागत बैंक तथा वित्तीय संस्था नेपालमा हाल १०७ वटा बैंक वित्तीय संस्था छन् । जसमा वाणिज्य बैंक २० वटा, विकास बैंक १७ वटा, फाइनान्स कम्पनी १७, लघुवित्त ५२ वटा र एउटा पूर्वाधार विकास बैंक छ । यी बैंक तथा वित्तीय संस्थाहरू राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेर सञ्चालित छन् । तर, अब सञ्चालनमा ल्याउने भनिएको नियो बैंक कस्तो हुने भन्ने खाका आएको छैन । के-केमा कसरी लगानी गर्ने ? ऋण कसरी दिने ? स्पष्ट नीति हुनुपर्छ । नत्र नियो बैंक नामको मात्र हुने निश्चित छ । (पौडेल बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष हुन् ।)
सिंहदरबारको सम्मान, बैंकहरुमा चन्दा आतंक
गत पुसमा सरकारले व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशसँगै अन्य २९ कानुन संशोधन गरेको थियो । तत्कालीन सरकारले लगानीको वातावरण सुधार गर्न विभिन्न ऐन कानुनमा संशोधन गरेर वैदेशिक लगानी प्रोत्साहन गरेको थियो । सरकारले ऐन नै संशोधन गरेर विदेशी लगानी प्रोत्साहन गर्दा पनि धेरै देशहरूबाट लगानी भित्र्याउन निकै समस्या भइरहेको छ । चीनलगायतका मुलुकहरू आफ्नो उत्पादनमा दक्ष भएका कारण त्यहाँका उत्पादनहरूले निकै प्रतिस्पर्धी बजार पाइरहेका छन् । जसले गर्दा उनीहरू अन्य मुलुकमा लगानी गर्न चाहिरहेका छैनन् । अर्कोतिर नेपालजस्ता ‘नन–कोस्टल’ एरियामा भएको लगानी भित्र्याउन विविध किसिमका चुनौतीहरू छन् । नेपालले विदेशी लगानी भित्र्याउनु चुनौतीपूर्ण काम हो । विगतदेखि नेपालले विदेशी लगानी भित्र्याउन चाहँदा पनि विदेशी लगानी भित्रिन सकिरहेको छैन । वैदेशिक लगानीका लागी धेरै समस्या झेल्नुपरेका कारण हामीले आफ्नो देशका लागि चाहिने वस्तुहरूको केही हिस्सा आफ्नै देशमा उत्पादन गर्ने गरी अघि बढ्नुपर्ने देखिन्छ । यसका लागि सरोकारवालाहरू सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । नेपालले ऊर्जा क्षेत्रमा जसरी काम गरिरहेको छ, त्यसरी नै अन्य क्षेत्रमा पनि काम गर्नुपर्ने आवश्यकता छ । आफ्नो देशलाई चाहिने वस्तुको केही हिस्सा यहीँ उत्पादन गर्ने नीतिमा लाग्नुपर्छ । विभिन्न कारणले सम्भावना भएका क्षेत्रहरूमा पनि काम गर्न सकिएको छैन । अहिले नेपाल आर्थिक अभावमा छैन । तर, केही राजनीतिक र नीतिगत पहलहरू भने अहिलेको अवस्थामा अत्यावश्यक छ । समग्रमा लगानी भित्र्याउन नेपालमा चुनौती नै छ । यो समयमा नेपाल राष्ट्र बैंकले पनि लगानी भित्र्याउनका लागि लगानीका क्षेत्रहरू पहिचान गरेर सहजीकरण गरिदिने काम गर्दै आइरहेको छ । यता लगानी बोर्ड नेपालले पनि लगानीका क्षेत्रहरू पहिचान गराउन काम गरिरहेको छ । लगानी बोर्डसँगै अन्य निकायहरूले पनि लगानीको क्षेत्र पहिचान गराउने काम गरिरहेका छन् । तर, यसको नतिजा आउन भने केही समय लाग्ने नै छ । पछिल्लो बजारको अवस्थालाई नियाल्ने हो भने ऊर्जा क्षेत्र केही उत्साहित देखिएको छ । अरु क्षेत्रहरूमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नै बढी छ । उपभोग हुने चिजबाहेक अरुको लागि लगानी ल्याउन मुस्किलै छ भन्ने बुझाइ रहिआएको छ । मुलुकभित्र देशकै उद्यमीहरूलाई अलिकति उत्साहित बनाइराख्नुपर्छ । प्रविधि भित्र्याउँदै उनीहरूले लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । मुलुकै उद्यमीहरूले पनि बैंकमा पैसा राखेर बस्नुपर्ने बाध्यता छ, यस्तो परवेशबाट बाहिर निस्किन उद्योगीहरूलाई आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा मुलुकभित्रकै लगानीकर्ताले लगानी गरेर अन्तर्राष्ट्रिय लगानी भित्र्याउने गरी लगानीकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । यस्तै, लगानीको वातावरण सिर्जना गर्नकै निमित्त लगानी सम्मेलनको समयमा हामीले झण्डै आधा दर्जनभन्दा बढी ऐनहरू संशोधन ग¥यौँ । त्यसपछि नीतिगत रूपमा सहजीकरण भएको छ । तर, हामीले अन्तर्राष्ट्रियस्तरमा यस नीतिलाई प्रचार गर्न भने सकिएको छैन । यता कर्मचारीलाई नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिन सकिरहेको अवस्था नहुँदा पनि केही चुनौती सिर्जना भएको छ । लगानिकर्ताको लगानी सुरक्षाका लागि राष्ट्र बैंकले विदेशी लगानीकर्ताले कमाएको सम्पत्ति विदेश लैजान सक्ने वातावरण सिर्जना गरिसकेको छ । विदेशी लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल (रिटर्न) विदेश लैजान सक्ने स्थिति छ । यसमा कुनै समस्या छैन । आवश्यक सबै कागजात पेस गर्नेहरूलाई रिटर्न लैजान रोकेको स्थिति छैन । हामीसँग पर्याप्त विदेशी मुद्रा भएका कारण पनि विदेशी लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था छैन । साथै, हामीले नीतिगत रूपमा सरकारले गर्ने कुराहरूमा सहजीकरण गर्दै आइरहेका छौँ । जेनजी आन्दोनमा बैंक तथा वित्तीय संस्थामाथि एक किसिमले आक्रमण भयो । अहिले पुनः बैंक तथा वित्तीय संस्थामा चन्दा संकलनका विषय बाहिरिएका छन् । यस्ता किसिमका क्रियाकलापहरू सबै आर्थिक अपराधमा पर्छन् । यस्ता अपराधमा संलग्न हुुने जो कोही व्यक्तिहरू कानुनी दायरामा आउँछन् । यसैबीच, गत भदौ २३/२४ गते भएको जेनजी आन्दोलनका कारण पनि केही विदेशी लगानीकर्ता हतोत्साहित हुनेजस्तो देखिन्छ । जेनजी आन्दोलनमा बैंक तथा वित्तीय संस्थाको विभिन्न शाखाहरूले केही क्षति भोगेका छन् । राष्ट्र बैंकले आफ्नो सुरक्षाका लागि नेपाली सेनासँग समन्वय गरिराखेका हुँदा सुरक्षित नै छ । जेनजी आन्दोलनमा पनि राष्ट्र बैंकका मुख्य कार्यालयहरूमा कुनै पनि प्रभाव परेको थिएन । राष्ट्र बैंकको सुरक्षा घेराबाहिरको एउटा कार्यालयमा मात्रै केही नोक्सानी भएको छ । आन्दोलनहरूबाट राष्ट्र बैंकमा हिंसा हुन्छ भन्ने आशंका पनि छैन र पूर्ण रूपमा सुरक्षित छ । राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि राष्ट्र बैंकले गृह मन्त्रालय र नेपाली सेनालगायत सम्बन्धित निकायहरूसँग समन्वय गर्ने गरेको छ । वित्तीय प्रणाली भनेको मुलुकको मुटु भएका कारण पनि यस क्षेत्रलाई आक्रमण गरेर कसैलाई फाइदा छैन । यस्तै, बैंकहरूको एटीएम बुथहरूमा क्षति पु¥याए पनि पैसा लैजान सक्ने स्थिति छैन । त्यसैले बैंकहरूमा आक्रमण गर्नु भनेको अपराध मात्रै हो भनेर सर्वसाधारणले बुझ्न जरुरी छ । जेनजी आन्दोनमा बैंक तथा वित्तीय संस्थामाथि एक किसिमले आक्रमण भयो । अहिले पुनः बैंक तथा वित्तीय संस्थामा चन्दा संकलनका विषय बाहिरिएका छन् । यस्ता किसिमका क्रियाकलापहरू सबै आर्थिक अपराधमा पर्छन् । यस्ता अपराधमा संलग्न हुुने जो कोही व्यक्तिहरू कानुनी दायरामा आउँछन् । बैंकहरूको अबको बाटो यतिबेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा छ । बैंकिङ प्रणालीमा इतिहासकै सबैभन्दा बढी तरलता छ । कर्जा प्रवाह हुन नसकेका कारण बैंकहरू पर्याप्त तरलता बोकेर बस्न बाध्य छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कृषिलगायतका विभिन्न क्षेत्रमा रहेको प्रोडक्टहरू अपर्याप्ततालाई सम्बोधन गर्ने गरी अघि बढिरहेको छ । प्रोडक्टहरूको पर्याप्ततालाई नियाल्न राष्ट्र बैंक बैंकहरूसँग सहकार्य गरिरहेको छ । राष्ट्र बैंकका कर्मचारीहरू वा म स्वयंले पनि प्रत्यक्ष रुपमा बैंकका प्रोडक्टबारे जानकारी लिइरहेका छौँ । राष्ट्र बैंकले नयाँ–नयाँ नीतिहरू ल्याएजसरी बैंकहरूले पनि नयाँ नयाँ प्रोडक्टहरू ल्याउनुपर्छ । नीति र नयाँ प्रोडक्टहरूमा बैंकहरू अलि आक्रामक हुनुपर्नेछ । बैंकहरू बढी इन्नोभेटिभ, सिर्जनशील भएर अघि बढ्नुपर्छ । अहिलेको समयमा बैंकहरूले लगानी गर्न सक्ने विभिन्न नयाँ क्षेत्रहरू आएका छन् । उदाहरणका लागि, आईटी क्षेत्रलाई लिन सकिन्छ । विगतदेखि लगानी गर्दै आइरहेको कृषि क्षेत्रमा नै पनि गएको ऋणको सही अनुगमन र निरीक्षण गरेर नयाँ तरिकाले कर्जा विस्तार गर्न सकिन्छ । सरकारको वित्त नीतिले कुनै कुनै क्षेत्रमा लगानी जान नदिने गरी रोकिएको परिस्थितिलाई खुला गरी खर्च गर्नलाई नयाँ क्षेत्रहरू पहिल्याउनु पर्छ । सरकारले खर्च गर्न नयाँ क्षेत्र पहिल्याउन ढिलाइ गर्ने र बैंकहरू पनि ‘इनोभेटिभ’ नबन्ने हो भने बैंकिङ क्षेत्रमा बढिरहेको तरलता लगातार रुपमा बढ्नेछ । सिंहदरबारको शक्तिलाई सम्मान गरेर राष्ट्र बैंक अघि बढ्छ । सरकारको आर्थिक नीतिहरूलाई सफल बनाउने काम राष्ट्र बैंकको हुन्छ । सिंहदरबार भनेको वैधानिक सरकारको ठाउँ हो । अहिले लगानीको ढाँचा नै परिवर्तन गर्ने विषय पनि उठिरहेको छ । लगानीको ढाँचा परिवर्तनमा संसारभरि नै म्यानुफ्याक्चरिङ समस्यामा छन् । चीनको पनि म्यानुफ्याक्चरिङ अधिक भएको हुनाले त्यस्तो स्थिति देखिन्छ । अर्को आर्टिफिसियल इन्टेलिजेन्सदेखि रोबोटजस्ता प्रविधिका कारण केही देशहरूको इफिसियन्सी एकदमै धेरै, अरु देशहरू भेट्टाउन गाह्रो हुने, मूल्य प्रतिस्पर्धाहरूमा पछाडि पर्ने गरेको पाइन्छ । अहिले इफिसियन्सी राम्रो भएको देशहरूले भने घाटामै बेचेर भए पनि बजार सुरक्षित गर्न सक्ने स्थिति छ । अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि हामी अलि सावधान भएर अघि बढ्नुपर्ने आवश्यकता छ । यस्तो परिवेशमा लगानीहरू आउन केही चुनौती सिर्जना भएको विषयलाई हामीले पनि बुझ्नुपर्ने हुन्छ । अर्कोतिर ऊर्जा, सूचना प्रविधि क्षेत्रहरूअन्तर्गत लगानी बढ्नुपर्ने स्थिति छ । त्यसबाहेक मुलुकभित्र आधुनिकीकरण गर्नुपर्ने धेरै क्षेत्रहरू बाँकी छन् । त्यसको लागि सडक, स्वास्थ्य, शिक्षा, ग्रोसरी स्टोर, चलचित्र हल, स्टेडियम, स्पोट्र्स क्लबहरूमा लगानीहरू बढाउनुपर्ने बेला छ । लगानी गर्ने धेरै ठाउँहरू छन् । त्यसैले लगानीको पद्धति समयसँगै केही परिवर्तन हुन स्वाभाविक नै छ । लगानीको ढाँचा बदलिँदो अवस्थामा रहेको समयमा राष्ट्र बैंकले निर्देशित कर्जाहरू जारी गरिरहेको छ । यतिबेला सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये धेरै सम्पत्तिको आधारमा ठूला बनेका १० वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’को काम भइरहेको छ । यी १० वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण छिट्टै सक्ने तयारीमा छौँ । अहिलेसम्मको स्थितिलाई हेर्दा सीमान्तकृत (मार्जिनल्ली) केही हेरफेर हुनसक्ने देखिएको छ । धेरै नै फरक आयो भने राष्ट्र बैंकले अन्य बैंकहरूको पनि यस प्रक्रियाबाट लेखापरीक्षण (अडिट) गर्नेछ । राष्ट्र बैंक र अन्तर्राष्ट्रिय लेखापरीक्षणमा धेरै अन्तर आउने देखिएन भने सामान्य रुपमा अघि बढ्छौँ । मौद्रिक नीतिको सीमित भूमिका हुन्छ । जसमा बैंकहरूमा अत्यधिक तरलता रहँदा कर्जाहरू सकेसम्म धेरै लगानी भएर मुलुकको समग्र आर्थिक नीति सफल होस् भन्नेमा राष्ट्र बैंक अघि बढ्छ । त्यो सिंहदरबारको शक्ति हो । सिंहदरबारको शक्तिलाई सम्मान गरेर राष्ट्र बैंक अघि बढ्छ । सरकारको आर्थिक नीतिहरूलाई सफल बनाउने काम राष्ट्र बैंकको हुन्छ । सिंहदरबार भनेको वैधानिक सरकारको ठाउँ हो । राष्ट्र बैंकले मुलुकको वित्तीय क्षेत्रको स्थिरता, स्थायित्वलाई ध्यान दिएर काम गरिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थिति हेरेर, मुलुकको तरलताको अवस्था हेरेर राम्रो आकलन गरेर कहिले कसलाई, कहिले कसलाई सहुलियत (इन्सेन्टिभ) दिने, क्षेत्रहरू तय गर्ने, कहिले कुन क्षेत्र, कहिले अर्को कुनै क्षेत्रलाई इन्सेन्टिभ दिने भन्ने निर्धारण गर्छौँ । राष्ट्र बैंकले सरकारले ल्याएको आर्थिक नीतिहरूलाई सफल बनाउने गरी काम गर्छ । राष्ट्र बैंकको दायित्व पनि वित्त नीतिलाई सफल पार्नु हो । (पौडेल नेपाल राष्ट्र बैंकका गभर्नर हुन्, नाफिज जर्नल अर्थचित्रबाट))
अमेरिका : त्यसैले त सपनाको देश !
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूपमा कोभिड–१९ फैलियो । जसले गर्दा २०२० को जुनमा अमेरिका उड्ने मेरो योजना स्थगित भयो । सन् २०२१ मा उक्त कार्यक्रम भर्चुअल सहभागितामै सकियो । तर, विस्तारै कोभिड महामारी नियन्त्रणमा आयो अनि त्यो अवसर मेरो सामुन्ने फेरि आइपुग्यो । अन्ततः मैले सन् २०२२ को नोभेम्बरमा अमेरिकाको राजधानी वासिङ्टनडीसी ओर्लिने शौभाग्य पाएँ । सपना देख्ने धेरैका आँखामा बसेको मुलुक मानिन्छ अमेरिका । संसारभरका मानिसहरूका लागि एकपल्ट पुग्नै पर्ने सपनाको देश लाग्छ । त्यहाँ त्यस्तो के होला त ? यो प्रश्न मेरो मनमा पनि थियो । म करिब ५ साताको यात्रामा अमेरिकी सरकारको निम्तोमा त्यता निस्किएको थिएँ । कौतुहल नयनका साथ मैले अमेरिकी माटोमा पाइला टेकेको थिएँ । विश्वभरका युवाहरुका लागि सञ्चालित ‘इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम’ ले यस्तो अवसर जुराइदिएको थियो । झण्डै ८५ वर्षदेखि नियमित रूपमा सञ्चालित यो कार्यक्रममा विभिन्न पेशा र क्षेत्रका युवाहरूलाई विश्वभरबाट सामेल गरिन्छ । यो कार्यक्रममा अमेरिकाको ऐतिहासिक पृष्ठभूमि, विकास र सभ्यता बारे बुझाउने गरिन्छ । यसका साथै विभिन्न राज्यहरूको भ्रमण गराउँदै विषयगत ज्ञान र सीप आदानप्रदान गरिन्छ। म सहभागी कार्यक्रम ‘मिथ्या सूचनाको युगमा मिडियाको जिम्मेवारी’का विषयमा केन्द्रित थियो । यसमा १३ देशबाट १८ जना पत्रकारहरू सहभागी थियौं । कोभिड टेस्टको लय सँगै आईभीएलपीको ज्ञानयात्रा पूरा भएको थियो । तीन सातामा विभिन्न राज्यका ऐतिहासिक स्थलहरुको अवलोकनसँगै विषयगत छलफलहरुमा सरिक हुने मौका मिल्यो । अमेरिकाको स्टेट डिपार्टमेन्ट, जर्ज वासिङ्टन युनिभर्सिटी, इन्भेष्टिगेटिभ जर्नालिष्टहरुको इन्टरनेशनल कन्सोर्टिएम, पार्लियामेन्ट, जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन लगायत संस्था र प्रख्यात वरिष्ठ पत्रकारहरु सँग अन्तर्क्रियाको मौका जुर्यो । यसक्रममा ५० वर्ष पत्रकारितामा बिताएका वरिष्ठ प्रशिक्षक अल टम्किन्ससँग भ्रामक सूचनाबाट बच्न पत्रकारले अपनाउनु पर्ने सावधानीका बारेमा गज्जबको सम्बाद गर्न पाइयो । विश्वप्रख्यात पोइन्टर इन्स्टिीच्युट अफ मेडिया स्टडिजमा उहाँसँग फ्लोरिडाको सेन्ट पिटसबर्गमा यस्तो मौका मिल्यो । समग्रमा आईभीएलपीमा सहभागी पेशागत ज्ञान आर्जनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा रह्यो । टाइमजोन फरक हुने भएकाले ट्रान्जिट समेत झण्डै २४ घण्टाको हवाइ यात्राका क्रममा बाटोभरि अँध्यारो मात्रै पर्नेरहेछ । वबहानपख ओर्लदा डिसी चम्किलो उज्यालोमा आफ्नै गतिमा दौडिरहेको थियो । जहाजले जमिन तिरको उचाइँ घटाउँदै जाँदा वासिङ्टन डुलस इन्टरनेशनल एअरपोर्टबाट अमेरिकाको पहिलो दर्शनमा आसपासको दृष्य हरियाली सहितको योजनाबद्ध भौतिक पूर्वाधार सुसज्जित देखियो । सँगै पढेका साथीभाइ र आफन्तको भरले म कार्यक्रम सुरु हुनु भन्दा झण्डै १० दिन पहिले पुगेको थिएँ भने फर्किँदा पनि करिब एक साता बढ्ता लम्ब्याएको थिएँ । कार्यक्रमका दौरान ४ वटा राज्य घुम्ने मौका मिल्यो भने साथीभाइका कारणले ५ वटा थप राज्य घुम्ने मौका पाएँ । खासगरी अमेरिकाका प्रमुख एक दर्जन जति शहर घुम्ने अवकरिब एक महिना बढीको अमेरिका बसाइँका क्रममा मिल्यो । अलिकति उत्साह, अलिकति अंग्रेजी भाषाको डर अनि अलिकति केही देख्ने सिक्ने रहर बोकेर म अमेरिका पुगेको थिएँ । कतार एअरको सयौं यात्रु बोक्ने बडेमानको वोइङ जहाजमा दोहा हुँदै मेरो रुट थियो । संयोगले तीन सिटे लहरमा म मात्र यात्रु थिएँ । जसका कारण आकाशमा मज्जाले सुतेर यात्रा गर्ने सौभाग्य मिल्यो । यात्राको थकान, निद र बेलाबेला जहाजको टर्बुलेन्सका कारण मन डराइरहेका बेला कतार एअरका परिचारिकाहरू ‘एक्सक्युजअस’ भन्दै खानपिनको सेवा दिइरहन्थे । उनीहरुको ‘हस्पिटालीटी’ तारिफयोग्य लाग्यो । जहाजबाट झर्ने वित्तिकै ‘वाइफाइ कनेक्ट’ गर्न हतारो भयो । दोहाबाट डीसीको झण्डै १४ घण्टाको फ्लाइट थियो । मेरो जिवनको यो पहिलो लामो हवाइ यात्रा पनि थियो । सञ्चार सम्पर्क लामो समयसम्म नहुँदा मन अलि आत्तिने रहेछ । वाइफाइ जोडिने वित्तिकै सहपाठी साथी निदेश अधिकारीसँग कुरा भयो । अर्को साथी बाबुराम खरेलसँग कुरा भयो । दुवैजना मलाई ‘रिसिभ’ गर्न एअरपोर्ट बाहिर पर्खिरहेका थिए । इमिग्रेसनको औपचारिकता पूरा गरेर लगेज बुझेर अमेरिकाको खुला आकाश तर्फ अघि बढें । निदेशसँग बाबुनानी पनि सँगै थिए । बेलुन र बुकी सहित साथीहरुबाट स्वागत पाइयो । एअरपोर्टदेखि नजिकैको भर्जिनियाँस्थित मनासससम्मका लागि हामी गाडीमा चढ्यौं । अमेरिकी भूगोल स्पर्श सहितको पहिलो नजारामा सिनेमाको रीलझैं लाग्ने दृष्य देखिए । भौतिक विकास र मानव जीवनशैली अचम्म लाग्दो गरी समान गतिमा कुदेको अनुभव भयो । जहाँ जाउँ उस्तै । जे सोच्यो त्यही पुगे जस्तो । हरेक व्यक्तिसँग निजी कार सामान्य छ । असाध्यै पूराना र ठूला शहरमा बाहेक अन्यत्र त निजी कार हुनु अनिवार्यजस्तै छ । नत्र त दैनिकी चल्नै मुश्किल हुने रहेछ । उपभोग्य सामान किन्न होस् कि काम गर्न होस् टाढै पुग्नु सामान्य हो । वासिङटन डिसी, न्युयोर्क, बाल्टिमोर, फिलाडेल्फिया, पेन्सिलभेनिया, एटलान्टा, डालस, ह्युस्टन, लसएन्जल्स, सेन्ट पिटसवर्ग, टेम्पा लगायत शहर घुम्ने मौका मिल्यो । अमेरिकामा आधुनिकता र मौलिकताको अद्भुत संयोजन देखियो । आदिवासी संरचना र अत्याधुनिक विकास एकै ठाउँमा अवस्थित देख्दा आश्चर्यचकित भएँ । सफा बाटो, खुला सोच, व्यवस्थित सिस्टम, स्मार्ट पार्किङ, वृृद्धहरूप्रतिको व्यवहार, रिटायर्ड नागरिकहरुले दिने होम हस्पिटालिटी– यी सबैले अमेरिका के हो भन्ने बुझाउने अवसर दियो । हर्सी चकलेट, कोकाकोला जस्ता चर्चित ब्राण्डका उद्योग भिजिट गर्न पाइयो । उनीहरुले उत्पादन र उद्योगलाई पर्यटसँग गज्जबले जोडेका छन् । हामीकहाँ जस्तो सुरक्षागार्ड उभिएका बडेमानका बन्द गेट त्यहाँ हुँदा रहेनछन् । पूराना संरचनाहरुको संरक्षण, जातीय पहिचानको निरन्तरतामा आधुनिक अमेरिकाले उसै गरी टेको दिइरहेको रहेछ । आदिवासी रैथाने वस्तीमा अहिले पनि उही सभ्यता बाँकी छ, पयर्टन स्थलका रुपमा मानिस पुग्दा रहेछन् । बसाइँका क्रममा केही प्रतिनिधिमुलक नेपाली समुदायसँग भेट भयो । उनीहरुको समग्र प्रगति गौरव गर्न लायक देखेँ । नेपाली समुदायभित्रको एकता, सहयोगभाव, सफलता र संस्कारको समिश्रण देख्दा मन आनन्दित भयो । पत्रकारिता पढ्दाका कलेजका साथी निदेश अधिकारीले भर्जिनियामा गज्जवले व्यवसाय गरेका छन् । त्यहीँ बाबुराम खरेलले सूचनाप्रविधिमा विशेषज्ञ सेवा दिन्छन् । बाल्टिमोरमा चर्चित गायक प्रेमराजा महतको रेष्टुरेन्टमा नेपाली स्वादमा रमाउन पाइयो । काठमाडौं छिर्ने वित्तिकै मैले पहिलो पल्ट काम सुरु गरेको जन्मभूमि साप्ताहिकका सहसम्पादक तरुण पौडेलसँग झण्डै २ दशक पछि त्यहीँ भेट भयो । व्यवसायसँगै उनको सामाजिक छवि पनि अनुभूत गर्न पाइयो । संयोगले बाल्टिमोरमै रहेकी माता देवीसँग आत्मीय भेट भयो । पेन्सिल्भेनियाको ल्यानकाष्टरमा बसेर सहपाठी विष्णुहरी घिमिरे पत्रकारितामै रमाएको भेटिए । न्यूयोर्कको यात्रा भने अलि हतारोको रह्यो । लक्ष्मीपूजाको दिन थियो । टुर गाइडझैं खटिएर साथी बालकृष्ण बस्नेतले न्युयोर्कका करिब देख्नै पर्ने स्थानमा एकै दिनमा शहर घुमाइ दिएका थिए । फटाफट समय मिलाउने उनको कौशल गज्जव थियो । टेक्ससको डालसमा संस्थागत रुपमा स्वागत गर्ने नेपाल अमेरिका पत्रकार संघ र त्यसका अगुवा विकास न्यौपाने, सुरज भण्डारी, ओम आचार्य लगायत पत्रकारहरुको आत्मियता स्मरणीय रह्यो । यहीँ सिनियर पत्रकार रामचन्द्र भट्ट, संजय घिमिरे लगायतसँग भलाकुसारीको मौका मिल्यो । सहपाठी भोला आचार्यले ठाउँ सरेका र विनय देवकोटा नेपाल फर्केकाले त्यहाँ भेट जुरेन । लसएन्जल्समा काठमाडौं पढ्दाताका रुम पार्टनर कृष्ण आचार्यको विजनेसको साक्षी हुन पाइयो । उनी पहिल्यैदेखि व्यापारमा रमाउँथे । उता पुगेर पनि मनग्गे व्यवसाय गरिरहेका रहेछन् । यसरी जहाँजहाँ पुगियो साथीहरुको आत्मिय समय पाइयो । मज्जाले घुमियो अनि कहिल्यै भुल्न नसकिने मेजमानी खाइयो । काठमाडौं आउँदा सुरुमा हामी बाहिरकालाई स्टोभ बाल्ने सलाई किन्ने पैसा नहुँदा समेत भोकै पर्नु पर्ने अवस्था थियो । सात समुन्द्र पारीको अमेरिकामा पनि सुरुसुरुमा पुग्ने नेपालीहरुलाई आफन्त, साथीभाईको अभाव खट्कियो होला । तर, अब त जता जाउँ नेपाली नपुगेको ठाउँ छैन । चाडवाडमा भव्य उत्सब हुने रहेछ । भर्जिनियाको मनाससमा तिहार मिलन कार्यक्रममा हल खचाखच थियो । नेपाली गीतमा अमेरिकामा हुर्किरहेका बालबालिका समेत मौलिक पहिरनमा नृत्य गरिरहेका थिए । नेपाली परिकार पाकेको थियो । अमेरिकामा नेपालीहरुको संख्या तीन लाख बढी पुगेको अनुमान छ । हाम्रै साथी सर्कलले पनि उधुम उन्नती गरेको पाउँदा मन आनन्दित भयो । उनीहरुले गज्जवले अमेरिकीलाई पनि रोजगारी दिएका छन् । उनीहरुको व्यापार कौशलले प्रगति चुलिदै गएको देखियो । आहा..., गुगलम ‘सर्च’ गर्दा नेपाली भाषा, नेपाली खाना, नेपाली सिनेमा, नेपाली पसल सबै आसपास पाइन्छ । यस्ता अनेक कारणले यो यात्रा केवल पेशागत ज्ञानको अभिवृद्धि मात्र भएन, जीवनकै स्मरणीय सिकाइ भयो । एक दर्जन बढी देश पुगें, तर वास्तवमा यात्रा त आफैलाई बुझ्ने हुने रहेछ । भुगोल चहार्नु भनेको आफु जन्मेको देश, आफुले भोगेको भुगोल, संस्कृति र समुदायका सपना र बास्तविकता अनि बाहिरको मानिसका बास्तविकता र सपनाबीचको निकटता र दूरी कल्पिनु रैछ । यात्रा सकिएको तीन वर्ष हुन लाग्यो तर अनुभूतिहरू अझै ताजै छन् । यसपाली फेरी अर्को सन्दर्भमा त्यही अमेरिकाका केही शहर र छिमेकको क्यानडा समेत विचरण गर्ने मौका जुर्यो । उस्तै अनुभूति र कौतुहलता सहित फर्किएँ । यसपालीको यात्रा सुरु हुने वित्तिकै यता नेपालमा युवाहरुको मनमा आगो सल्कियो । त्यो आगोले हाम्रो इतिहास र सम्पदा पनि जलायो । यी चित्रहरुले न यात्रा फलदायी बनाउन सकियो न उमङ्गमय रह्यो । फगत आफन्त र परिवारको सम्झना र देशको चिन्ताले गाँज्यो । मुलतः सोसल प्लेटफर्मका लागि सडकमा निस्केका भाइबहिनीहरुमाथि सरकारी दमनले ठूलो क्षति र प्रतिकार निम्त्यायो । राज्य विहिनताको स्थितिमा देश पुगेपछि उता विदेशमा त्यही सोसल प्लेटफर्मबाट आउने विभिन्न भ्रामक र कतिपय सहि सूचनाले नै मन अत्यासलाग्दो बनाइ दिदो रहेछ । मेरो पुस्ताको नियती नै कस्तो परेछ, यो पुस्ता आन्दोलनकै बीचमा जन्मियो । आन्दोलनकै बीचमा हुर्कियो । आन्दोलनकै बीचमा यसले पढ्यो । आन्दोलनकै बीचमा कर्ममा छ । अनि आन्दोलनकै बीच जीवन जाला जस्तो छ । आफ्नो माटोमा अन्यौलको बादल मडारिँदा मनले आफ्नो भूगोल र आफुले चहारेको भूगोलको अवस्था र नियती बीचको हिसाब खोज्दो रहेछ । अनि मनमा एउटा ठूलो प्रश्न खडा गरिदिँदो रहेछ, हाम्रा पुर्खा ढिलो जन्मिए कि उनीहरु संसारको गति मिलाउन नसक्ने गरी निकै ढिलो हिँडे ? यो एउटा फुच्चे प्रश्नले पनि मनमा विशाल आक्रोश र निराशाको पहाड खडा गरिदिँदो रहेछ । कहाँको समृद्धिको शिखर चढेको अमेरिका र उनीहरुको जनजीवन ? अनि कहाँ ‘अमेरिकी साम्राज्यबाद मुर्दाबाद’को नारा सुन्दै हुर्केको हाम्रो पुस्ताको जीवन । हाम्रो राजनीतिक पछौटेपनलाई सराप्न मन लाग्ने रहेछ यस्तो देख्दा । कहाँ प्रतिव्यक्ति वार्षिक आय झण्डै एक हजार ५ सय डलर भएका हामी र कहाँ प्रतिव्यक्ति आय झण्डै ७५ हजार डलर पुर्याएका अमेरिकी । समृद्धि र उन्नतीले पो शक्तिशाली बन्ने रहेछ देश । नारा मात्र लाएर देश समृद्ध र नेपाली सुखी हुने भए त जति ‘लालसलाम’ ठोके पनि पीर के को थ्यो र ! शहर, समाज, भूगोल, पूरै देश नै सिनेमाको रिल जस्तो लाग्छ । मस्त छ अनि पूरा होश हवासको लयमा छ । खोट लाउने कहिँकेहि ठाउँ बाँकी छैन जस्तो । सडकमा मानिस देखिदैनन् । कि आकाशमा उडेका छन् । कि गाडीमा गुडेका छन् । जमीन मुनी पनि ट्रेनका रुट छन् । मान्छे पार्कतिर, ठूला मल तिर वा रेष्टुराँ तिर देखिएलान् । ती पनि आफ्नो काममा व्यस्त । फुर्सदिलो र बेकामे मानिस त कतै नजर पर्दैनन् । सडकका ठाउँ ठाउँमा हल्का यू सेफमा चेन क्याफे, रेस्टुराँ छन् । गाडीबाट नओर्लिकनै आफुले चाहेको कफी, खानेकुरा अर्डर गर्न सकिन्छ । अनि पैसा तिरेर अर्को झ्यालमा रिसिभ गर्न सकिन्छ । ‘ड्राइभ थ्रु’ भनिने यस्तो सेवा लिन गाडीबाट ओर्लने झन्झट नै हुदैन । जता जाउ उस्तै बाटो छ । चिल्लो, सफा, चौडा, कैयौं लेनका । ट्राफिक सिग्नल व्यवस्थित छन् । ट्राफिक प्रहरी कतै देखिदैनन् । सब कुरा सिस्टममा छ । सामान्य मजदुरी गर्ने सँग पनि कार छ । नेपालमा जस्तो घरै पिच्छे पसल र टोलै पिच्छे बजार हुदैनन् । त्यसैले कार भएन भने दैनिकी नै रोकिने जस्तो पनि हुने रहेछ । हामी कहाँ जस्तो नुन सकिए तत्कालै किन्न जाने जस्तो सहज पनि त्यहाँ छैन । मज्जाले केहि दिनलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तु खरिद गरेर राख्ने चलन हुनेरहेछ । हरचिजका लागि बैंक र संस्थाहरुले क्रेडिट सुविधा दिएका छन् । कमाएर तिर्न सक्नु पर्यो, लोनको सकस छैन । मानिसहरु कि जहाजमा कि आफ्नै कारमा बढि रमाउने रहेछन् । सार्वजनिक यातायातका साधन निकै व्यवस्थित र भरपर्दा भए पनि आफुसँग सुविधा हुनेहरुको रोजाईमा खासै पर्ने देखिएन । अपाङ्गता भएकाहरुका लागि ध्यान नदिएको पूर्वाधार देखिदैन । बाटो, घर, शौचालय, पार्क, सपिङमल, शैक्षिक संस्था जहाँ पनि पूरापूर ध्यान दिइएको अनुभुत हुन्छ । ‘होमलेस’ मानिसहरु चाँहि यत्रो विशाल र समृद्ध देश अमेरिकामा पनि देखिदा रहेछन् । बाटोघाटोमा, ट्रेन स्टेशन तिर उनीहरु माग्न बसेका देखिन्छन् । बाह्रै्र महिना ठिक्कको मौसम हुने लसएन्जल्समा यस्तो समस्या झन् बढि रहेछ । होमलेसले अड्डा जमाउलान् भनेर यहाँ घरको पेटी जस्तो ठाउँमा फुटेका काँचका टुक्रा वा किल्ला ठोकिएको देखिन्छ । अनि न्यूयोर्कको ज्याक्सन हाइटले पनि फरक परिचय जस्तो बनाएको छ । अधिकांश भारतीय, नेपाली, बंगाली लगायतको बसोबास यहिँ छ । महेशविक्रम शाहको कथा संग्रहमा मज्जाले ज्याक्सन हाइटको कहानी पढ्न पाइन्छ । जता पनि साह्रा निर्माण पूर्ण छ । नेपालमा जस्तो पाइलै पिच्छे खाल्टाखुल्टी छैनन् । अनि जता जाउ अस्तव्यस्त काम भैरहेको पनि देखिदैन । भैरहेको भए यति मज्जाले व्यवस्थापन गरिएको हुन्छ कि कत्ति पनि फोहर वा धुलोपानी बाहिर देखिदैन । कसैलाई असर नपार्ने गरी तारतम्य मिलाइएको हुन्छ । सिनेमाको दृष्य जस्तो सबकुरा सफाचट छ । कहिँ कतै निर्माण कार्य वा मर्मत भैरहेको देखिए अनौठो लाग्छ । जमीन पनि कि पिच वा कालोपत्रे छ, कि खेतमा बाली झुलिरहेको छ वा मज्जाले संरक्षित जङ्गल छ । जङ्गलमा पनि पिच बाटो वा काठका फलेकले मज्जाले हिँड्न मिल्ने गरी ट्रेक बनाइएको देख्दा अचम्म लाग्छ । हामीकहाँ जस्तो उवडखावड, उजाड जमीन कतै देखिदैन । प्रकृति पनि सबै मान्छेले बनाए जस्तो देख्दा अचम्म लाग्छ । छाडा पशु कतैदेखिदैनन् । पशुपालन क्षेत्र पुग्दा पनि सबकुरा व्यवस्थित देखिन्छ । पीच बाटोमा सरर कार हुइँक्याउँदै गाई फार्म पुग्दा गाइहरु प्नि सानदार सुविधा सहित देखिन्छन् । सफा र विशाल गोठको छेउमा भव्य डेरी क्याफे देखिन्छ । जहाँ मज्जाले मानिसहरुले ताजा उत्पादन खाइरहेका हुन्छन् । गाई फार्ममा फोटो खिच्दै रमाएको देखिन्छ । उत्पादनलाई उपभोक्ता सँग सिधै जोड्ने गजव अभ्यास छ । उद्यमलाई पर्यटन सँग जोड्ने प्रयास झन् अनुकरणीय छ । नेपालमा दुई वर्ष अघि मनाङको स्याउ फार्ममा नमिठो अनुभव बोकेको थिएँ । स्याउ मार्फमा फोटो खिचौं भनेर उत्साही भएर गाडीबाट झर्दा प्रति व्यक्ति ५ सय रुपियाँ लाग्ने बताउँदा हामी निराश भएर फर्किएका थियौं । त्यसै विकट त्यो ठाउँमा सितिमिति चरो मुसो पुग्दैन । किन फोटो खिच्न तेत्रो पैसा राखेको हो वुझ्न सकिएन । तर यसपाली अमेरिकामा एउटा स्याउ फार्म पुग्दा गजव अनुभव गर्न पाइयो । फार्ममा फोटो खिच्न मात्र होइन सकेजति खान पनि पैसा लाग्दो रहेनछ । किन्न मन लागे किन्यो नभए मज्जाले बोटबाट मन लागुन्जेल खायो, फक्र्यौ । नेपालमा मुगलिन नजिक रहेको बाह्रसिंगे वियर कारखानामा चाँहि गजवको दृष्य देख्न पाइन्छ । फोटो खिच्न र फ्याक्ट्रीमै वियर पिउन पाउँदा पुग्नेहरु दङ्ग देखिन्छन् । आँधी, हुरीको डर हुने भएकाले आवासिय घर भने प्रायः साना हुने रहेछन् । पूरानो र ठूला शहरमा अपार्टमेन्टहरु अग्ला हुन्छन् । व्यवासायिक भवन अग्ला र भिमकाय ठूला हुन्छन् । तर, नीजि आवासीय घरहरु प्राय एकैनासे र उत्रउत्रै देखिन्छन् । अधिकाशंको जमीनमुनी एकतला बनाइएको हुन्छ । समयको पालना बारे त बाफ्रे । आइभीएलपी कार्यक्रम अन्तर्गत जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा जानु थियो । जहाँ पनि हामी सेडुलमैं पुगिन्थ्यो । त्यहाँ दुई घण्टा ढिलो भयो । दिनभरको सेडुल सहित गाडीमा गैरहेका थियौं । आज नमज्जाले थाकिने भैयो भनेर गफिदै पुगेका थियौं । बेल्कासम्मको टाइट सूचि थियो । एसियाली भुगोलका हामी त्यहाँ पुग्दा त चकित पर्यौं । हामी जतिबेला पुग्यौं त्यतिबेलैको सेडुलबाट कार्यक्रम सुरु भयो । अघिको सबै सेडुल हटाइएको थियो । जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली संस्कार, सभ्यता, खाना, पहिरन, भाषा पुगेको छ । यस हिसावले नेपाल बाहिर गएका नेपालीहरू नेपालका अवैतनिक दूत जस्ता लाग्दो रहेछ । नेपालबाट विदेशिने सबैलाई पलाएन भएका, सुख खोज्न गएका वा नेपाललाई माया नगर्ने रुपमैं सोच्ने गरिन्छ । तर, विदेश पुगेर सोच्ने हो भने फरक लाग्दो रहेछ । संसार भर नेपाली पुगुन् । फैलिउन भन्ने लाग्दो रहेछ । संयोगले अमेरिकामा चुनावका बेला परेको थियो । भोट हाल्ने सुविधा पनि गजव लाग्यो । निर्वाचनको दिन मतदान स्थलमा पुगेर भोट हाले भो । घरमै मतदान गर्ने अनुरोध गरेर मतपत्र मगाई भोट गरेर हुलाकबाट पठाए भो । अनि तोकिएको स्थानमा पुगेर पहिले नै मतदान गर्न (Early Voting) पनि पाइँदो रहेछ । मतदान यसरी असाध्यै सरल हुँदो रहेछ । नेपालमा जस्तो स्थायी ठेगानामै पुगेर तोकिएकै दिन भोट हाल्ने झमेला छैन । बरु उतै जन्मिएका नेपाली मुलका बालबालिकाको भविष्यको चिन्तामा नीतिगत तहमा पुग्ने नेपालीहरु सजग देखिए । मतदान स्थलमा भेटिएका सासंद ह्यारी भण्डारी आउने पुस्ता न नेपाली न अमेरिकन जस्ता नहोउन् भनेर नीतिगत व्यवस्थामा आफ्नो ध्यान रहेको बताए । उनी मतदानका दिन छोरी सँग मतदान स्थलमा भेटिएका थिए । यताको जस्तो मेला लागे जस्तो केहि हुँदो रहेन छ । न भीडभाड न तामझाम । दैनिक हुने काम जस्तो मान्छे आउँथे, भोट हाल्थे, फर्किन्थे ।