मजदुरको धम्कीपछि बजाजको रात्रिकालिन सर्भिस सेन्टर बन्द

काठमाडौं । मजदुर युनियनको धम्कीपछि बजाजले आफ्नो रात्रीकालिन वर्कशप बन्द गरेको छ । बजाज मोटरसाईकलको नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको गुसिंगालमा रहेको रात्रीकालिन वर्कशप बन्द गरेको हो । गुसिंगालमा रहेको वर्कशपमा क्रियाशिल अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच बजाज कमिटीले व्यवस्थापनलाई पत्र लेख्दै मंसिर ११ गतेदेखि रात्रीकालिन सेवा बन्द गर्ने बताएको थियो । मजदुरहरुले रात्रीकालिन सेवा बन्द गर्ने घोषणा गरेपछि कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

वजाज मास्टर मेक कार्यक्रम २०१८ बुटवल र काठमाडौमा

काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराजहुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ । यो कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिकतवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो । साथै प्रतिस्पर्धीहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो, साथै विजय नहुने प्रतिस्पर्धीहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो । यो प्रतियोगीतालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरि ४ चरणमा सञ्चालन गर्ने जानकारी हंसराजहुलासचन्दका तालिम विभागिय प्रमूख श्री उमेश श्रेष्ठले गराउनु भएको छ । प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५४१ ज्ना प्रतियोगिहरु मध्येबाट क्षेत्रीय चरणका लागि १३० जना प्रतियोगिहरु छनोट भएका थिए । ती मध्ये बुटवल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १८ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुको प्रतियोगितामा नेपालगजको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असीम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले द्घितिय र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतिय स्थान हासिल गरे । आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषण कुमार कुशवाहाले प्रथम, पाल्पाको राजनशाहीले द्घितिय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतिय स्थान हासिल गरे । ती मध्ये काठमाडौक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १९ जना प्रतिस्पर्धीहरुर आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुकोप्रतियोगितामा कुमारीपाटीकोएम एण्ड एम मोटरसाइकल सपी बाट सुनिल महर्जनले प्रथम, नया बानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले द्घितिय र भक्तपुरकोएस एण्डएस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतिय स्थान हासिल गरे । आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगितामा ठेचोकोबिष्णु मोटरसाइकल वर्कशपबाटबिनोद महर्जनले प्रथम, दहचोककोदिप ज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनिले द्घितिय र गोदावरीका हाम्रो मोटरसाइकल वर्कशपबाट रिकेश्वर श्रेष्ठले तृतिय स्थान हासिल गरे । यस्ता प्रकारका प्रतियोगीताहरुले प्राविधिकहरुको ज्ञान र सिप निखारिने तथा अभिवृद्घि हुने र कार्यगत विश्वास बढने र अभिप्रेरित पनि गर्ने कुरामा हंसराजहुलासचन्द एण्ड कम्पनीर बजाज अटो लिमिटेड पूर्ण रुपमा विश्वस्त जनाएको छ ।

तीन जना बने ‘हुन्डाई प्रिसियस मुम्मेन्ट’को बिजेता, पाए कुलप्याडदेखि चितवन घुम्न जाने मौका

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको डिजिटल क्याम्पियन “हुन्डाई प्रिसियस मुम्मेन्ट” को विजेता घोषणा गरेको छ । बिहीबार(आज) थापाथलीमा आयोजित उक्त प्रतियोगितामा लक्कीड्र मार्फत तारिक मानान्धर, सुधिर एस जे बी राणा र अमित बनमाला बिजेता घोषित भएका हुन् । प्रतियोगिताअन्तर्गत तारिक मानान्धरले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जित्न सफल भएका छन् । त्यस्तै, दोस्रो पुरस्कारमा सुधिर एस जे बीराणाले कुलप्याड कुल १ र अमित बनमालाले तेस्रो पुरस्कारमा कुलप्याट मेगा २.५डी जितेका छन् । “हुन्डाई प्रिसियस मुम्मेन्ट” प्रतियोगितामा ५०० जना सहभागी भएका थिए । परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टस्ले यस प्रतियोगिता असोज २८ देखि कात्तिक २८ गतेसम्म आयोजना गरेको थियो । यो प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुण्डाई मोट्र्सको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो । जस मध्ये लक्कीड्र मार्फत बिजेता घोषणा गरिएको छ ।