ग्लोरी–५८० मोडलको एसयूभी नेपाली बजारमा
काठमाडौँ । नेपाली बजारमा ब्राण्ड डोड्फेड सकोन(डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । नेपालको लागि उक्त गाडी कुजु नेपाल प्रालिले भित्र्याएको हो । उक्त गाडीको बिक्री विहीबार देखि नै शुरु भएको छ । डीएफएसकेको ग्लोरी–५८० को कम्प्याक एसयूभीमा १.५ लिटर टर्बोचाज्ड इञ्जिन रहेको छ । जसमा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । नेपाली बजारमा यी एसयूभीहरु इण्डोनेशियाली प्लान्टबाट उत्पादन भएका हुन् । ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसन उपलब्ध रहेको छ । यसको मूल्य ६२ लाख ८० हजार रुपैयाँदेखि ६९ लाख ९९ हजार ५ सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । गाडी बिक्रीपछिको सेवालाई मध्येनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
होण्डा ‘सम्बन्ध सपनाहरुको’ विजेता घोषित, काभ्रेका विशालले जिते ५० लाख बम्बर उपहार
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा दशैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरुको’को विजेता घोषित गरेको छ । २५ माघदेखि २५ फागुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।
नयाँवर्षमा टिभिएस मोटर कम्पनीको अफर ‘सात छ हाम्रो’
काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ ल्याउने भएको छ । नयाँ वर्षको सुनौलो सुरुवात र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको माझ ल्याइएको कम्पनीले जनाएको छ । ‘साथ छ हाम्रो’अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो, जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो । २०७५ चैत्र ११ गते देखि सुरु भएको उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा रु. ७,००० को श्योरशट नगद छुटको व्यवस्था गरेको छ । यस अफरले स्क्राच कुपनको झन्झट हटाई ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । यही २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट लाभान्वित हुन कम्पनीले आग्रह गरेको छ । टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य सेवा दिंदै आएको छ ।