इम्बोस्ड नम्बर प्लेट सम्झौताः ढुकुटीको साढे चार अर्ब जोखिममा

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कि अंग्रेजीमा भन्ने विवाद सर्वोच्च अदालत पुगेको १४ महिना भएको छ । तीनपटक हेर्दाहेर्दैमा राखिएको यो मुद्दाले समय मात्र बितेको छैन, राज्यको चार अर्ब ५४ करोड रुपैयाँ पनि जोखिममा परेको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का दिँदा सरकारले आफू कमजोर पर्ने गरी सम्झौता गरेका कारण राज्यकोषमा अतिरिक्त भार पर्ने जोखिम देखिएको हो । बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगरसँग गरिएको सम्झौतामा ‘सरकारका कारण बाधा भई तोकिएको समयावधिमा काम पूरा नभए ठेक्काको ९५ प्रतिशत रकम ठेकेदार कम्पनीले पाउने’ व्यवस्था गरिएको छ । १७ जेठ ०७३ मा सरकारले ६० महिना (१६ जेठ २०७८ सम्म) भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी डेकाटुरसँग चार अर्ब ७८ करोड ७७ लाख (चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर)मा बुट मोडलमा सम्झौता गरेको थियो । सम्झौता अवधिको ५६ प्रतिशत अर्थात् ३४ महिना बितिसकेको छ । यो अवधिमा तीन हजार नौ सय ४८ सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । यो संख्या कुल जडान गर्नुपर्ने नम्बर प्लेटको ०.१५ प्रतिशत मात्र हो । सम्झौताअनुसार यो अवधिमा १४ लाख सवारीमा इम्बोस्ड नम्बर जडान भइसक्नुपर्ने थियो । १६ जेठ ०७८ सम्म पनि सरकारले काम गर्ने वातावरण बनाउन नसकेमा ठेकेदार कम्पनीले ठेक्काको ९५ प्रतिशत अर्थात् चार अर्ब ५४ करोड दुई लाख रुपैयाँ रकम लैजानेछ । डेकाटुरले ५ भदौ ०७४ देखि इम्बोस्ड नम्बर प्लेट प्रिन्ट गरी जडानको काम थालेको थियो । १० फागुन ०७४ मा सर्वोच्चले अन्तरिम आदेशमार्फत काम रोकेको थियो । यो ६ महिनाको अवधिमा तीन हजार नौ सय ४८ नम्बर प्लेट मात्रै जडान गरिए । अदालतले अब तत्कालै सरकारको पक्षमै फैसला दिए पनि तोकिएको समयभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न समय अपुग हुने लगभग निश्चित छ । सुरुका ६ महिनाको कामको गति हेर्दा बाँकी रहेका २६ महिनाको अवधिमा १७ हजार नम्बर प्लेट मात्रै जडान गर्न सकिनेछ ।यातायात व्यवस्था विभागका अनुसार अहिलेसम्म डेकाटुरले ९० लाख रुपैयाँ लगेको छ । कुल ६ हजार इम्बोस्ड नम्बर प्लेट तयार गरेअनुसार उक्त रकम भुक्तानी गरिएको हो । तर, करिब दुई हजार सवारीधनीले भने राजस्व बुझाएर पनि इम्बोस्ड नम्बर प्लेट पाएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक

काठमाडौँ । नारायणी अटो बिजिनेस बालकुमारीमा सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक गरिएको छ ।  नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित पार्नेछ । नयाँ वागन आरमा बलियो, आकर्षक वस्नको लागि धेरै ठाउँ, स्मार्ट प्ले स्टुडियो र प्लाट फर्म जस्ता विशेषताहरु भएको नारायणी अटो बिजिनेस बालकुमारीका प्रबन्ध निर्देशक अनुप बरालले बताए । १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एलको इञ्जिन रहेको छ । यसले २१.५ किमि प्रतिलिटर तथा २२.५ किमि प्रतिलिटर यात्रा गर्न सकिन्छ । नेपाली बजारमा १.२ भीएक्सआई को २४ लाख ९९ हजार, १.२ भीएक्सआईको २६ लाख ९९ हजार र १.२ जेडएक्सआई २७ लाख ९९ हजार रहेको छ । नारायणी अटो बिजिनेश सीजी मोटोकर्प ललितपुरको आधिकारिक बिक्रेता हो ।

बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर ‘बर्गम्यान स्ट्रीट’, यस्ता छन् विशेेषता (भिडियाे सहित)

काठमाडौं । १२५ सीसी सेग्मेन्टका स्कुटरहरुको राजा मानिएको सुजुकी एक्सेसले बजारमा आधिपत्य जमाइरहेका वेला यसलाई टक्कर दिनेगरी अन्य स्कुटरहरु पनि बजारमा आउन थाले । यस्तो अवस्थामा सुजुकीले पनि प्रतिक्रिया दिन आवश्यक थियो । फलस्वरुप यसले बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर-बर्गम्यान स्ट्रीट नेपाली बजारमा ल्याएको हो । जिक्सर र इन्ट्रुडरलाई जसरी नै बर्गम्यान स्ट्रीटलाई पनि सुजुकीले अन्तर्राष्ट्रिय बजारमा पाइने मोडल भन्दा कमसीसीको इन्जिन लगाएर नेपाल र भारत लगायतका देशहरुमा लिएर आएको हो । सुजुकीले यस स्कुटरलाई म्याक्सी स्कुटरका रुपमा पहिलो पटक नेपाली बजारमा भित्र्याएको हो । म्याक्सी स्कुटर भन्नाले टुरिङ स्कुटरलाई जनाइन्छ । जसको आकार ठूलो हुनुका साथै पावरफुल इन्जिन समेत रहेको हुन्छ । म्याक्सी स्कुटरको मुख्य उद्देश्य भनेकै चालकलाई सजिलो अर्थात आरामदायी प्रदान गर्नु हो । नेपाली बजारमा पहिलो पल्ट आएको यस किसिमको स्कुटरले बजारमा फड्को मार्ने कम्पनीले दावी गरेको छ । यस स्कुटरको डिजाइन सामान्य स्कुटरको तुलनामा ठूलो देखिने र सडक उपस्थिति राम्रो रहेको छ । त्यस्तै, चौडा एप्रोन, ठूलो वाइन्डस्क्रिन, लामो र चौडा सीट जस्ता विशेषता रहेको छ । त्यसैगरी यसको आरामदायक राईडिङ स्थितीले यसलाई म्याक्सी स्कुटर बनाउनमा मद्दत पुर्याएको छ । यसमा जडान गरिएको फुल एलईडी हेडलाइटको चमक मोटरसाइकलको जस्तै रहेको छ । एलईडी टेल लाईट र दुबै साइडमा जडान गरिएको स्टाइलिस पोजिसन लाइटहरूले यस स्कुटरलाई अन्यको तुलनामा यूनिक बनाएको छ । त्यस्तै, एप्रोनको बीच भाग लगायत अन्य विभिन्न ठाउँहरुमा जडित क्रोमले यस स्कुटरलाई स्ट्याण्डर्ड लुक्स् दिएको छ । यसमा फुल्ली डिजिटल कन्सोल, स्पीडोमिटर, ओडोमिटर, ट्रीपमिटर, क्लक र त्यसैगरी फ्युलगेज लगायतका कुराहरु समावेस गरिएको छ । बल्की एक्जस्टका कारण स्पोर्टी लुक्स प्राप्त गरेको यो स्कुटरलाई यसको एल्युमिनियम फुटपेग्स्, रियर बडी ग्रयाब रेल र एलईडी डीआरएलले थप आकर्षक बनाएको छ । यस स्कुटरको अगाडिको भागमा २ ओटा स्टोरेज पकेटहरु रहेका छन् । दाहिने तर्फको पकेटमा १ लिटर सम्मको वाटर बोतल र त्यसैगरी देव्रेतर्फको पकेटमा पर्स, मोवाइल, पन्जा लगायतका सामाग्रीहरु राख्न सकिन्छ । यसै पकेट भित्र चार्जिङ सकेटको पनि व्यवस्था गरिएको हुनाले स्कुटर कुदाउँदै मोवाइल चार्ज समेत गर्न सकिन्छ । यस स्कुटरको अण्डर सीट क्यापासीटी २१.५ लिटर रहेको छ जसमा फुल साइज हेलमेट पनि सजिलै अट्न सक्छ । ठूलो स्पेस बनाइए तापनि यहाँ बुट लाइटको व्यवस्था भने गरिएको छैन । यस स्कुटरका टायरहरू ट्युवलेस रहेका छन् । जसले यात्रा गर्दा टायरको कारण पाइने झन्झटबाट भने मुक्त बनाउँछ । त्यसैगरी स्कुटरमा कम्बाइन्ड ब्रेकिङ सिस्टम रहेको छ जसले स्कुटरको ब्रेकिङलाई थप सुरक्षित बनाएकाे कम्पनीले जनाएको छ । स्कुटरमा १२४ सीसीको इन्जिन रहेको छ जसले ८.५ बीएचपीको पावर र त्यसैगरी १०.२ एनएमको टर्क प्रदान गर्दछ । तर बर्गम्यानको इन्जिन एक्सेसकोे तुलनामा अलि बढि रिफाइन्ड गरिएको हुन्छ । ५.६ लिटर पेट्रोल अटाउने क्षमता भएको यस स्कुटरले प्रतिलिटर ५५ किलोमिटरको माइलेज दिने कम्पनीको दावी रहेको छ । अगाडिको भागमा १२ इन्चको र त्यसैगरी पछाडिको भागमा १० इन्चको एलाेए व्हील लगाइएको यस स्कुटरको सीट हाइट ७८० मिलिमिटर रहेको छ । त्यसैगरी, ग्राउन्ड क्लियरेन्स भने १६० मिलिमिटर रहेको छ । नेपाली बजारमा हाल यो स्कुटर दुई लाख २९ हजार ९०० रुपैयाँमा विभिन्न तीन रङ (ब्ल्याक, ह्वाइट र ग्रे) मा उपलब्ध छ । आकर्षक विशेषता रहेको यस स्कुटरमा पार्किङ ब्रेक, पास बाइ स्वीच र इन्जिन किल स्वीच चाहिँ समावेस गरिएको छैन । यदि यी कुराहरु पनि समावेस गरिएको थियो भने अझ सुनमा सुगन्ध थपिने थियो । भिडियो हेर्न तलको फोटोमो क्लिक गर्नुहोस्ः