अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्सको प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । महिन्द्रा गाडिहरुका आधिकारिक विक्रेतातथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स्ले स्थानीयरुपमाप्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममको मुख्य लक्ष्यभनेको महिन्द्रा जेनुइन स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको सहि उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई उनीहरुलाई प्राविधिक रुपमा सक्षम बनाउनु रहेको छ । जसमार्फत उनीहरुले ग्राहकहरुको आवश्यकतालाई झनै उचित ढंगले समाधान दिन सक्नेछन् । चैतन्यकगलकार (नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका कन्ट्री म्यानेजर), तपस पटनाइक (महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका आफ्टर–सेल्स् कन्ट्री म्यानेजर) तथा वरदान बस्नेत (अग्निइन्कर्पाेरेटेडका असिस्टेन्ट डिरेक्टर) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  

१५०० भुकम्पपिडितमध्ये एकलाई हुन्डाई इओनको उपहार, गाडी खरिदमा शतप्रतिशत नगद फिर्ता

काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाल सरकारद्वारा लक्की ड्र बाट भाग्यशाली घोषित १५०० भुकम्पपिडित मध्येबाट हुन्डाइ इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको छ । सर्वाधिक लोकप्रिय सवारी हुन्डाइ इओन ट्याक्सीको रुपमा हुन्डाइको ह्याट्चब्याक सेग्मेन्ट अन्तर्गत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै हुन्डाइ इओन ट्याक्सी को खरीदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ । वलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री वनावट, पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले यस हुन्डाइ इओनलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको कम्पनीले जनाएको छ । भुकम्पपिडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यस योजना मार्फत योगदान दिने प्रयास गरेको छ । हुन्डाईले विभिन्न योजनाहरु ल्याउने गरेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।

बीमा नगरी गुड्छन् संसदका ९६ वटा गाडी र ६६ वटा मोटरसाइकल

काठमाडौं । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयाेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ । सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारी साधन चलाएको छ । संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरेको छ । संसद सचिवालय अन्तर्गत रहेका ९६ वटा गाडी र ६६ वटा मोटरसाइकल बीमा नै नगरी गुडेको पत्ता लागेकाे हाे । यी सवारी चालकले विरोध गर्दै सवारी नचलाउने धम्की दिएका कारण सचिवालयले ती सबै सवारी साधनको बीमा गराएको थियो । नेपाल समाचारपत्रबाट ।