मुग्लिन सडकखण्ड १४ दिन बन्द हुने, बिहान ११-३ र राति ९-२ बजेसम्म गाडी नचल्ने

मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो । योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो । रासस

‘चान्स टु वीन थ्रु क्लिक’ अभियानमा लक्ष्मीले जितिन् टिभीएस एनटर्क १२५ सीसीको स्कुटर

काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्रआधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले सञ्चालन गरेको ‘चान्स टु वीन थ्रु क्लिक’ अभियानका विजेतालाई टिभीएस एनटर्क १२५ सीसीको स्कुटर हस्तान्तरण गरेको छ । उक्त अभियान अन्तर्गत ग्राहकहरुले ‘लभ ऐट फस्ट राईड’ स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए । जगदम्बा मोटर्सले सो अभियानका विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरेको हो । उनलाई जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् । टिभीएस स्कुटर तथामोटरसाइकलहरुको नेपालकालागि एक मात्रआधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त, २५ विद्यार्थीलाई ‘उदय छात्रवृत्ति’ प्रदान

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै e2o गाडीको चाबी खतिवडालाई प्रदान गरे । e2o गाडी वातावरण मैत्री विद्युतीय गाडी हो । अग्नि इन्कर्पोरेटेडका ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पूर्व मिस नेपाल खतिवडाले हर्षित हुँदै आफु निकै खुशी भएको बताइन् । अग्नि इन्कर्पोरेटेडले बिगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकहरुका एसइई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजारका दरले ‘उदय छात्रवृत्ति’ पुरस्कार र प्रसंशा पत्र प्रदान गरेको छ । कार्यकारी निर्देशक शर्मा र पूर्व मिस नेपाल खतिवडाले संयुक्त उक्त पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुन् । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका ग्राहकहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।