अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सो सम्मेलन सम्पन्न भएको थियो । पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन शनिबार सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएकी थिइन् । त्यसैगरी, एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अटोल्यान्ड शीर्षकमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कन्फ्रेन्समा आईएई नेपालका महासचिव बासुदेव तिमिल्सिनाले ७ बुँदे घोषणापत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए । १५० जनाको सहभागिता रहेको सो दुई दिने सम्मेलनको पहिलो दिन हिजो कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठले कार्यक्रमलाई सम्बोधन गरेका थिए । एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नासाका महासचिव गोविन्द भट्टराई, पूर्वमन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए । यातायात व्यवस्था विभागका बरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्ट्रिक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्टले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एएमईएस) काठमाडौं विश्वविद्यालय, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको पनि साथ रहेको आईएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिए ।

रेनोले वैशाख २१ गतेसम्म एक्सचेन्ज क्याम्प गर्दै, पुराना गाडी साट्न पाइने

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि ले ‘‘पुरानो छोडाैँ नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । कम्पनीले सोमबारदेखि यही बिहीबारसम्म पोखरामा र बुधबारदेखि यही शनिबारसम्म भैरहवामा आयोजना गर्न लागेकाे हाे । यस मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् । एडभान्स अटोमोबाईलले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ वर्ष सम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्ष भरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन् । रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने आयोजकले बताएका छन् ।

बैशाख २२ देखि २८ गतेसम्म ‘फ्रि ससाङ योङ सर्भिस क्याम्प’, लुब्रिकेन्टसमा १५ प्रतिशत छुट

काठमाडौँ । ससाङ योङ मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्रि ससाङ योङ सर्भिस क्याम्प’ विशेष अफर सञ्चालन गरेको छ । क्याम्पमा फ्रि सर्भिसिङ, फ्रि हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्टसमा १५ प्रतिशत छुट, गाडीको जेनुयन पार्टसमा १५ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ । बैशाख २२ गतेदेखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रालि नयाँ बजारमा काठमाडौँमा यो क्याम्पस सञ्चालन हुने कम्पनीले जनाएको छ ।