महिन्द्रा टु व्हीलर्स् एक्स्चेन्ज जेठ १६ देखि १८ सम्म, “चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग”

काठमाडौं । महिन्द्रा टु व्हीलर्स् लिमिटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले “महिन्द्रा टू व्हीलर” एक्स्चेन्ज क्याम्प ल्याएको छ । जेष्ठ १६ देखि १८ गतेसम्म टेकु शो रुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई “चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग” गर्न भनि आव्हान गरेको छ । एक्स्चेन्ज क्याम्पमा ग्राहकहरुका लागि कुनै पनि पुरानो बाइक वा स्कूटर ल्याई सबै भन्दाउ त्कृष्ट मूल्यांकनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्स्चेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । साथै, एक्स्चेन्ज गरी ग्राहकका लागि “४०० प्रतिशत बोनस क्यासब् याक” नामक अफर पनि ल्याएको छ ।  हरेक खरिदमा पाइएने स्त्र्mयाच् कार्डमा पहिलो स्क्र्याचमा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस एक्स्चेन्ज क्याम्पले ग्राहकहरुका लागि महिन्द्रा टू व्हीलर खरिद गर्न थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

आईएमई अटोमोटिभ्सद्धारा आयोजित यूएम बाईक र्याली सम्पन्न, शुक्रबारसम्म बाइक एक्स्चेञ्ज क्याम्प

पानीपोखरी । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक र्याली सम्पन्न गरेको छ । सोमवार विहाने ११ः०० बजे जमल बाट शुरु भएको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलङ्की, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा गएर समापन भएको थियो । र्यालीमा रेनगेड सिरिज अन्तर्गतका स्पोर्टस, कमाण्डो बाइक रहेको उक्त र्यालीलाई इन्डियन स्टाइलीस क्रुजर रेनगेड स्पोर्टस एस ३०० र रेनगेड कमाण्डो ३०० ले इस्र्कोटीङ्ग गराएको यस र्यालीमा झण्डै पचास जना चालकको सहभागिता रहेको थियो । सहभागीहरु प्रत्येकलाई २ वटा मुभी टिकट, युएम ब्राण्डेड टी-सर्ट, ३ लिटर पेट्रोल, लन्चबक्स र सहभागी सबैलाइ सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरु मध्ये उत्कृष्ट पाँच चालक (अनुशासीत तथा सुरक्षीत चालक) लाई चन्द्रागिरि केबलकारको टिकट प्रदान गरिएको थियो । कार्यक्रमको अवसरमा, युएम बाइकले सोमबारबाट जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा पाँच दिन सम्म बाइक एक्स्चेञ्ज क्याम्पको आयोजना गरेको छ । यस कार्यक्रममा उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

सवारी साधनको वार्षिक कर वृद्धि, अब माेटरसाइकलबाट ८० प्रतिशत कर, कुनलाइ कति ?

काठमाडौं । दुई पांग्रे सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ। दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४ मा बढाइएको थियो। २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो। त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ। विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ। १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ। त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ। तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ। कुन मोटरसाइकलको सडक कर कति पुग्यो ? १२५ सिसिसम्मको मोटरसाइकल: १० हजार १२६देखि २५० सम्म: १२ हजार २५१देखि ४०० सम्म : १५ हजार ४०१देखि माथि सबै : २० हज कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ? १२५सिसि सम्म: २५ सय १२६ देखी २५० सम्म : ४ हजार २५१देखि ४०० सम्म : ८ हजार ४०१देखि माथिका सबै : १५ हजार कारोबार दैनिकबाट ।