नयाँ टिभिएस स्ट्राइकर १२५ अब नेपाली बजारमा, ब्राण्ड एम्बेस्डरमा निखिल उप्रेती
काठमाडौं । टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ उत्पादन टिभिएस स्ट्राइकर १२५ बिहीबार देखि नेपाली बजारमा ल्याएको छ । जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले उक्त टिभिएस स्ट्राइकर १२५ को सार्वजनिक गरेका छन् । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारीक विक्रेता हो । टिभिएस मोटर कम्पनीका उपाध्यक्ष दिपक कुमार अग्रवालले टिभिएस स्ट्राइकर १२५ ले युवा नेपालीहरुको मागलाई पूर्ण रुपमा सन्तुष्ट गर्ने बताएका छन् । नेपाली बजारमा यस उत्पादनद्वारा टिभिएस मोटर कम्पनीको प्रभावहरु बलियो हुने छ कम्पनी विश्वास रहेकाे छ । कम्पनीका अनुसार कम इन्धन खपत र शक्तिको सही मिश्रण भएको टिभिएस स्ट्राइकर १२५ नेपाली बाटोमा उपयुक्त रहनेछ । फिचर्सले भरिपूर्ण टिभिएस स्ट्राइकर १२५ ले ग्राहकहरुको मन जित्ने पक्का भइसकेको छ । ईको थ्रष्ट इन्जिनयुक्त टिभिएस स्ट्राइकर १२५ ले ८००० आर. पि. एममा ८.१ के डब्लु शक्ति प्रदान गर्ने छ । यसको टोर्क ५५०० आर. पि. एममा १०.८ एन. एम. बताईएको छ। एक लिटरमा ६७ किलोमिटर माईलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिन्छ । बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन् । श्रेणीमै पहिलो एल. इ. डि. टेल ल्याम्प र फूल डिजिटल स्पीडोमिटर युक्त यस बाईकको व्याख्या गर्न लायक रहेको छ । साथमा, यसमा ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । आरामदायी यात्राको लागि हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्ट समेत यसमा पाउन सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा टिभिएस स्ट्राइकर १२५ को मूल्य १ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै, तीन रङ्गमा सो बाईक उपलब्ध हुने बताईएको छ ।
टाटा मोटर्सको सबैभन्दा ठूलो शोरुम थापाथलीमा, ४००० वर्ग फिटमा स्थापित
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४००० वर्ग फिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको छ । उक्त शोरुम उद्घाटन समारोहमा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु ग्राहकवर्गहरुलाई उचित मूल्यमा उपलब्ध गराउने बताएका छन् । नयाँ शोरुमको उद्घाटन गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिइओ राजनबाबु श्रेष्ठले भने, “यस नयाँ शोरुम मार्फत हामीले हाम्रो सेवा ग्राहकवर्गहरु बीच फैल्याउन पाएकोमा हामी निकै उत्साहित छौं । यस नयाँ शोरुमको उद्घाटनसँगै हामीले हाम्रा ग्राहकवर्गहरुलाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुनेछौं ।” यस नयाँ शोरुम हप्ताको ७ दिन, बिहान ९ बजे देखि रातीको ९ बजेसम्म खुल्ला रहेने कम्पनीले जनाएको छ । जहाँ टाटा मोटर्सको प्यासेन्जर भेकल्स्का सम्पूर्ण रेञ्जहरु उपलब्ध हुनेछन् । कम्पनीको यस थप नयाँ शोरुम सहित अब देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेका छन् ।
टाटाको नयाँ कार ‘स्टायलब्याक’ टिगोर नेपाली बजारमा, मूल्य पौने २४ लाख रुपैयाँ
काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ कार स्टायलब्याक टाटा टिगोर नेपाली बजारमा ल्याएको छ । प्यासेन्जर सेग्मेन्टमा नयाँ पोर्टफोलियोको रुपमा बिक्री सुरु गरिएको हो । कमर्सियल कारमा अगाडि रहेको टाटा मोटर्सले नयाँ पुस्तालाई लक्षित गरेर आक्रमकरुपमा बजार विस्तारका लागि नयाँ कार बजारमा ल्याएको छ । टाटा मोटर्स विश्वको चर्चित अटोमोबाइल कम्पनी हो । रिभोर्टन १.२ लिटरको पेट्रोल क्षमताको उक्त कारको मूल्य २३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कारमा चार वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ । टिगोरका कारहरु एक्स इ, एक्स टी, एक्स जेड र एक्स जेड (0) गरी चारवटा भेरियन्टमा उपलब्ध छन् । कारहरु ६ वटा आकर्षक रङ्गमा उपलब्ध छन्; कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड । कारमा रहेको गोल्डेन इयर्स सहितको हर्मन प्रविधिको अत्यानिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम मनोरञ्जनको दुनियाँमा कनेक्ट हुन चाहने नयाँ पुस्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिक्री सुरु भएको टाटा टिगोर कम्पनीका पुराना उत्पादनभन्दा केहि फरक र अत्याधुनिक विशेषताहरु रहेको टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले बताए । उनले भने, ‘भावी पूस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा विशेष जोड दिएका छौं ।’ टिगोरको भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोग गरिएको र कनेक्टीभीटी विशेषताहरु रहेको कम्पनीका सि. इ. ओ. राजन बाबु श्रेष्ठले बताए । उनले भने, ‘यसले चालकलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्छ ।’