कोरियन विद्युतिय कार नेपाली बजारमा, मूल्य आधा करोड

काठमाडौं । कोरियाली मोटर निर्माता कम्पनी कियाका विद्युतिय कार नेपाली बजारमा भित्रिएका छन् । कन्टिनेन्टल मल्टि ट्रेडिङ इन्टरप्राइजेज प्रालिले कियाको विद्युतिय कार नेपाली बजारमा भित्र्याएको हो । सोल इभी सेगमेन्टमा २ वटा विद्युतिय कारको मूल्य ५६ लाख र ५८ लाख तोकिएको छ । विद्युतिय कारसँगै कम्पनीले किया मोटरको नयाँ शोरुमको उद्घाटन पनि गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सुरिद घिमिरेले सोल इभी मोटरर्स अन्य मोटरको तुलनामा धेरै आरामदायी भएको बताए ।“बजारमा धेरै खालका मोटर छन, त्यसमा पनि विद्युतिय मोटरहरु केहि छन तीमध्ये सोल छुट्टै बिशेषता र सुबिधा भएको कार हो”, अध्यक्ष घिमिरेले भने । नेपाल आत्मनिर्भर बन्ने बाटोमा अघि बढेकाले विद्युतिय सवारी साधनको माग बढ्ने अनुमान सहित नयाँ कार भित्र्याएको उनले बताए ।“पेट्रोलियम इन्धनको अभाव भैरहने हाम्रो मुलुकमा विद्युतिय सवारी साधनको राम्रो सम्भावना छ, यसले देशलाई आत्मनिर्भर पनि बनाउनेछ भन्ने विश्वास लिएका छौं”, घिमिरले भने । किया मोटर कोरियाको पुरानो मोटर उत्पादक कम्पनी हो । कियाका विद्युतिय कार भारतमा भन्दा पहिले नेपाली बजारमा उपलब्ध गराएको पनि उनले बताए । यी विद्युतिय गाडीलाई घरमै चार्ज गरेर गुडाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले ५ वर्ष पछि मोटर चार्ज गर्नको लागि दुर्गम तथा टाढाको ठाउँमा पनि चार्जीङ स्टेशनको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

सुजुकी डिजायरको फेसलिफ्ट भर्जनको कार सार्वजनिक, २२ किलोमिटर माइलेज

काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन कार नेपाली बजारमा सार्वजनिक गरेको छ । हियर टेक च्यासिस प्ल्याटफर्ममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको र पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ । सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथयसको बुट स्पेश पनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ । कारमाप्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधापनि उपलब्ध गरिएका छन् । साथै,कारमा एण्ड्रोइड अटोमाआधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतीय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के१४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के१२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।

यामाहाले ल्यायो ‘क्यास इन्स्ट्यान्ट अफर’, लकी ड्रमा एक लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । इन्टरप्राइजेजलेमहान चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी यो योजना ल्याएको हो । यस योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ । ‘दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौं । हामीलाई आशा छ स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेछन्’ यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले भने, ‘अब यामाहाका ग्राहकले महान चाड दसैं र तिहारमा यामाहा मोटरसाइकल तथा स्कुटरको रोमाञ्च अनुभव गर्न पाउनेछन् । यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय हो किनभने ग्राहकले आफूले तिरेको पैसाको उच्चतम मूल्य पाउनेछन् । हामीले यो योजना ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएका हौं ।’ नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छु पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा र्यापिड जित्न सक्नेछन् । यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड-क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । एफजी२५ को मूल्य सीमित अवधिका लागि तीन लाख ४४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । दसैं अफर यामाहा एफजी२५मा पनि लागू भए पनि नगद छुट पनि उपलब्ध हुने छैन । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।