सिप्रदी ट्रेडिङ्ग प्रालिले ल्यायो विशेष आर्कषणका साथ मनसुन मेनिया कार्यक्रम
काठमाडौंं । टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमम ४ गते देखि ८ गते सम्म टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक सोरुममा संचालन गर्ने भएको हो । उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरुमा एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ । कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्येक बुकिङ्गमा स्मार्ट फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन ।
‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना, १ लाखसम्म नगद पुरस्कार जित्ने मौका
काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गइरहेको विषेश किसिमको मेला हो । असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००÷बाट सुरु हुनेछ । ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३०,०००÷सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्राच कार्ड मार्फत रु. ७,०००/-देखि रु.१,००,०००/-सम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौकापनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् टिभिएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।
टिभीएस स्ट्राइकर मेलामा ग्राहकको भीड
काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै टि भी एस स्ट्राइकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस् योजना अघि सारेको छ । जगदम्बा मोटोर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बीरगंजको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स , कलैयाको करण इन्टरप्राइजेज , निजगढको माँ अजिमा ट्रेडर्स , चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरको माध्यबाट आफ्ना टिभीएसका ग्राहकलाई लक्षित गरी टि भी एस स्ट्राइकर मेला शोरुम नजिकैको स्थानहरुमामा ३१ गते बाट असार ३ गते सम्म संचालनमा भैरहेको जनाएको छ । टिभीएस स्ट्राइकर मेलामा ग्राहकहरुको भिड लागेको छ, निखिल उप्रेतीलाई भेट्न पाउने भएपछी ग्राहकहरुले चढीरहेको बाइक पनि एक्चेन्ज गरेर स्टाइकर बाइक खरिद गरिरहेको जनाइएको छ ।