महिन्द्राको नयाँ वर्कशप सञ्चालनमा

काठमाडौं।  महिन्द्रा कम्पनीको एसभिपी गाडीहरुको वर्कशप सञ्चालनमा आएको छ । वर्कसपको उदघाटन महिन्द्राका कन्ट्रीहेड चैतन्य कागल्कर र दुगड ब्रदर्स एन्ड सन्सका विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् । नयाँ वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ। दुगड व्रदर्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदान गर्दै आएका छ । २००० वर्ग फिटको यस वर्कशपमा ५ वटा अत्याधुनिक सर्भिस वे र औजारहरु उपलब्ध छन । यस वर्कशपमा एक्सप्रेस बे को साथै कस्टमर लाउन्ज पनि उपल्ब्ध छ ।

सुजुकीकाे दशै तथा तिहार छुट अफर, जापान घुम्ने अवसर

काठमाडौ। भीजी अटोमोबाइल्सबाट बिक्री बितरण हुदै आएको जापानिज कम्पनीबाट उत्पादित सुजुकीले बाइक तथा स्कूटरमा दशै तथा तिहारलाई लक्षित गरी छुट अफर ल्याएको छ। नेपाल भरको कुनैपनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर खरीदमा ८ हजार रुपैयाँ छुट र स्कुटर को खरीदमा १० हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ । बम्पर उपहारमा बाइक तथा स्कूटर खरीद गर्ने १० जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी भइ जापान जान पाउनेछन्। यो योजना भादौं २० गतेबाट कार्तिक ३० गतेसम्म लागू हुनेछ। देशभरीका कुनै पनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर सजिलोसंग खरीद गर्न सक्ने छन्। स्कीम अवधीभर सुजुकी बाइक र स्कूटर गरेर ४ हजार २०० बेच्ने लक्ष्य रहेको भीजीका बजार प्रवन्धक नबराज कोइरालाले जानकारी दिए् ।

टिभीएसले खोल्यो थप १० नयाँ शोरुम, कहाँ कहाँ ?

काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु उद्घाटन गरेको छ । केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे आर टि आर १६० फोर भी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ । यहि असोज १ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शोरुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिड्ड, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन् । ग्राहकहरुले यी शोरुमहरु मार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन् ।