हिरो मोटकर्पले ल्यायो दुई माेडलका नयाँ स्कुटी, मुल्य १ लाख ८१ हजार रूपैयाँसम्म पर्ने
काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले दुइपांग्रे सवारीमा माइस्ट्रो एज र नयाँ प्लेजर गरी दुई माेडलका नयाँ स्कुटी बजारमा ल्याएको छ । राजधानीमा मंगलबार आयोजित नाडा अटो सो कार्यक्रममा नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजल हिरोको नयाँ प्रविधि तथा आविष्कार प्रतिको कुशलतालाई जोड दिएको छ । बिएसफोर ११०.९ सिसीको एयर कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो माइस्ट्रो एजलाई ७५०० आरपीएममा ८ बिएचपीको अधिकतम पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम दिने कम्पनीले जनाएको छ । उक्त बजारमा आएका स्कुटरहरुमा इ- कोड सहितको चाबी हुनुको साथै मोबाइल चार्जिङ पोटको पनि व्यवस्था रहेको छ । सिट र फ्युल –लिड खोल्न रिमोट कन्ट्रोलको व्यवस्था भएको स्कुटी हो । उक्त स्कुटीमा सर्भिस ड्यु र साइड स्ट्याण्ड इन्डिकेटर, फ्रन्ट र अन्डर सिट लगेज हुक्, स्कुटीको अगाडीका पांग्रा १२ इन्च भएकाले सन्तुलनमा वृद्धि हुने तथा आरामदायी यात्रा हुने कम्पनीले जानकारी दिएको छ । हिरो माइस्ट्रो एज तिन रङ्मा खरिद गर्न सकिने हुन्छ जसअन्तर्गत फायरी रेड, म्याट ग्रे, र सेतो रङमा उपलब्ध छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ८१ हजार रूपैयाँ कायम गरेको कम्पनीले जनाएको छ । बिएसफो १०२ सिसीको एयर कुल्ड ४–स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो प्लेजर ७००० आरपीएममा ६.९ बिएचपीको अधिकतम पावर दिन्छ र ५००० आरपीएममा ८.१ एनएमको अधिकतम टर्क दिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त स्कुटरमा पनि मोबाइल चार्जर लगायत हिरो पेन्टेड इन्टिग्रेटेड ब्रेकिङ सिस्टम रहेको छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ६५ हजार ५०० रूपैयाँ रहेको हिरो मोटोकर्पले जानकारी दिएको छ ।
टाटाको नयाँ गाडी योद्धामा अझ धेरै पिकअफ, दसैंका लागि आकर्षक अफरहरु
काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सको नयाँ पिकअप गाडी टाटा योद्धा आकर्षणको विषय बनेको छ । यसको मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङका बिक्रेता शशिला मोटर्सका सेल्स अफिसर कृष्ण अर्यालका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।सिप्रदीले यसलाई तीन महिना अगाडी नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको अर्यालले बताए । उनले भने, ‘डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो ।’ तीन लिटरको डिजल इञ्जिन भएको योद्धा कच्ची सडकका लागि उपयुक्त रहेको अर्यालले जानकारी दिए । यसले ८६ एचपी पावरका साथै २५० एनएम टर्क दिन्छ । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । यस्ता छन् अफरहरु टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस तथा एमएचसी ट्रकको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।
सुजुकीले ल्यायो ‘डवल मज्जा’ अफर, गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । भृकुटीमण्डपमा मंगलबारवाट शुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो । नाडा अटो शो मार्फत कम्पनीले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शोरुमहरुवाट समेत उपलब्ध हुने छ । ‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्ट्रेशन निशुल्क उपलब्ध गराउने रहेका छन् । यसवाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।