हानकुक टायर अब नेपाली बजारमा, सवारीसँगै स्पेयर पार्ट व्यापारमा जम्दै लक्ष्मी ग्रुप
काठमाडौँ । काेरियाली उत्पादन हानकुक टायर नेपाली बजारमा अाएकाे छ । लक्ष्मी ग्रुपकाे भगिनी संस्था एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएस्एस्) ले उक्त टायर नेपालमा ल्याएकाे हाे । एलएच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो । हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी विस्तार भएकाे प्रमुख टायर निर्माण ब्राण्ड हो । उक्त टायर साेमबार लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कम्पनीकाे उच्च पदाधिकारी र हानकुकका प्रतिनिधिहरूले संयुक्त रूपमा अनावरणा गरेका हुन् । हानकुक टायरले उच्च इन्धन क्षमता, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिने कम्पनीले जनाएकाे छ । एलएचएस्एस्ले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ । २०१८ मा हानकुक टायरले लक्ष्मी समूहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवाप्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको जनाएकाे छ । कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागि एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडी बढेको छ ।लक्ष्मी समूह एक स्थापित व्यवसायिक कम्पनीहरुको समूह हो । लक्ष्मी ग्रुप अन्तरगतका भगिनी कम्पनीहरूले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरी बिक्री वितरण गर्दै अाएका छन् । यस ग्रुपले हुण्डाइ माेटरकाे व्यापारमा सफलता चुमेपछि ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा हात हालेकाे छ । पाेखराबाट चकलेट र डेरी उद्याेगबाट उदाएकाे लक्ष्मी ग्रुपले पछिल्लाे दशक व्यापार, सेवा र उद्याेगका क्षेत्रमा लगानी विस्तार गरेकाे छ ।
सोमबारदेखि हुण्डाईको फ्री चेक अप क्याम्प शुरु, हेराैँ कँहा कँहा हुँदै छ ?
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले “हुण्डाई हाईवे एसुरेन्स” योजना गरेको छ । उक्त योजना अन्तर्गत हुण्डाई गाडिहरुका लागि फ्री चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्री चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमाआफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी यो कार्यक्रममको आयोजना गरेको हो । यस फ्री चेक अप क्याप मा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्री चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट कुल्यान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड(काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५कि.मी. उत्तरतर्फ), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्री चेक अप क्याप पोइन्टको स्थापना गरीेएको छ । यो कार्यक्रम असोज २९ देखी ३१ गतेसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
फोर्डले गर्यो एकै दिनमा १०० वटा गाडीहरु हस्तान्तरण
काठमाडौं। गो फोर्डले आफ्ना ग्राहकवर्गको माग उच्च तवरले पूरा गर्न एकै दिनमा आज १०० वटा नयाँ गाडीहरु आफ्ना ग्राहकवर्गहरुलाई हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाओस् भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको हो । बजारमा फोर्ड गाडीको उच्च माग छ र घटस्थापनाको शुभ दिनमा हामीले नेपालभरीका आफ्ना डिस्ट्रिव्यूटर्सहरुको माध्यमबाट १०० वटा गाडीहरुको हस्तान्तरण गरेका छौ, जसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तातरण गरिएको छ । ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् । साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउनेछन् ।