टाटा मोटर्सको तेस्रोे ग्लोबल सर्भिस क्याम्प शुक्रबारसम्म, निःशुल्क ड्राईभिङ्ग तालिम पाइने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले मंसिर १४ गतेसम्म ग्लोबल सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । मंसिर १२ गतेदेखि शुरु भएको उक्त क्यापको उद्घाटन टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङ प्रा. लि. का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राले संयुक्त रुपमा गरेका हुन् । उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले यस वर्ष पनि ४६ देशहरुभन्दा उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन् । गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्र लगायत नेपालका ३८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु छन् । सिप्रदी ट्रेडिङ्गले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुति टाटा विङ्गर मिनि बसको औपचारिक उद्घाटन गरी साथै साँचो हस्तान्तरण गरेको छ । त्यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, शिखर इन्सुरेन्स, एपोलो टायर आदि ब्राण्डहरुले सहभागिता जनाए । सो अवसरमा टाटा योद्घा एक वर्ष भित्र एक हजार भन्दा माथि गाडि बिक्रि वितरण गरिएको पनि जानकारी गराए । त्यसैगरि, बालबालिकाको सुरक्षित विद्यालय यात्रालाई ध्यानमा राखि एक सन्देश मुलक भिडियो पनि रिलीज गरिएको थियो । देशका विभिन्न कुनामा भएका मेकानिकलाई निःशुल्क गाडि मर्मत तालिम दिई, अझ सक्षम बनाउनका लागि स्किल अप कार्यक्रमको घोषणा पनि गरिएको थियो । विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा तेस्रोे संस्करण हो । आर्कषक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् ।

हेबी इक्युपमेन्टमा बैंकले लिने व्याज निकै महँगाे भयाे-विष्णुकुमार अग्रवाल

एमएडब्लु अाेटाेबाेवाइल क्षेत्रकाे चर्चित नाम हाे । यस कम्पनीले माेटर साइकल, स्कूटर, कार, जीपका साथै हेविइक्वीप्टमेन्ट पनि बेच्दै अाएकाे छ । प्रस्तुत छ  पछिल्लाे समय नेपालमा किन हेबी इक्युपमेन्ट माग कस्तो छ ? बजार कस्ताे छ ? भन्ने विषयमा एमएडब्लुका कार्यकारी निर्दैशक विष्णु अग्रवालसँग विकासन्युजले गरेको कुराकानी । हेबी इक्युपमेन्ट बजार कस्ताे छ ? पूर्वाधार निर्माणको क्रियाकलाप बढ्दै जाँदा ठूला निर्माण सामग्री हेभी इक्युपमेन्टको बजार पनि फराकिलो बन्दै गएको छ । ठूला पूर्वाधार निर्माणमा हेभी इक्युपमेन्टको प्रयोग अनिवार्य हुने भएकोले पनि यसको माग बढ्दै गएको हो । हामीले जेसीबीका डाेजर, लाेडर, राेलर, व्याकुलेडर लगायत सामाग्रीहरू बेच्दै अाएका छाैं । पछिल्लाे समय सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएकाे छ । यसले बजार विस्तारमा झनै सहयाेग पुग्ला, हाेइन ? मैले अघि पनि भनेँ, नेपाली बजार बढ्नु भनेको हाम्रो लागि एकदमै महत्वपूर्ण अवसर हो । अहिले पूर्वाधार विकासको कामले तीव्रता पाएकाले हेभी इक्युपमेन्टको बजार बढ्ने क्रममा छ । यस्तोमा नेपाली बजार हाम्रो लागि साँच्चै नै महत्वपूर्ण छ । आशा गरौं नेपाल सरकारले पूर्वाधार विकासमा दिइरहेको प्राथमिकताले हाम्रो बजार अझ बढ्नेछ । जेसीबीकाे बजार कस्ताे छ ? सबैलार्इ थाहा छ जेसीबी ब्राण्ड विश्वकाे अग्रणी ब्रण्ड हाे । नेपालमा पनि याे ब्रण्डलार्इ धेरैले मन पराउनु भएकाे छ । नेपालकाे बजारमा सबैभन्दा ठूलाे हिस्सा हामीले लिएका छाैं । हामीले हाम्रा प्रडक्टलार्इ बिक्रीमा मात्र जाेड दिएका छैनाै । बिक्रीपछिकाे सेवा, पार्टसकाे उपलब्धतालार्इ बढी जाेड दिएका छाैं । विक्री, सेवा र स्पेयर्स पार्टस् एउटै स्थानमा उपलब्ध गराउन एमएडुब्लुले धेरै लगानी गरेकाे छ । डाेजर र रोलर छ । पूर्वाधार विकासको लागि अत्याधिक खर्च गर्नेमा पर्ने भएकोले यी उत्पादन नेपालको विकासका लागि अभिन्न अंग बन्न सक्ने विश्वास छ । हाम्रो मुख्य प्राथमिकता भनेको हाम्रा ग्राहकसँगको सम्बन्धलाई सुमधुर बनाइराख्नु हो । हाम्रो सेवा मेशिन बेचिसकेपछि सकिँदैन । बिक्रीपछिको सुविधा पनि हाम्रो दायित्वभित्र पर्दछ । जसको लागि हामी विश्वसनीय सामान बेच्नुका साथै हाम्रा डिलरसँग पनि निरन्तर सम्पर्कमा हुन्छ । सामान किनेपछि ग्राहकलाई कुनै समस्या नहोस् । बैंकहरूमा लगानी याेग्य पुँजी छैन भन्ने समाचार अार्इरहेकाे हुन्छ । हेबी इक्युपमेन्ट खरीदमा बैंकले कर्जा कतिकाे दिएका छन् ? बैंकले हेभी इक्युपमेन्टकाे मूल्यकाे ७० प्रतिशतसम्म लागनी गरिरहेका छन् । केन्द्रीय बैंकले यस क्षेत्रमा गरिएकाे लगानीलार्इ सकारात्मक सूचिमा राखेकाे छ । अरू अटाेमाेवाइल जस्ताे याे क्षेत्रमा कर्जा लगानीमा सरकारले कडा नियम बनाएकाे छैन ।  तर बैंकहरूले दिने कर्जामा १२ देखि १६ प्रतिशतसम्म व्याज लिने गरेका छन् । पूर्वाधार निर्माण र उत्पादन वृद्धिमा सहयाेग गर्ने यस्ताे क्षेत्रमा जाने कर्जामा सरकारले अरू क्षेत्रलार्इ जस्तै ५ प्रतिशत अनुदान दिएर ७ प्रतिशतमा कर्जा पाउने व्यवस्था हुनुपर्छ ।  

मजदुरको धम्कीपछि बजाजको रात्रिकालिन सर्भिस सेन्टर बन्द

काठमाडौं । मजदुर युनियनको धम्कीपछि बजाजले आफ्नो रात्रीकालिन वर्कशप बन्द गरेको छ । बजाज मोटरसाईकलको नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको गुसिंगालमा रहेको रात्रीकालिन वर्कशप बन्द गरेको हो । गुसिंगालमा रहेको वर्कशपमा क्रियाशिल अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच बजाज कमिटीले व्यवस्थापनलाई पत्र लेख्दै मंसिर ११ गतेदेखि रात्रीकालिन सेवा बन्द गर्ने बताएको थियो । मजदुरहरुले रात्रीकालिन सेवा बन्द गर्ने घोषणा गरेपछि कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।