कम्पनीको क्षमता बढाउन फोर्डको नयाँ रणनीति, १४ अर्ब डलर खर्च कटौती गर्ने
बिबिसी, न्युयोर्क । अमेरिकाको बहुराष्ट्रिय गाडी निर्माण कम्पनी फोर्ड मोटर्सले खर्च कटौती गरेर कम्पनीको क्षमता विस्तार गर्ने भएको छ । फोर्डका सञ्चालक जीम ह्याकेटले कम्पनीलाई अझ बढी प्रतिस्पर्धी बनाउन १४ अर्ब डलर खर्च कटौतीको योजना सार्वजनिक गरेका छन् । उनले खर्च कटौती गरेर कम्पनीको क्षमतामा विस्तार गर्ने बताएका छन् । विभिन्न स्वचालीत उत्पादनको प्रकृयामा यो रकम बराबरको खर्च कटौती हुने उनले जानकारी दिएका छन् । ह्याकेटका अनुसार परम्परागत कारलाई एसयुभी’एस तथा ट्रक सेग्मेन्टका गाडीले विस्थापित गर्नेछ । विद्युुतीय उर्जा तथा प्राविधिक सेवाका क्षेत्रमा लगानी गर्न सकिने उनले जानकारी दिएका छन् । ह्याकेटले १०० दिनको समिक्षापछि यस्तो निश्कर्ष निकालेका हुन् । उनी गत मेमा मार्क फिल्डलाई विस्थापन गरी प्रमुख कार्यकारीको जिम्मेबारी लिएका हुन् । जसको तीन वर्षको कार्यकाल अत्यन्तै राम्रो थियो । त्यो समयमा कम्पनीहरु २ वर्षसम्म धेरै नै फाइदामा गएको इतिहास छ, तर सेयर मुल्य भने धरै घटेको थियो । अन्य कम्पनीका तुलनामा फोर्डले गति लिन नसकेकोमा लगानीकर्ताको भनाई छ । कम्पनीले प्रतिष्पर्धामा आउन स्वचालित कारमा लगानी गर्नुपर्ने देखिएको उनको ठहर छ ।‘हामीले प्रविधि सम्बन्धी कम्पनी नियालिरहेका छौं । हामी आफ्नो तर्फबाट कम्पनीका लागि आवश्यकता अनुसार अनुभवहरुको सदुपयोग गर्न तत्पर छौं’, ह्याकेटले भने । गत मंगलबार न्यू्योर्कमा लगानीकर्तासँगको बैठकमा बोल्दै उनले कम्पनीलाई विभिन्न बाधा अड्चनबाट सुरक्षित राख्न दुरुस्त राख्न आवश्यक रहेको बताएका छन् । कम्पनीको उत्पादन प्रकृयालाई सहज र स्वचालित ढंगले अघि बढाउने र एसयुभी तथा ट्रक जस्ता सफल उत्पादनमा ७ अर्ब डलर लगानी गर्ने उनले सुनाए । फोर्डले परम्परागत कारलाई छोडेर पिकअप र एसयुभिमा जोड दिने भएको हो । यसले आफ्ना गाडीलाई प्रविधीमैत्री बनाउने रणनीति तयार पारेको छ । ‘बिल्ट विथ कनेक्टीभीटी’ अवधारणा अनुसार फोर्डले यसका ९० प्रतिशत गाडीलाई सन् २०२० सम्ममा बिक्री गर्ने योजना बनाएको छ । कारमा भएको सहज सुविधाले उपभोक्ताको ब्राण्डसँगको आकर्षण बढाउने कम्पनीको दाबी छ । आगामी दिनमा कम्पनीले नयाँ किसिमका व्यवसायसँग सम्बन्धित गाडीहरुमा लगानी गर्नेछ । कम्पनीले वर्षको अन्ततिर उत्पादन विस्तार गर्ने उद्देश्यले प्यासेन्जर सेग्मेन्टका गाडीहरु सञ्चालनमा ल्याएको थियो । यसले भारत, चीन लगायतका मुलुकमा पनि साझेदारी गरिरहेको छ । यद्यपी ब्रेक्जीट र पाउण्डमा आएको गिरावटका कारण युरोपमा सञ्चालन गर्नका लागि भने कम्पनी अझै सशंकित देखिएको छ ।
महिन्द्राको नयाँ शोरुम नक्शालमा, पिक अप गाडी मात्र पाइने
काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले नयाँ शोरुम नक्शालमा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राको चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठु र इन्टरनेशनल अपरेशनका उपाध्यक्ष सन्जय जादवले गरेका छन् । ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अझै बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ । अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एम् यु भि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक विक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।
१० वर्षभित्र विद्युतीय सवारी साधन चलाउन प्रस्ताव
काठमाडाै । सांसद गगनकुमार थापाले काठमाडाैं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ । प्रस्तावमा सन् २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणलाई जनस्वास्थ्य संकटका रुपमा लिएको तथा प्रदूषणमा करिब ६० प्रतिशत हिस्सा गाडीको धुवाँका कारण भएको बताइएको छ । –––