धोवीखोला करिडोरमा टोयोटाद्वारा वृक्षारोपण

काठमाडौँ । नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो । आनन्दनगर धुम्बाराही बैजनीपुलदेखि पहेँलो पुलसम्मको धोवीखोलाकरिडोरका दुवै तर्फ सो बिरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएकाविरुवा करबीरका हुन् । धेरै अग्लो नहुने करबीर जातकाविरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुलफुल्ने जातको विरुवाहो । टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पूग्ने कम्पनीले विश्वास लिएको छ । उक्त वृक्षा रोपण कार्यक्रममाप्रदेश सांसदहरुज्युहरु नारायन सिलवाल, सीता अधिकारी तथा बैद्य अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो । सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।

रेनल्टको कारोबारमा कमी, नाफा १ अर्ब १० करोड अमेरिकी डलरमा समेटियो

पेरिस, फ्रान्स । फ्रान्सको प्रसिद्ध कार कम्पनी रेनल्टको कारोबारमा सन् २०१९ को पहिलो छ महिनामा अत्याधिक गिरावट आएको उक्त सवारीसाधन निर्माण कम्पनीले जनाएको छ । रेनल्टले आफ्नो कारोबारमा देखिएको वर्तमान् सङ्कटलाई जापानी कम्पनी निस्सानसँगको सहकार्यका क्रममा गत बर्षदेखि देखिएको विवाद जिम्मेवार रहेको बताएको छ । रेनल्टले शुक्रबार एक विज्ञप्ति जारी गरी कम्पनीको खुद् नाफामा गत बर्षको तुलनमा झण्डै आधा रकमको गिरावट देखिएको बताएको छ । विज्ञप्ति अनुसार रेनल्टको यस बर्षको जनवरीदेखि जुनसम्मको खुद नाफा एक अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । जबकि सन् २०१८ को सोही अवधिमा उक्त कम्पनीको नाफा एक अर्ब ९५ करोड २० लाख अमेरिकी डलर रहेको थियो । “आम्दानीमा निस्सानको योगदानका कारण व्यापक गिरावट आएको छ,” फ्रान्सेली सवारीसाधन निर्माण कम्पनीले भनेको छ । जापानी कम्पनी निस्सानमा रेनल्टको ४३ प्रतिशत शेयर रहेको छ । निस्सानले चौमासिक नाफामा नाटकीय कमी आएको जनाउँदै यसै हप्ता १२ हजार ५०० रोजगारी कटौतिको घोषणा गरेको थियो । निस्सानले आफ्नो कम्पनीका पूर्व प्रमुखको पक्राउ र निस्सानद्वारा उत्पादित गाडीकोे खस्किएको बजारका कारण भएको कमजोर व्यापार नै कारोबार रकममा आएको गिरावटको कारक भएको जनाएको छ । गत बर्ष फ्रान्सेली कार कम्पनी रेनल्टको नाफामा निस्सानले आठ अर्ब पाँच करोड यूरोको योगदान गरेको जापानी सवारीसाधन निर्माता कम्पनी को दावी छ । रासस÷एएफपी

अशोक लेलैण्डका गाडी किन्दा गरिमा विकास बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा गरिमा विकास बैंक लिमिटेडबाट पाउने छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका हुन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।