हिरोको चौंथो र पाँचौं विजेताको नाम घोषित, दुबैले जिते १/१ लाख रुपैयाँ नगद

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले आफ्नो योजना अन्तर्गतको चौंथो र पाँचौं विजेताको नाम घोषित गरेको छ । कम्पनीकाे गत दशै र तिहारको उपलक्ष्यमा “यो दशै र तिहारमा भाग्य मनि भए”भन्ने नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा चौंथो विजेता राम सुनेश चौधरी र पाँचौं विजेता अविनय ढुङ्गाना भएका छन् । साथै, यस योजना अन्तर्गत  दुबै विजेताले एक/एक लाख रुपैयाँ नगद जितेका छन् । साथै, यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने कम्पनीले बताएको छ । त्यस्तै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।

गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कल मै आइपुग्छ मर्मत टोली

काठमाडौं । के तपाई गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कलमै गाडी मर्मत टोली गाडी बिग्रेकै स्थानमा आइपुग्ने छन् । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवा सँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा) ले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुरु गरेका थिए । बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मतगर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र लागु गरिएको छ भने भविष्यमा क्रमशः नेपाल अधिराज्य भरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । बालाजु अटोवर्कका सर्भिस हेड शिब सुदन श्रेष्ठले बिक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित बालाजु अटोवर्कका दक्षप्राविधिकहरुले मोबाइल सर्भिस भ्यान/मोबाइल वाईक मार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन् ।

सुजुकी मोटरसाइकलको नयाँ शोरुम पोखरामा

काठमाडौं । नेपालका लागि आधिकारीक आयातकर्ता भिजी अटोमोवाइल्सको पोखरा क्षेत्रको लागि आधिकारीक विक्रेता हिमालय अटो वर्ल्डले पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन व्यवसायी तथा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले गरेका हुन् । कार्यक्रममा पालिखेले सुजुकी मोटरसाइकल तथा स्कुटरको नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा छिटो छरितो हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । उक्त उद्घाटन समारोहमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको जानकारी गराए । हाल सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५ तथा मोटो जिपि १५५ र एक्सिस १२५ सिसिका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध रहेका छन् । हाल बजारमा आएको १२५ सी सी सेग्मेन्टमा नेपालकै एक मात्र स्कुटर एक्सिस भएको कम्पनीले जनाएको छ । उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हेडलाइट, प्रोसस्पेन्सन सक साथै पाँच बर्ष सम्मको इन्जिन वारेन्टि सुविधा समेत रहेको जानकारी दिए । साथै, सम्पूर्ण नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा सरल सुलभ दरमा स्पेयर्स उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता रहेको छ । कार्यक्रममा हिमालय अटो वर्ल्डकी प्रोप्राइटर मिलन थापाले प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराउने बताएका छन् ।