हेटौँडा-काठमाडौं चल्ने सुमोमा जोरबिजोर प्रणाली

हेटौँडा । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोरबिजोर प्रणालीमा सुमो सञ्चालन हुने भएको छ । स्थानीय व्यवसायीले सवारी सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा बसेको बैठकले गत आर्थिक वर्षमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा निर्णय भएको भन्दै जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो । समस्या समाधानका लागि बसेको बैठकमा फाखेल तथा सिस्नेरी मार्गमा जोर विजोर प्रणाली लागू गरी सुमो सञ्चालन गर्ने यसअघि निर्णय भएकोमा यसलाई निरन्तरता दिई कार्यान्वयन गर्ने निर्णय भएको हो । त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी ईन्द्रसरोवर गाउँपालिकाका ग्रामीण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक सञ्चालन गर्न पाउने बताइएको छ । गर्मीयाममा बिहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि, जाडो याममा बिहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रकप्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं –२ वडाध्यक्ष राजुमान महर्जन, ३ नं- अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरे लगायतको सहभागिता रहेको थियो ।

बिक्री शुरु भएको छोटै अवधिमा बिक्री भए २२२ निसान किक्स

काठमाडौँ । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री बितरण शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ । नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको कम्पनीले जनाएको छ । अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिदै गएका छन् र भविष्यमा यसले नयाँ कीर्तिमान कायमगर्ने विश्वास गरिएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनीय सफलता प्राप्त गरेको जनाइएको छ । यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको बताइएको छ ।

टाटा मोटर्स कार्निभल सम्पन्न, बुकिङ भए १०३ थान नयाँ गाडी

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष टाटा मोटर्स कार्निभलका रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानएको छ । उक्तकार्निभल ४ दिन सम्म चलेको थियो । बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडी हेर्न र किन्नका लागि यो कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । यस अवधिमा कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भई लाभ समेत लिएका छन् । यो कार्यक्रमले सुस्ता भइरहेको अटोमोबाइल बजारलाई जागरुक बनाएको टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखी बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।