सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडाैं । निजी सवारी किन्न चाहानेहरूकाे लागि खुशीकाे खबर छ । नाडा अटाे शाे र दशैंतिहारकाे अवसरमा बैंकहरूले सवारी कर्जा (अटाे लाेन) काे ब्याज घटाएका छन् । साथै, सवारी किन्दा मूल्यकाे ८० प्रतिशतसम्म कर्जा दिने र माग गरेकाे एक दिनमा नै उपलब्ध गराउने बैंकहरूले जनाएका छन् । एनएमबी बैंकले ९.९ प्रतिशत ब्याजमा गाडी मूल्यकाे ८० प्रतिशतसम्म कर्जा सुविधा दिने जनाएकाे छ । यस्ताे सुविधा विद्युतीय गाडीमा मात्र दिइने बैंकले जनाएकाे छ । कर्जा माग भएकाे एक दिनमा नै कर्जा स्वीकृत गरिने र कर्जा भुक्तानी गर्ने अवधि ताेकिएकाे भन्दा अगाडि नै भुक्तानी गर्न चाहेमा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । यस्ताे कर्जा लिने ग्राहकलाई बैंकले एनएमबी भिजा प्लाटिनम क्रेडिट कार्ड निःशुल्क दिने भएकाे छ । सिभिल बैंकले बेसरेटमा नै अटाे कर्जा दिने भएकाे छ । उसले पनि ग्राहकलाई ५० देखि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिएकाे छ । त्यति मात्र हाेइन, यस बैंकले अटाेलाेन लिने ग्राहकले चाहेमा २ लाख रूपैयाँसम्मकाे ओभरड्राफ्ट सुविधा दिने भएकाे छ । बैंकले  उपभाेक्तालाई अतिरिक्त सुविधा त दिएकाे छ, तर राष्ट बैंककाे नियमकीय दृष्टिमा यस्ताे कर्जा गलत हुन सक्छ । एभरेष्ट बैंकले ९ दशमलव ६६ प्रतिशतमा अटाेलाेन दिने भएकाे छ । यस बैंकले जुनसुकै सवारी  किने पनि ७ वर्ष अवधिकाे कर्जा दिने र ब्याज ६.६६ प्रतिशत मात्र लिने जनाएकाे छ । वाणिज्य बैंकलाई पछ्याउदै विकास बैंकहरूले पनि सवारी कर्जालाई प्राथिमकता दिएका छन् । गण्डकी विकास बैंकले ११.४८ प्रतिशतमा र  साग्रिला डेभलपमेन्ट बैंकले ११.६६ प्रतिशतमा सवारी कर्जा दिने जनाएका छन् ।

महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले मंगलबारदेखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप प्रदर्शन गर्ने भएको छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्धहुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९,७५,०००/– र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६,५०,०००/– त्यस्तैगरी डिजेलमा डब्लु ४वर्गका लागि रु ४१,२५,०००/–, डब्लु ६वर्गका लागि रु ४५,००,०००/–, डब्लु ८वर्गका लागि रु ५१,५०,०००/– र डब्लु ८ (अफ्सनल)वर्गका लागि रु ५७,२५,०००/– तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरी रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ । यो एसयूभी६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज,पर्ल ह्वाइट, नपोलीब्लाक, डी–स्याट सिल्भर माउपलब्ध छभने एक्वा मरिनर तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधाप्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्चगति र जोशकालागितपाईको आवश्यकता पूरा गर्छ । यस पटकको नाडा अटो शोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । मराजोएम ६ को मूल्य रु ५८,२०,०००/– र एम ८ को मूल्यरु ६४,३०,०००/– तोकिएको छ ।

बजाजको ‘इन्ट्रासीटी दिमाग डामाडोल’ योजना

काठमाडौँ । बजाज थ्री ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशैँ, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ । यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा ३२ इन्च सामसङ्ग टिभी पाउनुका साथै ४० हजार किमीसम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निःशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि एएमसी पाउने छन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बीमा र ५ लाखको स्वास्थ्य बीमा पाउने छन् ।