नाडाले भन्यो-कालोबजारी र ठगी गरेका छैनौं
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसनले कालोबजारी तथा ठगी नगरेको स्पष्ट पारेको छ । एसोसियसनले विज्ञप्ति प्रकाशित गरेर आर्थिक ऐन अनुसार बिक्रि मूल्य प्रत्येक चार।चार महिनामा प्रकाशित गर्दै आएको बताउँदै भनेको छ–एसोसियसनका कुनै पनि सदस्यले मुनाफाकै कारण कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउँदछौं । प्रशासनले २०३२ सालमा बनेको कालाबजार तथा केहि समाजिक अपराध ऐनका आधारमा छानविन गरिएको भन्दै एसोसियसनले आपक्ति समेत जनाएको छ । एसोसियसनका सदस्यहरुको आय व्यय विवरण हेर्ने ठुला करदाता कार्यालयको अधिकार क्षेत्र रहेको र सो कार्यालयमा पेश गरिएको विवरणमा व्यवसायीले काला बजारी नगरेको पनि बताएको छ । अन्त शुल्क, भन्सार, मूल्य अभिवृद्धि कर, लागत खर्च, बैंकको ब्याजदर, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका आधारमा आफुहरुले सवारी साधनको बिक्रि मूल्य तय गरेको समेत एसोसियसनले स्पष्ट पारेको छ ।
महिन्द्रा टु ह्वीलरको केयर क्बल अन्तर्गत विशेष सुविधा, निःशुल्क सर्भिसिङ्ग गर्न सकिने
काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था मिलाएको छ । यो सुविधा माघ १७ गते देखि सुचारु गरिएको छ । साथै, माघ १९ गतेसम्म ३ दिनका लागि काठमाडौं, सामाखुसीको सर्भिस सेन्टरमाफ्रि सर्भिसिङ्गको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि मिलाएको छ । आफ्ना ग्राहकहरुलाई विक्री पछिको गुणस्तरीय एवं जिम्मेवार युक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो । यस क्लवमा आवद्ध भए पछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्नेछन् । कम्पनीका अनुसार यसका अतिरिक्त जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्ने छ । यसका साथै सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित वस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट १२०० (भ्याट सहित) रुपैयाँ तिरी यो विशेष सदस्यता लिन सकिने कम्पनीले जनाएको छ ।
अशोक लेलैण्डको ‘क्याप्टेन’ टिपर नेपाली बजारमा, चालकलाई आरामदाई क्याबिनका साथै सवारी सञ्चालन लागत कम गर्ने
काठमाडौं । अशोक लेलैण्ड लिमिटेडको व्यवसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रालिले नयाँ “क्याप्टेन” टिपर नेपाली बजारमा लन्च गरेको छ । आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक एक भगिनी संस्थाले सोमबार बौद्धको होटेल हयात रेजेन्सीमा एक कार्यक्रम गरी नेपालमा उक्त टिपरको बिक्री वितरण शुरु गरेको हो । उक्त कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजक थुरियाको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार अशोक लेलैंडको क्याप्टेन सिरिजका गाडीहरुमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेको छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्नेछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चालकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्ने कम्पनीको विश्वास रहेको छ । क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्यदक्षतार चालकलाई आरामदाई क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ । क्याप्टेन सिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम, विश्वसनीयतार कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको छ । क्याप्टेन सिरिजका ट्रकहरुतथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् । कार्यक्रममा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डको नयाँ क्याप्टेनले ग्राहकहरुको अपेक्षालाई सर्वोपरी गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रबाह गर्दै आएको छ ।