सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्बन्धी सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् । सांग्रिला बैंकले सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्बाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । यसरी, भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकका ग्राहकहरुले स्टल न इ२० बाट पनि थप जानकारी पाउन सक्नेछन् ।
यामाहाको नेकेड बाइक ‘एमटी १५’ सार्वजनिक, मूल्य ४ लाख
काठमाडौ्र । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई नेपालमा सार्वजनिक गरेको छ । यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ, भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ । ‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि लोकप्रिय छन् । हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी १५ मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी १५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’ को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित गरेको कम्पनीले जानकारी दिएको छ । नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ । नयाँ एमटी १५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीएसहितको फ्रन्ट डिस्क छ । जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो छ र यसकारण मोटरसाइकलिङको नयाँ ट्रेन्ड सुरु भइसकेको छ । एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तर्राष्ट्रिय बजारमा चर्चित एमटी डीएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ, भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपीएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ ।
हुण्डाई भेन्युको प्रवद्र्धन योजना सार्वजनिक, ‘टेष्ट ड्राइभ गर्ने ग्राहकलाई डोमेष्टिक होलिडे प्याकेज’
काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई भेन्यु गाडीको लागी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुण्डाई शोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्ने छन् । लक्की ड्र अन्तर्गत ३ जोडी यो होलिडे प्याकेजको लागी छानिने छ । हुण्डाई भेन्यु लेडिजिटल योजना पनि सार्वजनिक गरेको छ, यसमा सहभागिले हुण्डाई भेन्युसंगको फोटो आफ्नो फेसबुक मार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सक्ने कम्पनीले जनाएको छ ।