एचएच बजाजको नयाँ शोरुम तनहुँमा, ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास

तनहुँ । एचएच बजाजको नयाँ शोरुम तनहुँमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो कार्यलाई थप अघि बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका एक्जुकेटिभ डाइरेक्टर आयुषमान गोल्छाले भने, ‘हामी तनहुँमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं ।’ ग्राहकहरुको बढ्दो मागका कारण हामीलाई तनहुँमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो, यो विस्तारसँगै तनहुँका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन्–उनले भने ।

ग्लोरी–५८० मोडलको एसयूभी नेपाली बजारमा

काठमाडौँ । नेपाली बजारमा ब्राण्ड डोड्फेड सकोन(डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । नेपालको लागि उक्त गाडी कुजु नेपाल प्रालिले भित्र्याएको हो । उक्त गाडीको बिक्री विहीबार देखि नै शुरु भएको छ । डीएफएसकेको ग्लोरी–५८० को कम्प्याक एसयूभीमा १.५ लिटर टर्बोचाज्ड इञ्जिन रहेको छ । जसमा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । नेपाली बजारमा यी एसयूभीहरु इण्डोनेशियाली प्लान्टबाट उत्पादन भएका हुन् । ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसन उपलब्ध रहेको छ । यसको मूल्य ६२ लाख ८० हजार रुपैयाँदेखि ६९ लाख ९९ हजार ५ सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । गाडी बिक्रीपछिको सेवालाई मध्येनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

होण्डा ‘सम्बन्ध सपनाहरुको’ विजेता घोषित, काभ्रेका विशालले जिते ५० लाख बम्बर उपहार

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा दशैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरुको’को विजेता घोषित गरेको छ । २५ माघदेखि २५ फागुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।