अग्नि मोटो इन्कद्धारा हेटौडामा मोजो बाइकको बिक्री वितरण शुरु
हेटौडा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले मोजो बाइक हालै हेटौडामा आफ्नो आधिकारीक विक्रेता भिजन मोट्र्स माफर्त बिक्री शुरु गरेको छ । महिन्द्राको मोजोले अब हेटौडामा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास गरेको छ । कम्पनीका अनुसार महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सीसी इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ विएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रदान गर्छ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ ।
बुटबलमा ३०० सिसिकोे मोजो बाइकको बिक्री शुरु
बुटबल । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्निमोटो इन्कले बुटबलमा मोजो बाइकको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आधिकारीक विक्रेता श्री पाल्पा भैरब अटोसेन्टरमाफर्त ३०० सिसिको मोजो बाइकको बिक्री शुरु गरेको हो । महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुतगर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।
जगदम्बा मोटर्सको एक्टिभेसन अभियान भोलिसम्म, सहभागी आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने
काठमाडौं । जगदम्बा मोटर्स, टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरकले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि माघ २६ देखि फागुन १ गतेसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको छ । एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा माघ २६ गते र सिटी सेन्टरमा माघ २७ र २८ गते आयोजना गरियो । यसैगरि, सहभागीहरुले लाबीम मलमा यहि माघ २९ र फागुन १ गते सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्ने कम्पनीले जनाएको छ । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो पश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट फागुन ८ गते सम्ममा प्राप्त गर्नेछन् ।