नयाँ वर्षको अवसरमा महिन्द्रा टु ह्वीलले ल्यायो विशेष योजना, स्क्र्याचमा २०७५ गुणा रकम छुट
काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै नयाँ वर्ष २०७५ को उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । सो अवसरमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५ देखि १०० सम्मलाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्नुहुने छ । अग्नि ग्रुपको बारेमा सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।
महिन्द्राको नमुना वर्कसप हेटौडामा, अत्याधुनिक सेवा सुविधा दिने
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले हेटौडामा एउटा नमुना वर्कसपको निर्माण गरि सञ्चालनमा ल्याएको छ । उक्त वर्कसप साना र ठुला गाडीहरुका लागी उपयुक्त हुने छ । दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बढेको महिन्द्राको सोही वर्कसपको उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्ध निर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्यका गलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि.) ले संयुक्त रुपमा गरेका छन् । ग्राहकहरुलाइ थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजनाअन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको हो । सोही वर्कसप ६८०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जँहा सात वटा सर्वीस वे सहीत ६०० बर्ग फीट क्षेत्रफल पार्कीङ्गका लागी, ३०५० बर्ग फीट गाडीहरु वासीङ्गका लागी, अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्ने भएको छ । आधुनिक मर्मत कार्यलाइ प्राथमिकता दिँदै यस वर्कसपमा ग्राहाकहरुका लागी ठुलो लाउन्ज, ड्राइभर रीटाइरीङ्ग लाउन्ज र लकरको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।हाल महिन्द्रको २० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर रहेका छन् । यसका साथै, कम्पनी थप अझ अरु महिन्द्रका सेवा सुविधाका संरचना निर्माणका लागी लागी परेको बताएको छ ।
आइएमइ मोटर्सद्धारा अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद
काठमाडौं । आइएमइ ग्रुप अन्तर्गतको आइएमइ मोटर्स प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद गरेको छ । कम्पनीले सो मात्राको बस खरिद गर्ने सम्बन्धमा साझा यातायातसँग सम्झौता गरेको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमइ मोटर्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीबीच सम्झौता पत्र आदान–प्रदान भएको थियो । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधिकन्ट्री मेनेजर टोनीगुइन पनि उपस्थित थिए । भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथसाथै अशोक लेलैण्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेलैण्डका बसहरु वातावरण मैत्री तथा अपाङ्ग मैत्री रहनेछन् । कार्यक्रममा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा अरब्यान ट्रन्सपोर्टको कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिका भित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधन प्रयोग घट्ने र ट्राफिक समस्या कम हुने छ” । साथै उनले उक्त गाडीहरु काठमाडौं भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने समस्या हट्ने बताएका छन् । अशोक लेलैण्डको नेपालका लागि अधिकारिक बिके्रता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।