यो हो नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो कार, मूल्य कति ?
काठमाडौं । भक्सवागनको नेपालका लागि आधिकारीक विक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले जर्मन अटोमेकर कम्पनीको विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने भक्सवागनका कारहरुमध्ये पोलो १.० ट्रेडलाइन प्लस सवैभन्दा सस्तो मोडेल रहेको छ जसको बजारमूल्य रु.२८ लाख ४५ हजार तोकिएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स, एबीएस सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् । त्यसैगरी, अन्य फिचरहरुको रुपमा यो कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्री जस्ता कुराहरु रहेका छन् । यसमा प्रयोग भएको ९९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७५ पिएसको पावर र ९५ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.७८ केएमपीएल माइलेज दिन्छ । यसरी, ५ सिटर यो कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९७१ मिलिमिटर, चौडाई १६८२ मिलिमिटर र उचाई १४६९ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यसकारको खरिदमा रु. १,५५,००० छुट दिइएको छ भने एडिस्नल एक्सेसरीजका रुपमा रियरभ्यू क्यामरा र पावर विन्डोजस्ता फिचरहरु पनि दिइएका छन् । भक्सवागनको नेपालमा विक्री भइरहेको सबैभन्दा महँगो मोडेल चाहिँ टिगुवान हाइलाइन एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु.१ करोड ५८ लाख रहेको छ ।
दुर्घटना नियन्त्रण गर्न सवारी साधनमा ‘टाइम कार्ड’ लागू
जाजरकोट । बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक घण्टा, होलुखोला–खलङ्गा ४५ मिनेट, खलङ्गादेखि मटेला ३० मिनेट, मटेला कुदु २० मिनेट, कुदूदेखि छेडाचौरसम्म एक घण्टा २० मिनेटमा यात्रा पूरा गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । टाइम कार्ड उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व भएकोे, राम्रो व्यवहार र अनुशासितपूर्वक यात्रा गनतव्यमा पुर्याउने काम यातायात व्यवसायीको भएको बताएका छन् । त्यस्तै तोकिएको समयभन्दा अघि वा पछि यातायातका साधन गुडाउनेलाई कारवाही गरिने प्रजिअ पन्तले जानकारी दिए । रासस
‘डी लाइफ फेस्ट एक्सचेञ्ज क्याम्प’ भेष्पा/अप्रिलियाका स्कुटर र मोटरसाइकल किन्दा ३० हजार छुट
काठमाडौँ । हिन्दुहरुको महान चाड दशैं तथा शुभदिपावली र ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी डि–लाईफ स्टाईल्स प्रालिले भेष्पा/अप्रिलिया स्कुटर र अप्रिलिया मोटरसाईकलको बिक्री प्रवद्र्धन गर्न लाजिम्पाट शोरुममा ‘डी लाइफ फेस्ट एक्सचेञ्ज क्याम्प’ संचालन गर्ने भएको छ । उक्त क्याम्पसमा हरेक ग्राहकले ३०,०००/– सम्मको छुट सहित ५२,०००/–सम्मको फाईदा पाउन सक्ने छन् । स्कुटर पारखीहरुको लागी भेष्पा र अप्रिलिया स्कुटरमा अपग्रेड हुने यो सुवर्ण मौका भएको कम्पनीले जनाएको छ । उक्त क्याम्पसमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा अन्य एसेसरिज र भेष्पाको हेलमेट पनि प्राप्त गर्न सक्ने छन् । साथै सर्वसुलभ फाईनान्सको सुविधा पनि प्रदान गरिने जनाइएको छ ।