सिप्रदीकाे ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा
काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार बिराटनगरमा आफ्नो उक्त नयाँ प्रोडक्टको लन्च गरेको हो । उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसीमका उपहारको पनि व्यवस्था गरिएको थियो । साथै, सिप्रदी विगत लामो समयदेखी नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।
७ जना डीलरसहित मेघा लुब्रीकेन्टस कम्बोडिया र थाइलैंडको भ्रमणमा
काठमाडौं । मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादन बिक्री गर्ने डीलरहरुलाई कम्बोडिया र थाइलैंडको भ्रमणमा लगेको छ । लुब्रीकेन्टसले यस वर्ष आफ्ना सात जना उत्कृष्ट डीलरहरुलाई ७ दिने भ्रमणमा लगेको हो । प्रत्यक वर्ष लुब्रीकेन्टस्ले आफ्ना डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै लुब्रीकेन्टस उद्योग अवलोकन गराउँदै आएको छ । यसअघि इन्डोनेशीयाको भ्रमण गराएको थियो । यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रीकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
बुटवलमा टाटा मोटर्स कार मेला शुरु, आकर्षक अफरमा कार किन्न सकिने
काठमाडौं । बुटवलको क्लव डी नोभोमा शुक्रबार(आज)देखि वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस मेला जेठ ११ देखि १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् । टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै, मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।