बजाजकाे पल्सर १५० टिडि नेपाली बजारमा, मूल्य दुई लाख ५५ हजार रुपैयाँ

काठमाडौं । एचएच बजाजले अल न्यू बजाज पल्सर १५० टिडि(ट्वीन डिस्क)लाई नेपाली बजारमा भित्र्याएको छ । २ वटा डिस्क ब्रेक, सार्प डिजाइन रहेको यस बाइक बजारमा विभिन्न तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आकर्षित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीले जनाएकाे छ । एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ । कम्पनीका अनुसार पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ । पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । साथै, यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेसन पुरा गर्ने छ ।’

एमभी दुगडद्धारा प्यासेन्जर भ्यानको प्रशिक्षण कार्यक्रम सम्पन्न, २०० बढि ग्राहकहरु लाभान्वित

काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्स प्रा.लीले महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार(आज) वीरगञ्जको भिसुवा होटलमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वित भएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा कलैया टेम्पो समिती र पखानीपुर टेम्पो समितीका अध्यक्षहरु र सदस्यहरु, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रालीका हेड अफ अपरेशन शम्भु सुवेदी, विरगञ्ज शाखाका प्रमुख बेद प्रकाशशर्मा, काठमाडौंका सर्भिस हेड सुदिप सुवेदी लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।

३० रुपैंयाँको इन्धन खर्चेर आफ्नै मोटरसाइकल/स्कुटरमा अब गुड्नुस १२० किलोमिटर

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महंगो मूल्य । ३० रुपैंयाँको बिजुलीले चार्ज गर्नुस अनि गुडाउनुस १२० किलोमिटर । सुन्दा अपत्यारिलो लाग्ने यो कुनै दन्त्य कथा होइन् । एउटा विद्युतिय मोटरसाइकल र स्कुटरको सत्य हो । अझै अचम्म लाग्ने तथ्य यो छ कि २ बर्षका लागि मर्म खर्च जम्मा ३ हजार मात्रै । मोटर साइकल र स्कुटरको महंगो खरिद मूल्य, आकाशिँदो पेट्रोलको भाउ, थेग्ने नसक्ने सर्भिस शुल्कले हैरान हुनुभएको छ भने अब विद्युतिय सवारी तर्फ ध्यान दिनुस् । अष्ट्रेलियाको भिमोटो कम्पनीले ३० रुपैयाँको विद्युतले चार्ज गरेर १२० किलोमिटरसम्म गुड्ने मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइसकेको छ । त्यो पनि सस्तो मूल्यमा र २ वर्षसम्मको मर्मत खर्च बढीमा ३ हजार मात्रै लाग्छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर भिमोटोले उत्पादन गरेको विद्युतीय मोटरसाइकल र स्कुटरको मूल्य न्युनतम १ लाख १० हजार रुपैयाँ छ । ३० रुपैयाँको चार्ज गर्दा १२० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ६ घन्टासम्म लाग्छ । दिउँसोभरी गुडाएर रातभरी व्याट्री चार्जमा राख्न सकिन्छ । पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ छ । १२० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले  झण्डै ३०० रुपैयाँको  इन्धन खपत गर्छ । तर इलेक्ट्रिक भिमोटोले ३० रुपैयाँमा त्यत्ति गुड्ने भिमोटो नेपालका सञ्चालक सुरेन्द्र मान्नधर बताउँछन् । विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्टोनिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । भिमोटोले २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । चार्ज बाहेक यो कम्पनीको बाइक र स्कुटर सञ्चालनको २ वर्षसम्म ३ हजार रुपैयाँ मात्रै खर्च हुने बताएको छ । यसले बढिरहेको प्रदूषणलाई पनि नियन्त्रण गर्छ । डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो रहेको सञ्चालक मानन्धरको भनाई छ । नेपालमा पनि सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी साधनको २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने भने पनि कार्यन्वयन हुन नसकेको उनी बताउँछन् । “नाकाबन्दी सकियो, विद्युतीय सवारी साधनको चर्चा पनि क्रमशः ओझेल पर्न थाल्यो । सरकारी नेतृत्व नै उदासीन देखियो” मानन्धर भन्छन् । वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपुर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिइएको थियो । तर अहिले त्यो कुरा हराएको उनको गुनासो छ । भिमोटोको काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र जनकपुरमा बिक्री केन्द्र खुलेका छन् । कुनै स्कुटर वा बाइक बिग्रियो भने बिगे्रको ठाँउमा नै गएर कम्पनीले मर्मत गरिदिने व्यवस्था भएको मानन्धरले बताए । भिमोटो नेपालको बाइक र स्कुटरको मूल्य १ लाख १० हजार देखी २ लाख ७४ हजार रुपैयाँसम्मको छ । भिमोटो टि १.५ स्कुटरको मूल्य १ लाख १० हजार, भिमोटो एलएन स्कुटरको मूल्य १ लाख ३१ हजार, भिमोटो इम्याक्स् स्कुटरको मूल्य २ लाख १६ हजार, इकोटर स्कुटरको मूल्य २ लाख ४५ हजार र भिमोटो भिक्ड्राकस स्कुटरको मूल्य २ लाख २६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, भिमोटो सोको टिएस बाइकको मूल्य २ लाख ४९ हजार र भिमोटो सोको सिटी बाइकको मूल्य २ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।