यातायात कार्यालयमा भ्रष्टाचार, पाँच वर्षमा १२३ विरुद्ध मुद्दा

काठमाडौं । ०७५ मा यातायात कार्यालयका ५६ जनाविरुद्ध भ्रष्टाचार अभियोग लागेको छ । तिनमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म छन् । उनीहरूले परीक्षामा सहभागी नै नभएका र फेल भएकालाई पास गराएर लाइसेन्स दिलाउने, तर पास भएकालाई फेल गराइदिने गरेको भेटिएको अख्तियारले जनाएको छ । असोजमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका तत्कालीन प्रमुख सहसचिव तेजनारायण यादव, शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदी, नायब सुब्बा लेखनाथ भुसाल, मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल र कम्प्युटर अप्रेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अप्रेटर लक्ष्मण तिवारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी उनीहरूले दुई सय चारजनालाई लाइसेन्स दिएको खुलेको थियो । माघमा यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध मुद्दा दायर भयो । परीक्षामा अनुपस्थित तथा फेल भएका ६ सय २९ जनालाई आर्थिक चलखेलका आधारमा लाइसेन्स वितरण गरेको खुलेपछि मुद्दा दायर भएको हो । एकान्तकुना कार्यालयका शाखा अधिकृतद्वय भक्तबहादुर विष्ट र विष्णुप्रसाद सुवेदी, कम्प्युटर अप्रेटरहरू जयनारायण चौधरी, सचिनकुमार सिंह र अमितकुमार साह, भर्याङ कार्यालयका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अप्रेटर विजयराम वनमाला र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अप्रेटर मदनकुमार साहविरुद्ध मुद्दा दायर भएको हो । गत १६ साउनदेखि २४ असोजसम्म एकान्तकुना कार्यालयबाट लिएका विभिन्न वर्गका सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल, अनुपस्थित र चेकलिस्टमा नाम नै नभएकालाई उनीहरूले लाइसेन्स दिलाएका थिए । फेल भएकालाई पास गराएकोमा साउनमा पनि आयोगले १४ विरुद्ध मुद्दा दायर गरेको थियो । मेकानिकल इन्जिनियर श्याम केसी, सइ श्रीराम तिवारी, विमल खरेल, जवान गणेश खड्का र अन्य नौ बिचौलियाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ मा भावना केसीले जितिन् ‘हुन्डाई आई २० एक्टिभ’

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ का विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०-१० ग्राम सुन र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई२० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरका विजेताको घोषणा लक्की ड्र मार्फत आइतबार सार्वजनिक गरिएको हो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र मिस नेपाल श्रृंखला खतिवडा थिए । हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसी काठमाण्डौंले हुन्डाई आई २० एक्टिभ जितिन् । साथै हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६२२ का बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा जिते । योजना २१ भदौदेखि ३० कात्तिक २०७५ सम्म लागु गरिएको थियो ।

रोडिज् सँगै यामाहा एफजी राइडरहरु लागे लोमान्थाङ

काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को औपचारिक सुरुवात काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ । नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्ने छन् । उनीहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमनदास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुनु भएका छन् । यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गरेका हुन् । ‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड वीथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ सेरेमनीमा राइडरहरुलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।’ ‘यामाहाका मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । हामीलाई आशा छ, यो यात्राले सहभागी एफजी राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरुबीच पनि अद्वितीय भातृत्वको विकास गराउनेछ ।’ उनले अगाडि भने । त्यसैगरी, सिईओ चिरञ्जीवी शाहले सबै राइड र टिमको सुरक्षित यात्राको कामना गरे । यामाहा द हिमालयन रोडिज् सिजन २ को मुख्य प्रायोजक हो ।