बढ्दै छ हुण्डाईकाे क्रेटा क्रेज, एसएक्सओ किने फाइदै फाइदा
काठमाडाैं । पछिल्लाे समय नेपालमा हुण्डाइकाे क्रेटा केज छ । हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा हुण्डाई क्रेटाको विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । त्यस मध्ये धेरै अत्याधुनिक फिचरहरु रहेको क्रेटा एसयुभिको टप भेरियन्ट ‘एसएक्सओ’ को मूल्य नेपाली बजारमा रु. ६१ लाख ९६ हजार तोकिएको छ । हुण्डाई क्रेटा एसएक्सओको सेफ्टि फिचरहरुको रुपमा ड्राइभर र पेसेन्जर एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक लगायत छन् भने कम्फर्ट फिचरका रुपमा अटोमेटिक एयर कण्डिश्नर, हिटर, फ्रन्ट र रियर आर्मरेस्ट, क्लच फूटरेष्ट, किलेस इन्ट्री, १२ भोल्टको पावर आउटलेट, रियर पार्किङ्ग क्यामेरा, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट लगायत छन् । त्यसैगरी, यस कारमा अडियो तथा भिडियो दुवै डिस्प्ले हुने १७.७७ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ४ ओटा स्पिकरहरु, आउटसाइड रियर भ्यू मिरर्स र सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टरलाई अन्य फिचर्सका रुपमा समावेश गरिएको छ । यस कारमा प्रयोग भएको १५९१ सीसी पेट्रोल इञ्जिनले १२३ पिएसको पावर र २६० एनएमको टर्क प्रोड्युस गर्छ । त्यसैगरी ६–स्पिड गियरबक्स दिइएको यस कारले १९.६७ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको फ्यूल ट्याङ्क क्यापासिटि ५५ लिटर रहेको छ भने यसको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. एक लाख ५० हजार छुट दिइएको छ । त्यसैगरी अन्य अफरहरुको रुपमा स्क्रयाच कुपन मार्फत २० हजारदेखि एक लाख रूपैयाँसम्मको थप छुटका साथै एक वर्षको इन्स्योरेन्स, यस आर्थिक वर्षको कर चुक्ता, ४ वर्षको फ्रि सर्भिसिङ्ग र ३ वर्षको वारेन्टीको व्यवस्था समेत गरिएको छ ।
इलेक्ट्रिक अवतारमा आयो बजाजको आइकोनिक स्कुटर ‘चेतक’
काठमाडौँ । बजाजले अर्बनाइट ब्राण्डको इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई भारतीय बजारमा सार्वजनिक गरेको छ । यस स्कुटरको निर्माणसँगै बजाज १४ वर्ष पश्चात स्कुटर सेग्मेन्टमा पुनः प्रवेश गरेको हो । आधुनिक रेट्रो स्टाइलिङ्गमा बनेको यस स्कुटरको डिजाइन बजाजकै पुरानो ‘चेतक’ स्कुटरबाट लिइएको हो । यस स्कुटरमा एलइडि हेडलाइट, एलइडि टर्न सिग्नल्स र फुल–डिजिटल एलसिडि इन्स्ट्रुमेन्ट क्लष्टर समावेस गरिएको छ । त्यसैगरी अन्य फिचरहरुको रुपमा ब्लूतुथ फोन कनेक्टिभिटी, जीओ-फेन्सिङ्ग, लोकेशन ट्र्याकिङ्ग र त्यसैगरी म्यूजिक तथा टेलिफोन कन्ट्रोल दिइएको छ । बजाज अर्बनाइट चेतकमा प्रख्यात जर्मन ब्राण्ड ‘बश’ को लिथियम-आयन ब्याट्री समावेश गरिएको छ ।कम्पनीका अनुसार यस स्कुटरमा स्पोर्ट र इको गरी दुइओटा राइडिङ्ग मोड दिइएका छन् । ब्याट्री फुल चार्ज भएको अवस्थामा यस स्कुटरले स्पोर्ट मोडमा ८५ किलोमिटर र इको मोडमा ९५ किलोमिटर को माइलेज दिन्छ भनी कम्पनीले जनाएको छ । हाल कम्पनीले यसको सवै स्पेसिफिकेशनहरु भने सार्वजनिक गरेको छैन । अरु पार्टस्को कुरा गर्नु पर्दा यस स्कुटरमा १२ इञ्चको अलोए व्हिल, अगाडिको चक्कामा डिस्क ब्रेक, पछाडिको चक्कामा ड्रम ब्रेक, सिङ्गल-साइडेड टेलिस्कपिक फर्क, मोनोशक, एलुमिनियम स्विङ्गआर्म र एमआरएफ ज्यापरको टायर दिइएको छ । हाल कम्पनीले यस स्कुटरको मूल्य नतोकेको भएतापनि भारतीय बजारमा यस स्कुटरको मूल्य रु. एक लाख हाराहारी पर्नेछ भन्ने अनुमान गरिएको छ ।
एडभेञ्चर मोटरसाइकल ‘एक्सपल्स २००’ सार्वजनिक, मूल्य ३८५ हजार रुपैयाँ मात्र
काठमाडौं । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल ‘एक्सपल्स २००’ सार्वजनिक भएको छ । हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अुनसार यो बाइक देशभरका नेपाल जेनरल माकेटिङल सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछन् । हिरो मोटर कर्पको यस उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीले जनाएको छ ।