अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
एसपीजी अटोमोबाइल्सले भित्र्यायो जेको जे–सिक्स टी, नेपाली माटो सुहाउँदो शक्तिशाली इलेक्ट्रिक एसयूभी
काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लहर मात्र चलेको छैन, यसले एउटा नयाँ उचाइ पनि लिइरहेको छ । अहिले ग्राहकले रुचाएको उत्कृष्ट ब्राण्ड हो, ओमोडा एण्ड जेको । यसले छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको छ । विशेषगरी ओमोडा ई-५, जेको जे-फाइभ सिक्सलगायतले उपभोक्ताहरूको मन जितिरहेको छ । बजारमा यसको माग उच्च देखिएपछि शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले बजारमा एक पछि अर्को गर्दै नयाँ भेरियन्ट थप्दै गएको छ । सोमबार एसपीजी अटोमोबाइल्सले चेरीको प्रिमियम ब्राण्ड जेको जे-सिक्स टी आधिकारिक रूपमा लन्च गरेको छ । ओमोडा ई-५ र जेकोको सफलतापछि भित्रिएको यो नयाँ संस्करण आधुनिक र साहसी जीवनशैली चाहनेहरूका लागि एउटा बलियो विकल्प हो । कम्पनीले नेपालमा विद्युतीय गाडीको प्रयोग ७५ प्रतिशतसम्म पुगेको अनुमान गर्दै बदलिँदो परिवेश र नेपाली सडकका चुनौतीहरूलाई मध्यनजर उक्त नयाँ गाडी बजारमा लिएको जनाएको छ। जेको जे सिक्सलाई पहिलो नजरमा हेर्दा यसको बलियो र स्पोर्टी बनावटले जो-कोहीलाई पनि आकर्षित गर्न सक्छ । यसमा जडान गरिएको डिजिटल स्मार्ट लाइटले १०९ मिटर टाढासम्मको बाटोलाई छर्लङ्ग देखाउँछ । गाडीको पछाडिको भागमा राखिएको २३.५ लिटरको युटिलिटी बक्सले यसलाई थप उपयोगी बनाएको छ । विशेषगरी २५ देखि ६० वर्ष उमेर समूहका जो नयाँ प्रविधि र साहसिक यात्रा रुचाउँछन्, उनीहरूका लागि यो गाडी एउटा उत्कृष्ट रोजाइ हो । नेपाली सडकका खाल्डाखुल्डी र कच्ची बाटोहरू धेरै गाडीका लागि चुनौती बन्ने गर्छन् । तर, जेको जे सिक्स यसैको लागि तयार पारिएको हो । २२५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले सडकका अवरोधहरूलाई सजिलै पार गर्नसक्ने कम्पनीको दावी छ । १३५ किलोवाटको शक्तिशाली मोटर र ३१ डिग्रीको डिपार्चर एङ्गलले गर्दा यसलाई कठिन उकालो र अफ-रोडमा गुडाउन निकै सहज हुन्छ । यसमा १५.६ इन्चको विशाल नियन्त्रण स्क्रिन र १.२ वर्गमिटरको सनरुफले यात्रालाई थप रोमाञ्चक बनाउँछ । चालक र यात्रुहरूका लागि विद्युतीय माध्यमबाट मिलाउन मिल्ने सिटहरू छन् । जसमा भेन्टिलेसन र मेमोरी सुविधाहरूले लामो यात्रामा पनि आरामदायी वातावरण सिर्जना गर्छ । आफ्नो इच्छाअनुसार गाडी चलाउन यसमा इको, कम्फर्ट, स्पोर्ट्स र कस्टम गरी ४ वटा मोडहरू उपलब्ध छन् । सुरक्षा यस गाडीको सबैभन्दा बलियो पक्ष हो । यसमा रहेको अत्याधुनिक सुरक्षा प्रणालीले ब्लाइन्ड स्पट डिटेक्सन र आपतकालीन अवस्थामा आफै ब्रेक लगाउने जस्ता सुविधामार्फत दुर्घटनाको जोखिम कम गर्छ । यसमा ५४० डिग्रीको क्यामेरा छ, जसले गाडी बाहिर मात्र होइन, गाडीको मुनिको भाग समेत स्क्रिनमा देखाउँछ । विद्युतीय गाडीमा सबैभन्दा ठूलो चिन्ता ब्याट्रीकै हुन्छ । जेको जे सिक्समा विश्वविख्यात (सीएटीएल) ब्याट्री प्रयोग गरिएको छ । एक पटकको फुल चार्जमा ४३१ किलोमिटर सम्म यात्रा गर्न सकिने यो गाडीलाई हतारको समयमा १० मिनेट मात्र चार्ज गर्दा पनि १०० किलोमिटर गुड्नसक्ने कम्पनीकाे दावी छ । सुरक्षाको हिसाबले पनि यो गाडी निकै भरपर्दो छ । यसले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । विश्वविख्यात चेरी अटोमोबाइल्सको प्रविधि र ज्यागुआर ल्याण्ड रोभरसँगको सहकार्यमा निर्माण भएकोले यसको गुणस्तरमा कुनै सम्झौता नगरिएको कम्पनीको दावी छ । कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले २०२४ मा बजारमा आएको जेको जे सिक्सको सफलतापछि त्यसैको नयाँ भेरियन्ट नेपाली बजारमा ल्याएको जानकारी दिए । शाराडाले यो भेरिन्टलाई एक प्रिमियम लाइफस्टाइल उत्पादनको रूपमा चिनाए । गौरव शारडा । उनका अनुसार यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको भए तापनि सुरुवाती अफरअन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । जेको जे सिक्स टीका हाल देशभर रहेका १८ वटा डिलर नेटवर्कमार्फत खरिद गर्न सकिने शारडाको भनाइ छ । यस्तै, ग्राहकहरूको यात्रालाई झन्झटमुक्त बनाउन कम्पनीले देशभरका मुख्य राजमार्गहरूमा ३५ वटा आफ्नै चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए । यसैगरी, कम्पनीका भाइस प्रेसिडेन्ट रूपेश शर्मा भट्टका अनुसार नेपाली भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यसमा केही महत्त्वपूर्ण प्राविधिक सुधारहरू गरिएको छ । पहिले १८ इन्च रहेको टायरको साइजलाई बढाएर १९ इन्च पुर्याइएकाले सडकमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ । भट्टका अनुसार दुई वर्षको अवधिमा ओमोडा र जेकोका करिब २ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नेपाली उपभोक्ताको मन जित्दै नेपालको विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको कम्पनीको भनाइ छ । रूपेश शर्मा भट्ट । यसको आकर्षक डिजाइन, आधुनिक फिचर्स, बढ्दो चार्जिङ पूर्वाधार र रणनीतिक बजार प्रवर्द्धनले यसलाई नेपाली ईभी बजारमा अझै सशक्त बनाउने निश्चित छ । यो ब्राण्डलाई चीनको चेरी ब्राण्डले उत्पादन गर्ने गरेको छ । कम्पनीले ओमोडाबाहेक चेरी ब्राण्डकै आइकार भी टु थ्री र प्रिमियम तथा लग्जरी ईभी ब्राण्ड जीकरजस्ता अन्य विद्युतीय सवारी साधनहरू पनि नेपाली बजारमा बिक्री गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज बनाउन कम्पनीले चार्जिङ पूर्वाधारमा पनि लगानी गरिरहेको छ । हाल नेपालभरि ३५ भन्दा बढी स्थानमा ओमोडाका डिसी फास्ट चार्जरहरू सक्रिय छन् । यस आर्थिक वर्षभित्र शारडा ग्रुपको गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा १०० भन्दा बढी स्थानमा चार्जर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
नाडा टोलीको मुख्यमन्त्री बानियाँसँग भेट, अटोमोबाइल क्षेत्र सुधारमा सहकार्यको पहल
काठमाडौं । नवनिर्वाचित नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वसहित टिमले आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटघाट भएको छ । भेटका क्रममा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ । मुख्यमन्त्री बानियाँले नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे । उनले करिब ५० वर्षदेखि सक्रिय नाडाले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै शासन व्यवस्थासँग काम गरेको अनुभव उल्लेख गर्दै संस्थाको प्रशंसा गरे । उनले देशका करिब ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमै दर्ता हुने भएकाले राजधानी क्षेत्रमा ट्राफिक जाम, पार्किङ अभाव लगायतका समस्या रहेको बताउँदै यसको समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको धारणा राखे । यस्तै, आवश्यक प्राविधिक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी ट्रायल सेन्टर सञ्चालनका विषयमा पनि सहकार्य गर्न सकिने उनले बताए । नाडाका अध्यक्ष उप्रेतीले देशभर ७ प्रदेशमा फैलिएको नाडामा २८ सय ८३ सदस्य कम्पनी रहेको जानकारी दिँदै नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उल्लेख गरे । साथै, वार्षिक रूपमा करिब ५ हजार जनशक्ति आवश्यक पर्ने जानकारी पनि उनले जानकारी दिए । प्रदेश सरकारसँग सहकार्यका सम्भावित क्षेत्रहरूबारे मोडालिटी तयार गरी पेश गरिने पनि उनले बताए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले देशमा भइरहेको प्रतिभा पलायन रोक्न अटोमोबाइल क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रममार्फत जनशक्ति उत्पादनमा नाडा सक्रिय रहेको बताए । यसैगरी, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेकाले सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु चुनौतीपूर्ण रहेको बताए । यसका लागि परिमार्जित पाठ्यक्रम तयार गरिँदै रहेको र तालिमका लागि स्रोतसाधन तथा दक्ष प्रशिक्षकको अभाव रहेको पनि उनले औंल्याए । उक्त कार्यक्रममा नाडाका पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
अब व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्छु : अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अब व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । महासंघको नेतृत्व सहमतिका आधारमा अगाडि बढाउन आफू तयार रहेको बताएका छन् । उनले सहमतिको पहल सबै पक्षबाट हुनुपर्नेमा जोड दिएका छन् । उम्मेदवारी घोषणासभामा बोल्दै श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बन्दा नै आफूले सक्षम र सशक्त टिम बनाउने घोषणा गरेको स्मरण गराए । उनले नेतृत्वले अनुभवी र सक्षम टिम नपाए काम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भएकाले टिम घोषणा गर्नुपरेको बताए । उनले आफ्नो टिममा सक्षम र काम गर्न सक्ने साथीहरू रहेको दाबी गरे । सहमतिका लागि आफूहरूले प्रयास गरेको तर अपेक्षित पहल हुन नसकेको उल्लेख गर्दै उनले सहमति भएमा आफू त्यसका लागि अझै पनि तयार रहेको स्पष्ट पारे । श्रेष्ठले सहमति हुन नसके पनि स्वस्थ र प्रतिस्पर्धात्मक चुनावमार्फत प्रक्रिया टुंगिनुपर्ने बताए । मतदान सम्पन्न भएपछि भने निजी क्षेत्र पुनः एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । उनले नयाँ सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका मुद्दा अघि बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । साथै निजी क्षेत्र आफैले पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै ‘छातीमा हात राखेर मनन गर्नुपर्छ, हाम्रो पनि केही गल्ती छ कि भन्ने सोच्नुपर्छ भन्ने धारणा राखे । सबैबाट सहयोगको अपेक्षा व्यक्त गर्दै श्रेष्ठले आफू महासंघमा प्रभावकारी रूपमा काम गर्न सक्षम रहेको बताए । उनले महासंघभित्र सुन्ने संयन्त्र बनाउने, पूर्वअध्यक्षहरू सम्मिलित थिंकट्यांक गठन गर्ने र महासंघलाई अध्ययन तथा अनुसन्धानमा सक्रिय बनाउने प्रतिबद्धता जनाए । उनले सार्वजनिक सरोकारका विधेयक संसदमा पेस गराउनका लागि पनि पहल गर्ने बताए । उनले व्यवसायी पार्टीका सदस्य भएकै कारण हामी आफै कमजोर भएको बताए । उनले अब व्यवसायी पार्टीको सदस्य हुन नपाउने व्यवस्था गर्ने बताए ।
महासंघलाई बलियो बनाउन अञ्जन श्रेष्ठको टिमलाई जिताउन आवश्यक छ : शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठलाई साथ दिन आवश्यक रहेको बताएका छन् । महासंघको आगामी नेतृत्वको उम्मेदवारी घोषणासभामा बोल्दै गोल्छाले आजको उपस्थितिले नै भविष्यको संकेत दिएको बताए । उनले ‘मर्निङ सोज द डे’ भन्ने उखान उल्लेख गर्दै आजको दिनले धेरै कुरा देखाएको टिप्पणी गरे। उनले आगामी अध्यक्ष अञ्जन श्रेष्ठलाई सफल नेतृत्वका रूपमा स्थापित गर्न उनको चाहना अनुसारको बलियो टिम आवश्यक पर्ने बताए । गोल्छाले श्रेष्ठको व्यावसायिक पृष्ठभूमि विविध रहेको र उनी त्यसमा सफल समेत भएको उल्लेख गरे। उनले महासंघको नेतृत्व अझ प्रभावकारी बनाउन अनुभवी, सक्षम र समन्वयकारी टोलीको आवश्यकता रहेको धारणा पनि राखे।
कार्यकर्ता र समर्थकसँग एमाले उपमहासचिव योगेश भट्टराईले मागे प्रत्यक्ष सुझाव
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचन २०८२ को निराशाजनक परिणामपछि पार्टीभित्र व्यापक समीक्षा र रूपान्तरणको बहस सुरु गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम सार्वजनिक भएसँगै एमालेले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि भट्टराईले देश तथा प्रवासमा रहेका कार्यकर्ता, बुद्धिजीवी र समर्थकहरूसँग प्रत्यक्ष सुझाव मागेका हुन् । उनले सार्वजनिक अपिल जारी गर्दै एमाले जस्तो लोकप्रिय र सुदृढ संगठन भएको पार्टी किन कमजोर अवस्थामा पुग्यो भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका छन् । समीक्षा आग्रहभन्दा माथि उठेर हुनुपर्ने उनको भनाइ छ । भट्टराईले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प आवश्यक रहेको औंल्याएका छन् । उनले समीक्षामार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सुझावका लागि तीन प्रमुख विषय पनि अघि सारेका छन् । उनले निर्वाचनमा कमजोर परिणाम आउनुका आन्तरिक र बाह्य कारणहरूसमेत माग गरेका छन् । एमालेका सबल, कमजोर पक्ष र भविष्यको सम्भावनाबारे समेत उपमहासचिव भट्टराईले सुझाव माग गरेका हुन् ।
पूर्वस्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निर्देशन
काठमाडौं । धनगढी उपमहानगरपालिकाले कुनै पनि विद्यालयलाई पूर्वस्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरेको छ । उपमहानगरले एक सूचना जारी गरेर सो निर्देशन जारी गरेको हो । विद्यालयहरूले प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा अतिरिक्त आर्थिक बोझ पर्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै अबदेखि आफ्नो पूर्व अनुमति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको हो । सूचनाअनुसार यदि कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । साथै उपमहानगरले पाठ्यपुस्तक परिवर्तन भइसकेको अवस्थामा सम्बन्धित विद्यालयले समयमै कार्यालयलाई जानकारी गराउन र अभिभावकलाई पनि यस विषयमा सजग रहन आग्रह गरेको छ ।