काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि शनिबार एमाले परित्याग गरेका भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका हुन् ।