विकासन्युज

बीमा पोलिसी सरेन्डरमा नेशनलको सर्वाधिक सुधार, एशियन र नेपाल लाइफबीच टक्कर

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर गर्नेहरु घटेको छ । चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा बीमा पोलिसी त्याग्ने अर्थात सरेन्डर वा समपर्ण गर्नेको संख्यामा गिरावट आएको हो । बीमा समितिका अनुसार समीक्षा अवधिमा बीमालेख सरेन्डर गर्ने रकम र संख्या दुबै घट्न पुगेको छ । बीमितले भदौमा मात्रै ८ हजार ५२ वटा बीमालेखबाट १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३६ करोड ४४ लाख रुपैयाँ अर्थात २४.०७ प्रतिशतले घटी हो । अघिल्लो महिना अर्थात साउनमा कूल एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमा पोलिसी सरेन्डर भएका थिए । रकमका आधारमा ७ कम्पनीको बीमालेख सरेन्डरमा सुधार देखिएको छ । जसमा नेशनल लाइफ, एशियन लाइफ, नेपाल लाइफ, प्राइम लाइफ, सानीमा लाइफ, रिलायन्स लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेका छन् । यीमध्ये पनि नेशनल लाइफको बीमा पोलिसी सरेन्डरमा सबैभन्दा बढी सुधार देखिएको छ । एक महिनाको अवधिमा कम्पनीको ४७.४४ प्रतिशतभन्दा कम रकमको बीमालेख सरेन्डर भएको छ । साउनमा २८ करोडको बीमालेख सरेन्डर भएकोमा भदौमा १४ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ । त्यस्तै, सरेन्डर रकममा सुधार आउनेको दोश्रोमा एशियन लाइफ र तेश्रोमा नेपाल लाइफ रहेका छन् । यी कम्पनीको क्रमशः ३९.८८ र ३५.१७ प्रतिशतभन्दा कमले बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसैगरी, प्राइम लाइफको २९.९८ प्रतिशत, सानीमा लाइफको २८.९७., रिलायन्स लाइफको २८.३४ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमालेख सरेन्डर रकममा १६.२५ प्रतिशतको सुधार देखिएको हो । रकमको आधारमा १२ कम्पनीको बीमा पोलिसी सरेन्डर बढेको छ । समीक्षा अवधिमा प्रतिशतको आधारमा सबैभन्दा बढी रकमको बीमालेख सरेन्डर हुनेमा सन नेपाल लाइफको रहेको छ । एक महिनामा कम्पनीका बीमितले ४३३.७३ प्रतिशतभन्दा बढी रकमको बीमा पोलिसी त्यागेका छन् । साउनमा १० लाख ८८ हजारको बीमालेख सरेन्डर गरेका सन नेपालका बीमितले भदौमा मात्रै ५८ लाख ७ करोड रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । त्यस्तै, युनियन लाइफको १७४.५१ प्रतिशत, सिटिजन लाइफको १६८.४८, ज्योति लाइफको १४१.५७ प्रतिशत, सूर्या लाइफको १३७.४१ प्रतिशत, गुराँस लाइफको ४०.५३ प्रतिशत, प्रभु लाइफको ४०.३८ प्रतिशत, आइएमई लाइफको २८.१७ प्रतिशत, मेटलाइफको २५.७२ प्रतिशत, महालक्ष्मीको २५.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.९१ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको बीमा पोलिसी सरेन्डर रकम १.७९ प्रतिशतले बढेको छ । भदौमा मात्रै सबैभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । साउनको तुलनामा पोलिसी सरेन्डर गर्नेमा सुधार देखिएता पनि कम्पनीका बीमितले सबैभन्दा बढी रकमको बीमा पोलिसी त्यागेका छन् । एक महिनामै कम्पनीबाट ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रोकिएका छन् । त्यस्तै, बढी रकमको बीमालेख रोकिनेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । एक महिनामा कम्पनीबाट २८ करोड १ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रोकिएका छन् । सबैभन्दा कम रकमको बीमा पोलिसी रोकिनेमा सानीमा लाइफ रहेको छ । भदौमा कम्पनीको २७ लाख ४६ हजार रुपैयाँ बराबरको बीमालेख रोकिएका छन् । जुन साउनको तुलनामा २८.९७ प्रतिशतको सुधार भएको हो । बीमा पोलिसी सरेन्डर : कुन कम्पनीमा बढ्यो, कुनमा घट्यो ?

मंगलबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार विदा दिने जानकारी दिएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशभरका सरकारी कार्यलय, सार्वजनिक संघ संस्थामा विदा दिने भएको हो । सरकारले मंगलबार एक  दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

विद्युतीय गाडी एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला, ८२ लाख पर्ने

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस विध्युतीय गाडीको ब्याट्री ७२.६ केडब्लुएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजि जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् । एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजि जेडएस इभिमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् । एमजि जेडएस् इभिमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट एमजि ब्याजको छेउमा राखिएको छ । साथै, यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ । कम्पनीले यस गाडीकाे मूल्य ८१.९९ लाख रुपैयाँ ताेकेकाे छ ।

मुगुमा हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् । खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सुष्म तत्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृदा लागि अत्यन्तै फाइदाजनक मानिन्छ । बालिचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाही बताउँछन् । रासस

बाइकमा चढेर घरदैलो गर्दै अर्बपति बिनोद चौधरी

नवलपरासी । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारको रुपमा उठेका प्रतिष्ठित उद्योगपति तथा अर्बपति बिनोद चौधरी मोटरसाइकल चढेर मतदाताको घरदैलो गर्दैछन् । उच्चस्तरको एसीयुक्त चारपांग्रे सवारी साधनको नियमित प्रयोग गर्ने चौधरी चुनावी अभियानको क्रममा भने मोटरसाइकलको पछाडि बसेर भोट माग्न हिँडेका छन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चौधरीले सामाजिक सञ्जालमा आफू मोटरसाइकल चढेको र मतदाताकोमा भोट माग्दै गरेको तस्बिर सहित कवितामार्फत भोट मागेका छन् । चौधरीले कवितामार्फत आफ्ना पाइला अगाडि बढीसकेको र अब न थाक्ने र नरोकिने बताएका छन् । आफु आज उभिएको धरातलमा आफ्ना जनतालाई पनि उभ्याउन चाहेको चौधरीले कवितामार्फत भनेका छन् । सक्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका चौधरीको एमालेको समर्थनमा उम्मेदवार रहेका हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा हुँदैछ । चौधरीको कविता अघि बढी सकेका … मेरा यी पाईला हरु अब न थाक्ने छन् न रोकिने नै छन ! हिजो म आफ्ना जनता माँझ अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने, आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु ! मलाई यो अवसर प्रदान गर्नु हुने सबै लाई मेरो अन्तरमन देखि कृतज्ञता व्यक्त गर्दै मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई समृद्ध देश , सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनता माँझ पुर्ण समर्पित भएको छु , देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै कृषकका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिबर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाई अनि दाजुभाईका बिच उभिएको छु ! धेरै हेर्यौँ र पर्खियौँ अब समृद्धि र बिकासको सपना छिटैँ पूरा गरौँ ! म जनताको साथमा, अनि देशको आमूल परिवर्तन हाम्रो साथमा !

नर्भिकका अध्यक्ष सिंहले पाए प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी समेत रहेका अध्यक्ष सिंह उक्त अवार्डबाट सम्मानित भएका हुन् । काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरे । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।

बीवाइडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्सालमा

काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले आज सोमबार भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो । यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि संचालनमा ल्याएको हो । नयाँ शोरुमको उदघाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिबंस आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेकाे थियो । त्यसैगरी, बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरिय उत्पादन विक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेकोभन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिएका थिए । शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भने, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि बिक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।’ साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिँदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ । नयाँ मोडल एटो थ्रीको बारेमा लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको

इकोनोमिक मिडिया सोसाइटीद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को प्रतिनिधिमण्डलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । इम्शनले आसन्न आम निर्वाचनका क्रममा आयोगबाट प्रवाह हुने सुचना तथा सन्देशमूलक विज्ञापनहरु अनलाइन मिडियामार्फत नगरी अन्य मिडियाहरुमा मात्रै गर्न लागेको समाचारहरु आएपछि प्रमुख आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराएको हो । संस्थाले पछिल्लो समय जनताको सुचनाको प्रमुख र छिटो माध्यमको रुपमा अनलाइन मिडिया नै रहेको र बहुसंख्यक पत्रकार तथा कर्मचारीहरु पनि यही क्षेत्रमा कार्यरत रहेको अवस्थामा यो क्षेत्रलाई उपेक्षा नगर्न आग्रह गरेको छ । नयाँ मिडियाको भूमिका, योगदान र प्रभावकारीता बढ्दै गए पनि सरकारको उनीहरुप्रति हेर्ने नीति र दृष्टिमा सुधार आउन नसकेको बताउँदै संस्थाका प्रतिनिधिहरुले आसन्न निर्वाचनमा अनलाइन मिडियाहरुलाई विभेद नगर्न आयोगसँग आग्रह गरेको छ । प्रतिउत्तरमा प्रमुख आयुक्त थपलियाले मापदण्ड बनाएर अनलाइन मिडियाहरुलाई पनि निर्वाचनसम्वन्धी विज्ञापन उपलब्ध गराउन आफूहरु सकारात्मक रहेको बताए ।