मंगलबार सार्वजनिक विदा दिने सरकारको निर्णय

<p>काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार विदा दिने जानकारी दिएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशभरका सरकारी कार्यलय, सार्वजनिक संघ संस्थामा विदा दिने भएको हो । सरकारले मंगलबार एक  दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । शताब्दी पुरुष जोशीको [&hellip;]</p>

काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार विदा दिने जानकारी दिएको हो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशभरका सरकारी कार्यलय, सार्वजनिक संघ संस्थामा विदा दिने भएको हो । सरकारले मंगलबार एक  दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

Share News