बाइकमा चढेर घरदैलो गर्दै अर्बपति बिनोद चौधरी

<p>नवलपरासी । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारको रुपमा उठेका प्रतिष्ठित उद्योगपति तथा अर्बपति बिनोद चौधरी मोटरसाइकल चढेर मतदाताको घरदैलो गर्दैछन् । उच्चस्तरको एसीयुक्त चारपांग्रे सवारी साधनको नियमित प्रयोग गर्ने चौधरी चुनावी अभियानको क्रममा भने मोटरसाइकलको पछाडि बसेर भोट माग्न हिँडेका छन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल [&hellip;]</p>

नवलपरासी । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारको रुपमा उठेका प्रतिष्ठित उद्योगपति तथा अर्बपति बिनोद चौधरी मोटरसाइकल चढेर मतदाताको घरदैलो गर्दैछन् । उच्चस्तरको एसीयुक्त चारपांग्रे सवारी साधनको नियमित प्रयोग गर्ने चौधरी चुनावी अभियानको क्रममा भने मोटरसाइकलको पछाडि बसेर भोट माग्न हिँडेका छन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चौधरीले सामाजिक सञ्जालमा आफू मोटरसाइकल चढेको र मतदाताकोमा भोट माग्दै गरेको तस्बिर सहित कवितामार्फत भोट मागेका छन् । चौधरीले कवितामार्फत आफ्ना पाइला अगाडि बढीसकेको र अब न थाक्ने र नरोकिने बताएका छन् । आफु आज उभिएको धरातलमा आफ्ना जनतालाई पनि उभ्याउन चाहेको चौधरीले कवितामार्फत भनेका छन् । सक्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका चौधरीको एमालेको समर्थनमा उम्मेदवार रहेका हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा हुँदैछ ।

चौधरीको कविता

अघि बढी सकेका …
मेरा यी पाईला हरु अब न थाक्ने छन् न रोकिने नै छन !
हिजो म आफ्ना जनता माँझ
अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने,
आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु !
मलाई यो अवसर प्रदान गर्नु हुने सबै लाई
मेरो अन्तरमन देखि कृतज्ञता व्यक्त गर्दै
मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई
समृद्ध देश , सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनता माँझ पुर्ण समर्पित भएको छु ,
देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी
गर्दै कृषकका हर समस्या समाधान गर्दै,
बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिबर्तन गर्ने अठोटका साथ,
आफ्ना जनता, साथिभाई अनि दाजुभाईका बिच
उभिएको छु !
धेरै हेर्यौँ र पर्खियौँ
अब समृद्धि र बिकासको सपना छिटैँ पूरा गरौँ !
म जनताको साथमा,
अनि देशको आमूल परिवर्तन हाम्रो साथमा !

Share News