शुक्रबार सबैभन्दा सस्तो तरकारी सेतो मूला, किलोको २० रुपैयाँ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १०० र पिँडालु प्रतिकिलो रु ९०, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमुला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ११०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।
शेखर गोल्छाको बयान: साढे ५२ करोड फिर्ता लिन बाँकी छ, गैरकानुनी संलग्नता छैन
काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले विचौलिया व्यापारी दीपक भट्टसहित विभिन्न व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अदालतमा बैंकिङ कसुर, बीमा कसुर, धितोपत्र सम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरण लगायत मुद्दा दायर गरेको हो । जसमा उद्योगी तथा व्यवसायी शेखर गोल्छालाई पनि विशेष सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ । तर, गोल्छाले आफूले कुनै गैरकानुनी कार्य नगरेको दाबी गर्दै बयान दिएका छन् । उनले भृकुटी ब्रोकरमा राखिएको रकम आफ्नो वैधानिक आम्दानी भएको र सेयर लगानीका लागि मात्र प्रयोग गरिएको बयान दिएका छन् । सो रकम दुरुपयोग भएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले सम्पूर्ण जिम्मेवारी सम्बन्धित ब्रोकर संस्थामाथि रहने बताए । गोल्छाले आफूले सन्दीप चाचन अग्रवाललाई व्यक्तिगत रूपमा नचिनेको र भृकुटी स्टक ब्रोकिङ कम्पनीमा आफ्नो डिम्याट खाता समेत नरहेको दाबी गरेका छन् । उनले करिब ५२ करोड ५० लाख रुपैयाँ फिर्ता लिन बाँकी रहेको उल्लेख गर्दै रकम फिर्ताका लागि पटक-पटक अनुरोध र पत्राचार गरिएको बताए । त्यस्तै, उनले हिमालयन रि–इन्स्योरेन्सको सञ्चालक अध्यक्षको रूपमा कार्यकारी भूमिका नभएको र सेयर कारोबारबारे प्रत्यक्ष जानकारी नरहेको दाबी गरेका छन् । कम्पनीभित्र लगानी समितिले निर्णय गर्ने भएकाले सञ्चालक समितिलाई सबै कारोबारको जानकारी नहुने उनको भनाइ छ । गोल्छाले आफूलाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न गराइएको आरोप अस्वीकार गर्दै आवश्यक परे कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न आग्रह गरेका छन् । शेखर गोल्छाको बयान: मैले मेरो सेयर कारोबारको लागि श्रीकृष्ण सेक्युरिटिज लि.(ब्रोकर नं. २८) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मुख्य रूपमा एभरेष्ट बैंकको खाता प्रयोग गर्ने गरेको छु । भृकुटी ब्रोकर कम्पनीमा रहेको रकमको वास्तविक धनी म आफैं हुँ । मैले मेरो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम सेयरमा लगानी गर्नका लागि उक्त ब्रोकिङ कम्पनीलाई दिएको रकम हो । उक्त कम्पनीले खातामा रहेको मौज्दात रकम कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरे नगरेको मलाई थाहा छैन । त्यो सम्बन्धित ब्रोकरसँग अनुसन्धान होस् । मैले दिपक भट्ट लगायतका नाउँमा सेयर खरीद गर्न वा कुनै कसुरजन्य कार्यका लागि सहजीकरण गर्न उक्त रकम प्रयोग गर्न दिएको होइन । मेरो दिपक भट्टसँग कुनै पनि वित्तीय र व्यवसायीक कारोबार छैन । मेरो व्यक्तिगत वा मसँग सम्बन्धीत कुनै संस्था या मेरो परिवारको सदस्यहरुको नाममा नेपाल रि इन्स्युरेन्स प्रालिको कुनै पनि सेयर नभएको कुरा जानकारी गराउन चाहन्छु । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको तालिका ४ हेरी व्यहोरा अवगत भयो । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका अध्यक्ष समेत रहेका सन्दिप चाचन अग्रवाललाई म व्यक्तिगत रुपमा चिन्दिनँ । उक्त कम्पनीलाई मैले ५२ करोड ५० लाख रुपैया दिएकोमा सो रकम फिर्ता लिन बाँकी छ जसका लागि उसलाई मैले पटक पटक आग्रह र अनुरोध गर्दा निजले बैंकको व्याजदर न्यून रहेकोमा सोभन्दा कमी नठहरीने गरी थप रकमसमेत दिउँला हाल मसँग रकम छैन भनी आलटाल गर्दै आएका छन् । साथै निजको कार्यालयमा मैंले रकम फिर्ताको लागि पत्राचार समेत पेश गरेको छु । साथै शुलभ अग्रवाल समेतले उक्त रकम सम्बन्धमा फिर्ता गराईदिने आश्वासन दिएका थिए । तर हालसम्म फिर्ता नगरी मलाई गैह्रकानुनी क्षति पुयाई पीडित गराएका छन् । उक्त रकम मैंले रोहित गुप्ता, राजबहादुर शाह, सुलभ अग्रवाल र अमित मोर समेतका साथीहरुसँग सल्लाहमा निजहरुको विश्वासमा दिएको हुँ । जब की उक्त ब्रोकिङ कम्पनीमा मेरो डिम्याट खाता पनि छैन । माथि उल्लिखित साथीहरू मध्ये शुलभ अग्रवाल र अमित मोर समेतका शंकास्पद व्यवहार र निजहरूका काम क्रियाकलाप प्रति विश्वास नलागेकोले मैले तत्काल खाता नखोलेको सहि सत्य हो। यस बाहेक अन्य कुनै पनि कारोबार एवं लेनदेन र नाता सम्बन्ध आदि छैन। उल्लिखित कम्पनीहरूको कारोबार सम्बन्धमा कम्पनीले कानुन बमोजिम कार्य गर्नुपर्ने हुन्छ । कोही जिम्मेवार पदाधिकारीले जिम्मेवारी निर्वाह नगरेको भए कानुन बमोजिम होस् । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमा स्थापनाकालदेखि नै सञ्चालक अध्यक्ष रहेको थिएँ । हाल अन्दाजी दुई महिना अगाडि मैले राजिनामा दिएको छु । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिले सेयर खरिद विक्री सम्बन्धी कारोबार कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएबमोजिम तथा प्रचलित कानुन बमोजिम लगानी समितिले गर्ने गरेको छ । उक्त कारोबारको बारेमा लगानी समितिलाई त्यसको पूरा जिम्मेवारी रहन्छ । व्यवस्थापन र नियमित प्रशासनिक कार्यहरूबाट त्यस्तो कारोबार भए गरेको भए कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई जानकारी होला । कम्पनीको संचालक अध्यक्षको रूपमा वार्षिक वित्तीय विवरणहरू बाहेक मलाई सेयर कारोबारको कुनै जानकारी हुने गरेको छैन । मैले यसभन्दा अगाडिको जवाफमा समेत खुलाईदिएको छु । मेरो विभिन्न उद्योग व्यवसायमा लगानी रहँदै आएको छ र आजसम्म म कुनै गैह्रकानुनी कार्य गरी दण्डित भएको छैन । म एक प्रतिष्ठित व्यवसायीको हैसियतमा विभिन्न संघ संस्थाहरूले मेरो नेतृत्वको आधारमा कम्पनीको विश्वसनीयता र बुक भ्यालु बढ्ने हुन्छ भनी नेतृत्व लिन आग्रह गर्ने गर्दछन् । सोही क्रममा नै हिमालयन रि इन्स्योरेन्स कम्पनीको समेत म सञ्चालक अध्यक्ष भएको थिएँ । तर म कुनै किसिमको कम्पनीको काममा कार्यकारी भूमिकामा थिईन । तर पछिल्लो समयमा कम्पनी सम्बद विभिन्न व्यक्तिहरूले यसको दुरूपयोग गरेको भन्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतको बयानमा मलाई शंका लागेपछि मैले उक्त संस्थाबाट राजीनामा दिएको छु । मैले कुनै गलत मनसाय राखी निर्णय गर्ने गराउने तथा गैह्रकानुनी कार्यमा सहभागी समेत भएको छैन । यससम्बन्ध बोर्डमा आकस्मिक बैठक बोलाई सीईओलगायतका अन्य उच्च व्यवस्थापनका कर्मचारीहरूसँग भृकुटीसँग लिनुपर्ने रकमको बारेमा प्रश्नावली गर्दा निजहरूले हामीले कानुनी पत्राचार गरेका छौं । तर सञ्चालक बोर्डका व्यक्तिहरूलाई कुनै पनि जानकारी नदिएको भनी माईन्युट समेत गरेको व्यहोरा जानकारी गराउँदछु । कोही कसैको त्यस्तो संलग्नता भेटिएमा कानुन बमोजिम होस् । मैले माथिको जवाफमा खुलाएबमोजिम नै कम्पनीका काम तथा गतिविधिको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयान गरेपश्चात मेरो जानकारी अनुसार शुलभ अग्रवाल, निजको श्रीमती शुभी अग्रवाल, दिपक भट्ट, ऋषिराज मोर, अमित मोर समेतको सहभागिता हुन सक्दछ । तर त्यो मैले एकिन गर्न सक्ने मसँग आधारहरू छैन । सो पश्चात मैंले आकस्मिक बोर्डको बैठक राखी कुनैपनि गैह्रकानुनी काम कारवाही भएको हुनसक्ने समेत कार्य म जस्तो जिम्मेवार व्यक्तिले सोच्न समेत नसक्ने भएकोले अध्यक्ष पदबाट राजिनामा दिएको थिएँ । म, रोहित गुप्ता, राज बहादुर शाह, अमित मोर र शुलभ अग्रवाल समेतले सामाजिक भेटघाटको सिलसिलामा निज शुलभ अग्रवालको अगुवाइमा धितोपत्र बजारमा राम्रो र वैधानिक आम्दानी ! हुन्छ । साथै भृकुटी ब्रोकिङ कम्पनीले न्यून कमिसनमा राम्रो र पारदर्शी सेवा प्रदान गर्दछ भन्ने विश्वास दिलाएर लगानी गर्ने कुराकानी भएको थियो । सो पश्चात सम्बन्धीत कम्पनीमा मैंले समेत धितोपत्र कारोबार गर्ने प्रयोजनको लागि रकम जम्मा गरेको सम्म हो । तर रकम जम्मा गरिसकेपश्चात पनि मेरो कानुन व्यवसायी र साथीहरूको सल्लाह बमोजिम मैले सेयर कारोबार नगर्ने निर्णय बमोजिम सेयर बजारको तत्कालिन अवस्थामा कुनै लगानी गरको छैन । कोही कसैलाई उक्त रकम प्रयोग गर्ने कुनै पनि सहमति दिएको छैन । मैले पटक पटक रकम फिर्ताको लागि आग्रह समेत गर्दै आएको छु । कानुनी रूपमा समेत पत्राचार गरेको छु । म सम्बद्ध कम्पनीका निर्णयहरू समेत मगाई उक्त कम्पनीका सेयर कारोबारमा जिम्मेवार व्यक्तिहरू लगानी समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेतलाई सोधपुछ गरी सोको एकिन होस् । माथि उल्लिखित सेयर कारोबारमा मेरो कुनै संलग्नता छैन म आफैं सेयर कारोबारमा सक्रिय समेत छैन । म माथि यी र यस्ता कार्यहरूबाट मेरो व्यवसायिक र व्यक्तिगत प्रतिष्ठामा आँच पुग्न गएको समेतले पिडा बोध र अपुरणीय क्षि भएको छ । उक्त कार्यको अनुसन्धान गरी मलाई समेत न्याय होस् । भृकुटी स्टक ब्रोकिङ लि. मार्फत कानुन बमोजिम हुने कारोबारको जानकारी सामान्य छ । तर माथि सवालमा उल्लिखित लाभपूर्ण मनसाय र कारोबार सम्बन्धमा म आफैँ कारोबार गर्दिन । त्यो सम्बन्धी कारोबारमा अध्यक्षको भूमिकामा कुनै पनि कारोबारको मलाई जानकारी समेत कुनै माध्यमबाट भए गरेको छैन । मैले जानेर वा बदनियत साथ आजसम्म कुनै गैह्रकानुनी कार्य समेत गरेको छैन । सो कुराको पुष्टि बोर्डमा भएको माईन्युटबाट समेत प्राप्त गर्न सकिन्छ । मेरा कारोबारहरू मैले बैकिङ प्रणालीमै गर्ने गरेको छु । कानुन बमोजिम मगाई सोको अनुसन्धान होस् । उक्त रकम मेरो व्यवसायबाट कानुन बमोजिम आर्जन गरेको वैध आम्दानी हो । मैंले माथिका सवालहरूमा समेत खुलाए बमोजिम नै म कुनै गैरकानुनी योजनामा संलग्न समेत छैन । मैले मलाई आरोप लागेको रकमको विषयमा समेत करयोग्य रकम ब्रोकरको खातामा उपयुक्त समयमा सेयर कारोबारको लागि राखेको हो । उक्त रकम नै दुरूपयोग गरेको सम्बन्धमा मलाई एकिन जानकारी हुने विषय समेत रहेन । उक्त विषयको जिम्मेवारी सम्बन्धीत स्टक ब्रोकिङ कम्पनीको हुनुपर्छ । निजलाई समेत आवश्यक अनुसन्धान होस् । दिपक भट्ट समेतसँग मेरो कुनैपनि व्यवसायिक सम्बन्ध नरहेको कुरा समेत पुनः दोहोच्याउन चाहन्छु । माथि सवालमा उल्लिखित गैह्रकानुनी कारोबारहरूको बारेमा मलाई कुनै जानकारी थिएन । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट क्यानको क्रममा मैंले जानकारी पाएको र उक्त जानकारीबाट म आफै विचलित भई आकस्मिक बोर्डको बैठक डाकी उक्त विषयमा ऋभ्इ लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूलाई समेत डाकी बैठकमा निजहरूले उक्त कारोबार भए गरेको सम्बन्धमा सञ्चालक समतिलाई जानकारी नगराएको भनी दिएको जवाफको माईन्युट समेत गरिएको व्यहोरा ! पुनः दोहोरÞ्याउन चाहन्छु । गत आर्थिक वर्षको वित्तिय विवरणहरू समेत मैंले प्रमाणित गरेको छैन । एकमुष्ट वित्तिय विवरण प्रमाणित गर्दा यसपूर्व भएका निर्णयहरू समेतमा मैंले कुनै गैह्रकानुनी कार्य प्रमाणित समेत गरेको छैन । प्रत्येक व्यक्ति तथा संस्थाले आफ्नो कानुन बमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्दछ । मैले कानुनबमोजिम काम गर्दा कुनै गलत मनसायगत धारणा राखी कुनै गैह्र कानुनी कार्य गरेको छैन । कुनै पनि लाभ लिएको छैन । प्रचलित कानुन वमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम सहन बुझाउन मेरो मन्जुरी छ भन्ने व्यहोराको प्रतिवादी शेखर गोल्छाको बयान । कम्पनीको लगानी समितिलाई कानुन बमोजिम लगानी गर्ने पुरा अधिकार दिईसके पश्चात सञ्चालक समितिमा पेश नगरेसम्म सञ्चालकलाई थाहा हुने कुरा भएन साथै सो सम्बन्धी कुनै पनि वार्षिक वित्तीय विवरण समेत तयार नभएको र मैले प्रमाणित नगरेको समेत जानकारी गराउन चाहन्छु । सञ्चालक समितिमा पेश नगरी के कसरी दुरूपयोग तथा कसुर भएको मैले समेत एकिन गर्न सक्ने कुरा भएन । यस कुराको पुष्टि मैंले आकस्मिक रुपमा सञ्चालक समितिको बैठक बोलाउँदा सीईओलगायत उच्च व्यवस्थापनले पुष्टि समेत गरेको अवस्थामा निजहरू नै जिम्मेवार हुनुपर्दछ सो सम्बन्धमा अनुसन्धान होस् । प्रचलित कानुन बमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम होस् । प्रस्तुत कसुर धितोपत्र सम्बन्धी कारोबारसँग सम्बन्धीत विषय हो । उक्त विषयमा म आफैँले कुनै धितोपत्रको कारोबार गरेको छैन । मैंले संस्थागत रूपमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको अध्यक्षको गलत प्रयोग गरेको छैन र कुनै लाभ समेत लिएको छैन । एनआरआईसीमा लगानी गर्ने या नगर्ने सल्लाहमा म, मेरो परिवार, मेरा हितैसी र कानुनी सल्लाहकारबाट म पछाडि हटेको हुँ म, मेरो परिवार, मेरो व्यवसाय समेतले गैह्रकानुनी तवरबाट प्रतिवेदनमा उल्लेख भएको भनिए बमोजिमका एनआरआईसी लगायतका सेयरहरूमा कुनै कारोबार समेत भएको छैन । कुनै प्रत्यक्ष र अप्रत्यक्ष लाभ समेत लिएको छैन । यी समेत तथ्यबाट मेरो कुनै कसुर गर्ने मनसाय र कार्य समेत भएको छैन ।
प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्रीको बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको । बैठक आज जेठ २९ गते शुक्रबार अपरान्ह २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगमाथि कडा कारबाही हुने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा विसर्जन गरेर प्रदूषण फैलाएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिएकी छन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा सिर्सिया नदी कोरिडोरका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदीमा मिसाइएको विषयमा व्यापक गुनासो, उजुरी आएपिछ चेतावनी दिएकाे हाे । प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता वा क्षमता वृद्धि गर्दा तथा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। त्यसैगरी, स्वीकृत वातावरणीय व्यवस्थापन योजना अन्तर्गत प्रदूषण न्यूनीकरणका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न र नेपाल सरकारले निर्धारण गरेको ‘इफ्लुएन्ट स्ट्यान्डर्ड’ अनुसार मात्र फोहोर पानी प्रशोधन गरी विसर्जन गर्न उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइसकेको छ । मन्त्री यादवले नदी तथा खोला प्रदूषण गर्ने कार्य आधारभूत मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको भन्दै वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारेकी छन् । मन्त्रालयले सम्पूर्ण उद्योग प्रतिष्ठानहरूलाई प्रचलित औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण पालना गरी मात्र उद्योग सञ्चालन गर्न अनुरोध गरेको छ । यदि औद्योगिक तथा वातावरणीय मापदण्डहरूको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बन्धित निकायहरूबाट कडा भन्दा कडा कारबाही प्रक्रिया अघि बढाइनेछ ।
गृहमन्त्री सुधन गुरुङ भावुक भएपछि...
काठमाडौं । लामो समयदेखि न्यायको माग गर्दै सडक संघर्षमा रहेका सुजन बिकले सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसँग भेट गर्दै आफ्ना माग राखेका छन् । चितवनको रत्ननगर नगरपालिका निवासी सुजन बिक विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्याय माग्दै काठमाडौंमा धर्ना र प्रदर्शन गर्दै आएका थिए । उनले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै निरन्तर न्यायको माग गरिरहेका छन् । सोही क्रममा गृहमन्त्री गुरुङले उनलाई मन्त्रालयमै बोलाएर भेट गरेका हुन् । आफ्नो काखमा नवजात शिशु च्यापेर पुगेका सुजनले श्रीमतीको मृत्यु सुत्केरी अवस्थामा अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै न्यायको याचना गरेका थिए । भेटका क्रममा सुजनको अवस्था र पीडा देखेर गृहमन्त्री गुरुङ भावुक बनेका थिए । उनले नागरिकको सुरक्षा र न्याय राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गरे । गृहमन्त्री गुरुङले घटनाको छानबिनका लागि तत्काल समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले छानबिन निष्पक्ष रूपमा अघि बढाइने र दोषी देखिए कानुनी कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयका अनुसार छानबिन समितिले घटनाको वास्तविकता अध्ययन गरी यथाशीघ्र प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
नेपाल फाइनान्सको ६.३२ लाख सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल फाइनान्सले हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले अवितरित ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयर आज जेठ २९ गतेदेखि बिक्री खुला भई असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा र प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आज देशभर वर्षा हुने, चट्याङ र हिमपातको चेतावनी
काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
बजेटको अन्तिम कसरतमा गण्डकी सरकार
काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले बताए । ‘आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ । चालु आवकै हाराहारीमा बजेट आउने सम्भावना छ, सङ्घ सरकारको अनुदानमा हेरफेर भएकाले बजेटको आकार केही तलमाथि हुनसक्छ,’ उनले भने । प्रदेश सरकारले चालु आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा बर्सेनि बजेट निर्माणमा प्रदेश सरकारलाई दबाब पर्ने गरेको छ । प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्रलगायत सरोकार भएका पक्षहरूसँग ‘प्रि-बजेट’ छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिज्यालले बताए । यसअघि आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । जसमा उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सृजना र गरिबी निवारणमा टेवा पुर्याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको थियो । जेठ १९ गते प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा पनि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रमले प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चितता आदिलाई जोड दिएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता एवं नीति तथा कार्यक्रमलाई समेटेर बजेट आउने आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिएको महाशाखा प्रमुख रिज्यालले बताए । कार्यान्वयनयोग्य र प्रदेशको यर्थाथ अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।