नेष्डो समृद्ध लघुवित्तको छलाङ, नाफा बढेसँगै ईपीएस ८८.५६ रुपैयाँ पुग्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११.३० प्रतिशत बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेर ९ करोड ९८ लाख रुपैयाँ र सञ्चालन नाफा ११.३० प्रतिशत बढेर ८ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ३१.१० प्रतिशत बढेर ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ, सापटी १४.९९ प्रतिशत बढेर ४० करोड ८३ लाख रुपैयाँ, निक्षेप १०.९१ प्रतिशत बढेर २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ र कर्जा १९ प्रतिशत बढेर ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।
गुराँस लघुवित्तका अधिकांश सूचकमा गिरावट, नाफा र ईपीएस दुवै ऋणात्मक
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका सूचकमा गिरावट आएसँगै लघसवित्तले नोक्सानी व्यहोर्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेर ५९ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेर ६२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४९.५० प्रतिशत घटेर १ करोड २४ लाख रुपैयाँ र सञ्चालन नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३७.१३ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँ, सापटी ०.८६ प्रतिशत बढेर ८२ करोड ७७ लाख रुपैयाँ, निक्षेप ३६.९८ प्रतिशत बढेर ३१ करोड १० लाख रुपैयाँ र कर्जा १०.३२ प्रतिशत बढेर १ अर्ब २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ३.९५ प्रतिशत, कस्ट अफ फण्ड १०.४९ प्रतिशत छ ।
डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु, ५ जना घाइते, हेलिकोप्टरमार्फत उद्धार गरीने
काठमाडौं । डोटी केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । भुकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएकी छिन् । भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार पनि भइरहेको उनले बताइन् । साथै घाइतेको अवस्था हेरी हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाउने तयारी रहेको उनको भनाइ छ । पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका हुन् । डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भए पनि मानवीय क्षतिको भने विवरण भने आएको छैन । डोटीलाई नै केन्द्रबिन्दु बनाएर मङ्गलवार राती २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।
नबिल इन्भेष्टमेन्टको फ्लेक्सी क्याप म्युचुअल फण्ड आजदेखि बिक्री खुला
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो । क्यापिटलको उक्त फण्डमा छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : अध्यक्ष दाहाल
सिमकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् । हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए । प्रदेशसभा (२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताए । यस्तै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लाको उत्तर पश्चिमसम्म सडक सञ्जालले जाड्ने बताए । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उनले विश्वास दिलाए । उनले भने, ‘कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ ।’ कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दशवटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उप–सभापति खड्काले बताए । रासस
सुदिप आचार्य दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा, यस्तो छ उनको कथा
काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा परेका छन् । ‘सीईओ इनसाइट्स एसिया’ले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका बिजनेस लिडरलाई उत्कृष्ट सूचीमा राखेको हो । जसमा आचार्य पनि परेका छन् । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । कामना सेवा विकास बैंकका अध्यक्ष समेत रहेका उनी धेरै कम्पनीमा प्रवद्र्धकका रुपमा पनि काम गर्दै आएका छन् । उनी मल्टिपल इनिर्जी प्रालिकf सञ्चालक पनि हुन् । सुदीप आचार्य पोखरामा जन्मिएका एक सफल व्यवसायीका रुपमा परिचित छन् । बुढानिलकण्ठ स्कुलमा पढेका उनले अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ ब्याच्लर डिग्री गरेका छन् । सुरुमा ‘त्रोतिया’ ब्राण्डमा रोटी प्याकेजिङ उद्योग खोलर व्यवसायिक यात्रा सुरु गरेका आचार्य अहिले देशको सफल व्यवसायीको अग्रणी स्थानमा पर्छन् । आचार्यको बारेमा बुझ्न तलको यो सामाचार पढ्नुस् । यी हुन् उत्कृट १० लिडर
सकियो खग्रास चन्द्रग्रहण
काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलबार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिन्छ । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन भएको थियो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।
कोका–कोलाको विश्वकप क्याम्पेन सुरु, फिफाको सामाग्री जित्न सकिने
काठमाडाैं । फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउने कम्पनीले जनाएको छ । यस क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँ फिफा वर्ल्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ ।त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ । यस्तै कम्पनीको वेबसाइटमा गएर आवश्यक जानकारी लिएर पनि यस क्याम्पेनमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, कात्तिक १५ बाट शुरू भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार, पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ । नियम तथा शर्तहरु लागु हुने बताइएको छ ।