काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११.३० प्रतिशत बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेर ९ करोड ९८ लाख रुपैयाँ र सञ्चालन नाफा ११.३० प्रतिशत बढेर ८ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ३१.१० प्रतिशत बढेर ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ, सापटी १४.९९ प्रतिशत बढेर ४० करोड ८३ लाख रुपैयाँ, निक्षेप १०.९१ प्रतिशत बढेर २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ र कर्जा १९ प्रतिशत बढेर ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।