गुराँस लघुवित्तका अधिकांश सूचकमा गिरावट, नाफा र ईपीएस दुवै ऋणात्मक

<p>काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका सूचकमा गिरावट आएसँगै लघसवित्तले नोक्सानी व्यहोर्न पुगेको हो । [&hellip;]</p>

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका सूचकमा गिरावट आएसँगै लघसवित्तले नोक्सानी व्यहोर्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेर ५९ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेर ६२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४९.५० प्रतिशत घटेर १ करोड २४ लाख रुपैयाँ र सञ्चालन नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३७.१३ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँ, सापटी ०.८६ प्रतिशत बढेर ८२ करोड ७७ लाख रुपैयाँ, निक्षेप ३६.९८ प्रतिशत बढेर ३१ करोड १० लाख रुपैयाँ र कर्जा १०.३२ प्रतिशत बढेर १ अर्ब २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ३.९५ प्रतिशत, कस्ट अफ फण्ड १०.४९ प्रतिशत छ ।

Share News