सपोर्ट लघुवित्तको नाफा ६७.६८ प्रतिशत घट्यो, ईपीएस २.०८ रुपैयाँ

<p>काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६७.६८ प्रतिशत घटेर ४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ प्रतिशत घटेर १ करोड ३५ लाख [&hellip;]</p>

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६७.६८ प्रतिशत घटेर ४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ प्रतिशत घटेर १ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६७.६९ प्रतिशत घटेर ७ लाख ६ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेर ८ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशत घटेर ५ करोड १६ लाख रुपैयाँ,.सापटी ६.२९ प्रतिशत बढेर ९० करोड ८७ लाख रुपैयाँ, निक्षेप ३५ प्रतिशत बढेर २८ करोड ४१ लाख रुपैयाँ र कर्जा २८ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ घटेर २.०८ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.२४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ४.६६ प्रतिशत र कस्ट अफ फण्ड ८.६२ प्रतिशत छ ।

Share News